×

NMB BANK
NIC ASIA

स्वास्थ्यमन्त्रीलाई न्यायाधीश कुवँरको ७ बुँदे सुझाव– यसरी व्यवस्थापन गर्न सकिन्छ खोप !

जेठ २६, २०७८

NTC
Premier Steels

अहिले नेपालका झण्डै १४ लाख जेष्ठ नागरिक कोभ्याक्स दोस्रो डोजको तिब्र प्रतिक्षामा छन्। नेपालले भारतको सेरम इन्स्टिच्युटसँग खरिद सम्झौता गरी रकम भुक्तानी समेत भइसकेको भनिएको उक्त खोप सतहमा बुझिएअनुसार मूलतः दुइ कारणले रोकिएको भन्ने देखिन्छ। 

Muktinath Bank

पहिलो, भारत आफैमा महामारीले आक्रान्त बनेको र त्यहीँका करोडौं जनताले पर्याप्त खोप पाइ नसकेको अवस्था, र दोस्रो, आफ्ना नागरिकलाई नै लगाइ नसकेसम्म भारतीय अदालतको आदेशले मुलुक बाहिर बिक्री तथा निकासीमा रोक लगाएको अवस्था।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यता नेपालमा पहिलो मात्रा लगाएका जेष्ठ नागरिक लगायतले तोकिएको समयमा दोस्रो मात्रा लगाउन नपाएमा पहिलो मात्राको प्रभावकारिता पनि न्यून हुँदै जाने र खोपको आशामा बसेका नागरिकहरूमा पर्ने नकारात्मक मनोवैज्ञानिक असरले पार्न सक्ने प्रभाव र कोभिडको जोखिम पनि बहुतै संवेदनशील छ।


Advertisment
Nabil box
Kumari

यस अवस्थामा खोपसँग सम्बन्धित हालसम्म सरकारले गरेका सबै प्रयासहरु सराहनीय हुँदाहुँदै पनि १४ लाख नागरिकको कोभ्याक्स दोस्रो मात्राको अपरिहार्य आवश्यकतालाई सम्बोधन गर्न छुट्टै विशेष सक्रियता आवश्यक देखिन्छ।
कतिपय समस्याको समाधानमा राज्य वा सरकारको स्वीकार्य नीतिगत पहलहरू हुने भएतापनि लिडरसीपको व्यक्तिगत अभिरुचि, कुटनीतिक ज्ञान, सीप, खुबी, क्षमता, तत्परता र सिर्जनात्मक सोचको भरपुर उपयोगले मात्र सफलताको शिखरमा लैजान्छ। 

Vianet communication

भर्खरै नयाँ स्वास्थ्य मन्त्रीले कार्यभार लिनुभएको छ। माननीय मन्त्रीज्यूको स्पष्टवादिता, सकारात्मक सोच र केही गरुँ भन्ने सोच सहितको नेतृत्वगुण हेर्दा वहाँले कोभिड महामारी नियन्त्रणका लागि अपनाउनुपर्ने विश्वव्यापी मापदण्ड अनुसारका विधि विधान लगायत सम्पूर्ण नेपाली नागरिकलाई खोप उपलब्ध गराइ सुरक्षित स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न केन्द्रित गर्नु हुने नै छ भन्ने आशा र भरोसा सबै नागरिकले गरेका छन्।

छोटो समय कानून मन्त्रीको हैसियतले काम गर्दा वहाँले न्याय क्षेत्रमा दिन खोजेको सुधारको संकेत बेजोड र प्रभावकारी देखिन लाग्दै थियो। दुर्भाग्यवश वहाँले सो पदमा पूरा समय रहने अवसरबाट बञ्चित हुनुभयो।

अब स्वाथ्यमन्त्रीको जिम्मेवारीमा रहेर अहिलेको जटिल परिस्थितिमा आफूलाई अब्बल सावित गर्ने महान अवसर पाउनुभएको छ। कुनै पनि मानिसको कार्यक्षमताको सही परीक्षण जटिल तथा असहज परिस्थितिमा नै हुन्छ। त्यसैले प्रतिकूलतालाई अनुकूलतामा रुपान्तरण गर्नेहरु नै सबभन्दा बढी सफल नायक मानिन्छन्।

परिणाममुखी एवम सफल वार्ता र गहन कुटनीतिमा अर्को पक्षलाई प्रभावमा लिने सार्वभौमिक सिद्धान्तहरू छन्। तिनको उत्तम गुण यो हो कि तिनीहरू वैज्ञानिक तवरमा आधारित छन्। अहिले माननीय मन्त्रीज्यूबाट यिनै सिद्धान्तहरुको सफल प्रयोग सर्वथा अपेक्षित छ। ती उपायको रुपमा संसारमा प्रयोग भइ आएका बहुसंख्यक सिद्धान्तहरुमध्ये "6 shortcut"  सिद्धान्तको नामले प्रचलित "Science of Persuasion"  देहाय बमोजिम छन्:-

1.  RECIPROCITY  
2.  SCARCITY  
3.  AUTHORITY  
4. CONSISTENCY  
5.  LINKING  
6.  CONSENSUS

माथि उल्लिखित सिद्धान्तलाई उपयोग गर्दै कोभिड नियन्त्रणको समग्र समस्या हल गर्न पहल लिनु आवश्यक छ। यस अन्तर्गत माननीय मन्त्रीज्यूको प्राथमिकताभित्र तत्काल १४ लाख नागरिकको दोस्रो मात्रालाई विशेष जोड दिई कोभ्याक्स भित्र्याउन आफैले प्रभावकारी पहल गर्न केही सुझावहरु प्रस्तुत गर्दछु।

१. नेपाल सरकारको निर्णयबाट मन्त्रीजूले दिल्ली स्थित नेपाली दूतावास मार्फत भारतीय समकक्षीसँग शीघ्रातिशीघ्र भेटघाटको समय मिलाई दिल्ली भ्रमण गर्ने।

२. माथि उल्लिखित सिद्धान्तहरुको प्रकाशमा भारत सरकारका समकक्षी मन्त्रीसँग आफै कुरा राखी नेपालको बाध्यात्मक अवस्था कन्भिन्स गराउने।

३. भारतको करिब डेढ अर्ब जनसंख्याको तुलनामा १४ लाख दोस्रो डोज समुद्रमा शीतको थोपाजस्तै हो भने यो मात्रा नेपालको लागि अतुलनीय सहयोग हुने कुराको विश्वास दिलाउने।

४. भारतीय समकक्षी मार्फत भारत सरकारबाट यस विषयमा नेपालको लागि विशेष निर्णय गराउने।

५. भारतको सर्वोच्च वा अन्य अदालतले निकासीमा रोक लगाएकोमा भारत सरकारसँगको वार्ताका क्रममा समन्वय गरी विषयवस्तुको गम्भीरता बोध गराइ अदालतमा नेपाल  सरकारको तर्फबाट निवेदन गर्नुपर्ने भए सो समेत गरी खरिद भैसकेको खोपको निकासीमा अदालतबाट फुकुवा लिने।

६. यो कार्य करिब हप्ता दिन भित्रैको समय अवधिमा गर्ने गराउने लक्ष्यका साथ अघि बढ्ने।

७. खोप नपाएका सम्पूर्ण नेपालीहरुको स्वास्थ्य रक्षाको लागि भारत लगायत अन्य मुलुकबाट समेत थप खोप खरिद र उपलब्धताको अपरिवर्तनीय समयसीमाको ग्यारेण्टी गर्ने र नेपाली नागरिकहरुलाई सुसूचित गर्ने।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x