×

NMB BANK
NIC ASIA

सर्वोच्चले प्रतिनिधिसभा पुनःस्थापना गर्छ, देउवा प्रधानमन्त्री हुनुहुन्छ : प्रचण्ड

असार १२, २०७८

NTC
Premier Steels

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने र केही दिनपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने दाबी गरेका छन् ।

Muktinath Bank

प्रचण्डले संविधानको धारा ७६(५) अनुसारको प्रधानमन्त्री बनाउन सांसदहरू स्वतन्त्र रहेको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

५ दलीय विपक्षी गठबन्धनले शनिवार काठमाडौंमा आयोजना गरेको पत्रकारसँगको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले लोकतान्त्रिक व्यवस्थामा यति भन्ने छुट रहेको बताए ।


Advertisment
Nabil box
Kumari

‘सर्वोच्चले संविधान, ऐन–कानून, लोकतन्त्रको मूल्य मान्यता अनुसार प्रतिनिधिसभा पुनःस्थापना गर्छ, त्यसअनुसार केही दिनपछि शेरबहादुर प्रधानमन्त्री हुनुहुन्छ । प्रचण्डले पहिलै भनेको थियो, भनेर पछि प्रश्न उठाइएला, यस्तो पनि हुन्छ ? यति भन्न नपाइने राजनीतिक र लोकतान्त्रिक स्वतन्त्रतामा ?’ प्रचण्डले भने । 

Vianet communication

कामचलाउ सरकारले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बिदा दिन्छ भनेर धादिङमा बोलिएको कुरालाई गलत प्रचार गरिएको प्रचण्डले दाबी गरे ।

‘संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गरेपछि प्रधानमन्त्री पहिल्यै कामचलाउ भएका हुन् । कामचलाउ प्रधानमन्त्रीले दुनियाँमा कहीँ पनि मन्त्रिपरिषद् विस्तार गर्दैन, संविधानको हवाला दिँदै यी मन्त्रीलाई अदालतले बिदा दिन्छ भनेको थिएँ,’ प्रचण्डले स्पष्ट पारे ।

सर्वोच्चको आदेश अगावै मन्त्रीहरू हट्दैछन् भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतमा सेटिङको आशंका गरेका थिए । 

‘अहिले त एकछिन मजा आउला, मन्त्री हटाइदिएर ओलीलाई काम गर्न नदिएकोमा खुच्चिन गरेका थिए । पछि नियुक्त गरिएका मन्त्री भोलि अदालतले हटाउँदैछ भन्ने सूचना मैले पाएको छु भनेका थिए । न्याय निष्पक्ष निरुपण भयो कि अरु नै हिसाबले ?’ परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शुक्रवार बालुवाटारमा आयोजना गरेको कार्यक्रममा ओलीले भनेका थिए, ‘एउटा हल्ला चर्चा छ नि सेटिङ भन्ने, नत्र भोलिपल्ट कुखुरो हराउनु छ भने अघिल्लो दिन धादिङमा स्याल करायो, कसरी त्यो भयो त ? गम्भीर कुरा छ ।’

प्रचण्डले ओलीले सर्वोच्च अदालतलाई धम्क्याउने काम गरिरहेको आरोप लगाए । ‘कहिले महान्यायाधीवक्ताबाट, कहिले आफैं धम्काएका छन्,’ प्रचण्डले भने । 

प्रचण्डले संविधानको धारा ७६(५) सांसदहरूको विशेषाधिकार भएको दाबी गरे । ‘धारा ७६(५) सांसदको विशेषाधिकार हो, लास्ट पर्‍यो भने सांसदले संसद जोगाउन सक्छन् भनेर छलफल गरेर पारित गरिएको हो । निर्दलीयता होइन, संसदको विशेषाधिकार हो । संविधान अनुसार अदालतले गर्छ,’ प्रचण्डले भने । 

प्रचण्डले राष्ट्रपतिबारे सर्वोच्चमा प्रश्न उठाउन पाइने दाबी गरे । ‘सर्वोच्चले राजाको शासन हुँदा शाही आयोग खारेज गरेको होइन ? राष्ट्रपतिको बारेमा सोध्न नपाइने यो लोकतन्त्रवाद हुन्छ ? राष्ट्रपतिको निर्णयमा प्रश्न उठाउन नपाइने भनेर राजाभन्दा बढी हुन खोजेको हो त ?’ उनले प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x