×

NMB BANK
NIC ASIA

बिक्न छाड्यो बुद्धचित्त : सुनसान तिमाल, निराश व्यापारी

कात्तिक २०, २०७४

NTC
Premier Steels

काभ्रे, १९ जेठ
–केही वर्ष अघिसम्म एउटै बोटबाट लाखौं रुपैयाँ कमाई हुने बुद्धचित्तको व्यापार गत बर्षदेखि खस्किएको छ । मालाको सिजन सुरु भएसँगै काभ्रेको तिमाल भेगमा वैशाख देखि नै व्यापारीहरू बोट –बोटमा पुग्ने गरे पनि यो बर्ष भने तिमाल क्षेत्र सुनसान देखिन्छ ।

दुई वर्ष अघिसम्म बुद्धचित्तका लागि व्यापारीहरू कोपिला लागेदेखि नै बोट –बोटमा पुग्थे अनि हचुवाकै भरमा खरिद –विक्री हुने गथ्र्यो ।

बुद्वचित्तको ‘भ्यालु’ बढेकै कारण त्यसको सुरक्षाका लागि यूवाहरू रातभरी बोट कुरेर बसेका देखिन्थ्यो ।

तर, गत सालदेखि नै बुद्धचित्तको विक्रीमा कमी आएको छ । गत वर्षकै माला पनि बिक्री हुन नसकेको यहाँका व्यापारीहरू बताउँछन् । यसपटक भने तिमाल क्षेत्रमा फाटफुट व्यापारी मात्र पुगेका छन् ।

चिनीयाँ व्यापारीहरूले माला किन्न छोडेका कारण व्यापार खस्केको व्यापारीहरू बताउँछन् । अघिल्लो बर्ष नै मालामा ठूलो लगानी गरेका गन्यमान्य व्यापारीहरू चुर्लुम्म डुबेपछि यो बर्ष मालाको व्यापार निराशाजनक देखिएको बताईन्छ ।

केही वर्ष अघिसम्म सबैभन्दा सानो गेडाबाट बनाइएको माला अत्याधिक महंगो हुन्थ्यो । एक स्थानीय विक्रेताले बताए अनुसार ७ मिलिमिटर भएको १ सय ८ गेडाको एउटै माला चार लाख रुपैयाँ भन्दा बढी मूल्यमा विक्री हुन्थ्यो ।
निराश व्यापारी, सुनसान तिमाल
वुद्धचित्तको सिजन सुरु भएसँगै तिमाल क्षेत्रमा भिन्नै खालको रौनक देखिन्थ्यो । कैयौं व्यापारीहरू बुद्धचित्तको व्यापारमा सक्रिय हुन्थे । बुद्धचित्तको ‘भ्यालु’ उच्च हुँदा त्यसको सुरक्षाका लागि सयौ युवाहरूलाई परिचालन गरिएको हुन्थ्यो ।

राजधानीका मोष्ट वाण्टेड सूचीमा रहेका कैयौं गुण्डादेखि राजनीतिक दलका नेतासमेत तिमाल क्षेत्रमा भेटिने गर्थे । उतिहरू कतिपयको त धन्दा नै तिमालवाट मालाको कारोबार गर्ने र वर्षभरी काठमाडौंमा धन्दा समेत चलाउने गरेका थिए ।

तर, गत वषैदेखि मालाको राम्रो व्यापार खस्किएपछि धेरैको ‘निदहराम’ नै भएको छ । उच्च लाभको आशामा करोडौं रुपैयाँ लगानी गरेका व्यापारीहरुको माला नबिकेपछि मालाका लगानी गर्ने वातावरण निराशाजनक देखिएको माला व्यापारीहरू बताउँछन् ।

के हो बुद्धचित्त ?
बौद्घ धर्मालम्बीहरूले लगाउने बुद्धचित्त नेपालको मूलतः काभ्रेको तिमाल र रामेछाप आशपासका भेगमा मात्र पाइन्छ । देख्दा बयर वा हाडेबेडुजस्तो देखिने बुद्धचित्त एउटा काँडाको रुख हो । वुद्धचित्तको फल वैशाखदेखि फल्न सुरु हुन्छ असारको अन्तिम सातादेखि साउनको अन्त्यसम्म वुद्धचित्तको माला टिप्ने समय हो ।

वुद्धचित्तको माला टिपेपछि कतिपयले ढिकीमा फलेर माला निकाल्दछन् भने कतिपयले उसिनेर बोक्रा माडेर फालेपछि माला तयार हुन्छ । बोक्रा छोडाइएको दानालाई घाममा केही दिन सुकाएपछि मालालाई छोड्ने काम हुन्छ । वुद्धचित्तको मालालाई १ सय ८ गेडाका दरले उनिन्छ ।

बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइने विश्वास छ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाइदा भैैरहेको छ । अत्यधिक माग र उच्च मूल्यको कारणल् केही बर्षयता यसको व्यवसायीक खेती सुरु भएको थियो । किसानहरूले बारीमा मकै खेती गर्न छाडेर मालाका विरुवा रोपे पनि केही वर्षमा नै मालाको व्यापार निराशा जनक देखिएसँगै कृषकहरू चिन्तित छन् ।

बुद्वचित्त मालाको बजार मूल्य केही बर्ष अघिसम्म ३ देखी ७ मुखे सम्मको मुल्य प्रति गोटा ४ सय रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म थियो । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मूल्य ७ मिमी को १०८ गेडा (एक माला) ४ लाख रुपैयाँभन्दा बढी पथ्र्यो ।

बुद्धचित्त मालाको बोटसम्बन्धी अनेक मिथकहरू छन् । दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको जन विश्वास छ । वन मन्त्रालयले यसलाई काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने बनस्पति भनेर पहिचान गरेको छ ।

बुद्वचित्तको बोटमा स –साना दाना फल्छन, जुन बौद्ध लामाहरूले पवित्र मालाका रूपमा प्रयोग गर्ने गर्छन । अचेल फेसनका रूपमा तन्नेरीहरूले पनि यसका माला लाउन थालेका छन् ।

सयौं वर्षदेखि बौद्ध लामाहरूले यसलाई मालाको रूपमा प्रयोग गर्दै आएका थिए । पछिल्ला वर्षहरूमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढ्दो छ ।

वनस्पति विज्ञानले नै नेपालमा मात्रै पाउने भनेर पुष्टि गरेको जिल्ला वनकार्यलयका प्रमुख प्रेम खनालले जानकारी दिए । यो बनस्पतिले केही समयअघि तिमाल क्षेत्रका किसानहरूको अर्थिक स्थितिमा कायापलट नै ल्याईदिएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x