०३ साउन २०८३, आइतबार

बिक्न छाड्यो बुद्धचित्त : सुनसान तिमाल, निराश व्यापारी

कात्तिक २०, २०७४
बिक्न छाड्यो बुद्धचित्त : सुनसान तिमाल, निराश व्यापारी

काभ्रे, १९ जेठ
–केही वर्ष अघिसम्म एउटै बोटबाट लाखौं रुपैयाँ कमाई हुने बुद्धचित्तको व्यापार गत बर्षदेखि खस्किएको छ । मालाको सिजन सुरु भएसँगै काभ्रेको तिमाल भेगमा वैशाख देखि नै व्यापारीहरू बोट –बोटमा पुग्ने गरे पनि यो बर्ष भने तिमाल क्षेत्र सुनसान देखिन्छ ।

दुई वर्ष अघिसम्म बुद्धचित्तका लागि व्यापारीहरू कोपिला लागेदेखि नै बोट –बोटमा पुग्थे अनि हचुवाकै भरमा खरिद –विक्री हुने गथ्र्यो ।

बुद्वचित्तको ‘भ्यालु’ बढेकै कारण त्यसको सुरक्षाका लागि यूवाहरू रातभरी बोट कुरेर बसेका देखिन्थ्यो ।

तर, गत सालदेखि नै बुद्धचित्तको विक्रीमा कमी आएको छ । गत वर्षकै माला पनि बिक्री हुन नसकेको यहाँका व्यापारीहरू बताउँछन् । यसपटक भने तिमाल क्षेत्रमा फाटफुट व्यापारी मात्र पुगेका छन् ।

चिनीयाँ व्यापारीहरूले माला किन्न छोडेका कारण व्यापार खस्केको व्यापारीहरू बताउँछन् । अघिल्लो बर्ष नै मालामा ठूलो लगानी गरेका गन्यमान्य व्यापारीहरू चुर्लुम्म डुबेपछि यो बर्ष मालाको व्यापार निराशाजनक देखिएको बताईन्छ ।

केही वर्ष अघिसम्म सबैभन्दा सानो गेडाबाट बनाइएको माला अत्याधिक महंगो हुन्थ्यो । एक स्थानीय विक्रेताले बताए अनुसार ७ मिलिमिटर भएको १ सय ८ गेडाको एउटै माला चार लाख रुपैयाँ भन्दा बढी मूल्यमा विक्री हुन्थ्यो ।
निराश व्यापारी, सुनसान तिमाल
वुद्धचित्तको सिजन सुरु भएसँगै तिमाल क्षेत्रमा भिन्नै खालको रौनक देखिन्थ्यो । कैयौं व्यापारीहरू बुद्धचित्तको व्यापारमा सक्रिय हुन्थे । बुद्धचित्तको ‘भ्यालु’ उच्च हुँदा त्यसको सुरक्षाका लागि सयौ युवाहरूलाई परिचालन गरिएको हुन्थ्यो ।

राजधानीका मोष्ट वाण्टेड सूचीमा रहेका कैयौं गुण्डादेखि राजनीतिक दलका नेतासमेत तिमाल क्षेत्रमा भेटिने गर्थे । उतिहरू कतिपयको त धन्दा नै तिमालवाट मालाको कारोबार गर्ने र वर्षभरी काठमाडौंमा धन्दा समेत चलाउने गरेका थिए ।

तर, गत वषैदेखि मालाको राम्रो व्यापार खस्किएपछि धेरैको ‘निदहराम’ नै भएको छ । उच्च लाभको आशामा करोडौं रुपैयाँ लगानी गरेका व्यापारीहरुको माला नबिकेपछि मालाका लगानी गर्ने वातावरण निराशाजनक देखिएको माला व्यापारीहरू बताउँछन् ।

के हो बुद्धचित्त ?
बौद्घ धर्मालम्बीहरूले लगाउने बुद्धचित्त नेपालको मूलतः काभ्रेको तिमाल र रामेछाप आशपासका भेगमा मात्र पाइन्छ । देख्दा बयर वा हाडेबेडुजस्तो देखिने बुद्धचित्त एउटा काँडाको रुख हो । वुद्धचित्तको फल वैशाखदेखि फल्न सुरु हुन्छ असारको अन्तिम सातादेखि साउनको अन्त्यसम्म वुद्धचित्तको माला टिप्ने समय हो ।

वुद्धचित्तको माला टिपेपछि कतिपयले ढिकीमा फलेर माला निकाल्दछन् भने कतिपयले उसिनेर बोक्रा माडेर फालेपछि माला तयार हुन्छ । बोक्रा छोडाइएको दानालाई घाममा केही दिन सुकाएपछि मालालाई छोड्ने काम हुन्छ । वुद्धचित्तको मालालाई १ सय ८ गेडाका दरले उनिन्छ ।

बोधिचित्त माला (बोलीचालीमा बुद्धचित्त) तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँ समाजमा धार्मिक एवं सांस्कृतिक प्रयोगमा आउने एक प्रकारको वनस्पति हो । खास गरी परापुर्वकाल देखी काभ्रेको तिमाल क्षेत्रमा मात्रा यसको विरुवा पाइने विश्वास छ । यसको प्रयोग र महत्व बारे हाल आएर व्यापक चर्चा भईरहदा उच्च बजारमूल्यले गर्दा किसान र व्यवसायीलाई अत्यन्तै फाइदा भैैरहेको छ । अत्यधिक माग र उच्च मूल्यको कारणल् केही बर्षयता यसको व्यवसायीक खेती सुरु भएको थियो । किसानहरूले बारीमा मकै खेती गर्न छाडेर मालाका विरुवा रोपे पनि केही वर्षमा नै मालाको व्यापार निराशा जनक देखिएसँगै कृषकहरू चिन्तित छन् ।

बुद्वचित्त मालाको बजार मूल्य केही बर्ष अघिसम्म ३ देखी ७ मुखे सम्मको मुल्य प्रति गोटा ४ सय रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म थियो । त्यसै गरी दुई मुखे मालाको भने साइज अनुसार मूल्य ७ मिमी को १०८ गेडा (एक माला) ४ लाख रुपैयाँभन्दा बढी पथ्र्यो ।

बुद्धचित्त मालाको बोटसम्बन्धी अनेक मिथकहरू छन् । दोस्रो बुद्ध मानिने गुरु पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप काभ्रेको तिमाल क्षेत्रका बासिन्दालाई दिएको जन विश्वास छ । वन मन्त्रालयले यसलाई काभ्रेको तिमाल क्षेत्रमा मात्रै पाइने बनस्पति भनेर पहिचान गरेको छ ।

बुद्वचित्तको बोटमा स –साना दाना फल्छन, जुन बौद्ध लामाहरूले पवित्र मालाका रूपमा प्रयोग गर्ने गर्छन । अचेल फेसनका रूपमा तन्नेरीहरूले पनि यसका माला लाउन थालेका छन् ।

सयौं वर्षदेखि बौद्ध लामाहरूले यसलाई मालाको रूपमा प्रयोग गर्दै आएका थिए । पछिल्ला वर्षहरूमा भारत, चीन, सिंगापुर, जापान र कोरियामा समेत बुद्धचित्तको माग बढ्दो छ ।

वनस्पति विज्ञानले नै नेपालमा मात्रै पाउने भनेर पुष्टि गरेको जिल्ला वनकार्यलयका प्रमुख प्रेम खनालले जानकारी दिए । यो बनस्पतिले केही समयअघि तिमाल क्षेत्रका किसानहरूको अर्थिक स्थितिमा कायापलट नै ल्याईदिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्