×

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको शपथ आजै, दिपक मनाङे मन्त्री बन्दै

जेठ २९, २०७८

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र नेपाली पोखरेलको शपथ आज शनिवारै गराउने तयारी हुँदैछ ।

मुख्यमन्त्री नेपालीले जनता समाजवादी पार्टीका हरिशरच आचार्य, स्वतन्त्र सांसद दीपक मनाङे र माओवादीका १ सांसदलाई मन्त्रीको नियुक्ति दिएर शपथको तयारी भइरहेको छ ।


Advertisment

लामो रस्साकस्सीबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम शनिवार साँझ नेपालीलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । 


Advertisment

यसअघि नियुक्तिका लागि दबाव दिन गण्डकी प्रदेश सभाका विपक्षी गठबन्धनले प्रदेश प्रमुख निवासमा धर्ना दिएका थिए । 

कामचलाउ सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा सरकार गठनमा दाबी पेश गरेपछि षड्यन्त्र भएको भन्दै विपक्षीहरू आन्दोलित भएका थिए ।

विपक्षी गठबन्धनले शुक्रवार ३१ सांसद सशरीर उपस्थित भई सामूहिक हस्ताक्षर बुझाएका थिए । जसमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ तथा स्वतन्त्र १ सांसदसहित बहुमत अर्थात् ३१ सदस्यको समर्थन थियो । गण्डकीमा ६० सांसद छन् । 

मुख्यमन्त्री गुरुङले संसदमा विश्वासको मत ल्याउन नसकेपछि उनी बिहीवार स्वतः पदमुक्त भएका थिए । उनको पक्षमा नेकपा एमालेका २७ जनाले मतदान गरेकोमा विपक्षमा ३० मत थियो । विपक्षमा कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीका २/२ जनाले मतदान गरेका थिए । जनमोर्चाका कृष्ण थापा तटस्थ बस्दा स्वतन्त्र सांसद दीपक मनाङे संसदमै आएका थिएनन् ।

को हुन् मुख्यमन्त्री नेपाली ?

गण्डकीमा मुख्यमन्त्री नियुक्त कृष्णचन्द्र नेपाली २०७४ सालको प्रदेश सभाको निर्वाचनमा नवलपरासी पूर्व १(१) बाट निर्वाचित हुँदै प्रदेश सभामा प्रवेश गरेका थिए । प्रदेशमा नेपाली कांग्रेसको संसदीय दलका नेता उनी नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पनि हुन् । 

२००५ जेठ ५ गते तनहुँको राम्चे (हाल ब्यास–११) मा बाबु गोवद्र्धन शर्मा र आमा द्रौपदा शर्मा दम्पतीबाट माहिलो छोराको रूपमा जन्मिएका उनको घरभित्रै राजनीतिक पृष्ठभूमि थियो । उनका पिता प्रजातन्त्रका सेनानी गोवद्र्धन शर्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य र तनहुँका सभापति बनेका थिए ।

कांग्रेसको १२ औं महाधिवेशनमा लुम्बिनी अञ्चलबाट केन्द्रीय समितिमा निर्वाचित कृष्णचन्द्र नेपाली त्यसअघि ४ पटक (२०४८ देखि २०६७ सम्म) कांग्रेस नवलपरासीको सभापतिमा निर्वाचित भएका थिए ।

विगत ४ दशकदेखि सक्रिय राजनीतिमा क्रियाशील नेपालीले प्रजातन्त्रको पुनःस्थापनाको लागि भएको आन्दोलनको क्रममा पटक–पटक गरी ३ वर्षभन्दा बढी जेल जीवन बिताइसकेका छन् । 

२०२२ देखि २०२८ सालसम्म उनले पिता स्व. गोवद्र्धन शर्माका साथ भारतमा निर्वासित जीवन बिताएका थिए । राजनीतिक जीवन सँगसँगै उनले लामो समय काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलमा राजनीतिशास्त्र, भूगोल, इतिहास पढाए । उनी विभिन्न विद्यालयमा हेडमास्टरको भूमिकामा समेत थिए । 

२०३६ सालको जनमत संग्रहमा बहुदलको प्रचारमा सक्रिय भई नेपाली कांग्रेसलाई विजयी गराएको आरोपमा मन्त्रिपरिषद्को निर्णयले उनलाई जुम्ला सरुवा गर्ने निर्णय गर्‍यो । साथसाथै २०३६ सालताका पञ्चायती दमन र शारीरिक यातनापछि बाध्य भएर उनले शिक्षण पेशा परित्याग गरे । 

नेपाल बार एशोसिएशनका सदस्य समेत रहेका उनले प्रखर अधिवक्ताको रूपमा पनि परिचय बनाएका छन् । जनपक्षीय कानूनी सेवामा समर्पित उनको सिंगो प्रयासबाट धेरै प्रजातन्त्रवादी राजबन्दीहरू तनहुँ र नवलपरासीबाट छुटेका थिए ।

राजनीतिक कारणले आफैं शारीरिक यातनाबाट गुज्रिएका नेपाली एमनेस्टी इन्टरनेसनल नवलपरासीको संस्थापक अध्यक्ष पनि हुन् । 

भारतको दरभंगाबाट बीए उत्तीर्ण उनी त्रिभुवन विश्वविद्यालयबाट बीएड र बीएल पूरा गरेका हुन् । परिवारमा उनका ९९ वर्षीया आमा, पत्नी, २ छोरा र २ छोरी तथा नातिनातिना छन् ।

प्रमुख घटनाक्रम –

– २०२२ देखि २०२८ सम्म पिता गोवद्र्धन शर्मासँग भारतमा निर्वासित जीवन
– २०२९ देखि २०३६ सम्म काभ्रे फलानटे, तनहुँ दमौली र तनहुँ थर्पुका हाइस्कूलहरूमा अध्यापन
– २०३५ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय नेतृत्व
– २०३६ सालको जनमतसंग्रहमा सक्रिय नेतृत्व (तनहुँमा नेपाली कांग्रेस विजयी)
– २०३७ सालमा निर्वाचन बहिष्कारपछि जेल चलान
– २०४६ सालमा प्रथम जनआन्दोलनपछि जेल चलान
– २०४८ सालमा सत्याग्रहमा जेल चलान
– २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेस तर्फबाट नवलपरासी–४ मा उम्मेदवार
– २०४८ देखि २०६७ सम्म सभापति, नेपाली कांग्रेस नवलपरासी
– २०६२/६३ को दोस्रो जनआन्दोलनमा जेल चलान
– २०६७ सालमा नेपाली कांग्रेसको केन्द्रीय समितिमा निर्वाचित
– २०७० सालको संविधानसभा निर्वाचनमा नवलपरासी क्षेत्र ३ मा प्रत्यक्षतर्फका लागि नेपाली कांग्रेसका उम्मेदवार तर झिनो मतान्तरले पराजित
– २०७४ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको ऐतिहासिक पहिलो प्रदेशसभा निर्वाचनमा गण्डकी प्रदेश नवलपरासी पूर्व १(१) बाट निर्वाचित
– २०७५ सालमा गण्डकी प्रदेश नेपाली कांग्रेसको संसदीय दलका नेतामा सर्वसम्मतले निर्वाचित

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x