पुरैनीमा औद्योगिक ग्राम निर्माण शुरू

प्रतिकात्मक तस्वीर

बाँकेको खजुरा गाउँपालिकाले औद्योगिक ग्राम निर्माणको पहिलो चरणको काम शुरू गरेको छ ।  

पहिलो चरणअन्तर्गत जग्गा संरक्षणका लागि ९२ लाखको लागतमा तारबार र सुरक्षा गार्ड बस्ने भवन निर्माणको काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए ।


Advertisement

उनका अनुसार औद्योगिक ग्रामसम्म १२ मिटर चौडाइ भएको स्तरीय ग्राभेल सडक पनि बनाउन लागिएको छ । औद्योगिक ग्रामको काम अब निरन्तर अगाडि बढ्छ ।

सरकारले ल्याएको एक गाउँपालिका एक औद्योगिक ग्रामको अवधारणा अनुरूप सो परियोजना अगाडि बढाइएको हो ।

खजुरा गाउँपालिका–६ उढरापुर पुरैनीस्थित २१ विगाहा सरकारी जग्गामा औद्योगिक ग्राम निर्माण कार्य अघि बढाइएको छ । गाउँपालिकाले गौरवको योजनाका रूपमा लिएर औद्योगिक ग्राम निर्माणलाई प्राथमिकता दिएको गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेलले बताए ।

उद्योग तथा वाणिज्य मन्त्रालयले आर्थिक वर्ष २०७६/०७७ मा एक गाउँपालिका एक औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभरबाट ३२ पालिका छनोट हुँदा पहिलो चरणका ६ वटा गाउँपालिकामा खजुरा पर्न सफल भएको हो । औद्योगिक ग्राम स्थापनाका लागि मुलुकभर २६ नगरपालिका र ६ गाउँपालिका छनोट भएको थियो ।

बाँकेमा खजुरा गाउँपालिका मात्र औद्योगिक ग्राम निर्माण लागि छनोटमा परेको हो ।

कमेन्ट गर्नुहोस्