×

NIC ASIA

भात भर्सेस रोटी, वजन घटाउन कुन खाना उपयुक्त !

पुस १, २०७८

Prabhu Bank
NTC
Premier Steels

जब शरीरको वजन घटाउने कुरा हुन्छ, तब भात वा रोटी कुन छनोट गर्ने मुस्किल हुन्छ । पूरै तरिकाले भात र रोटी दुवै त्याग्नु नै वजन घटाउने प्रभावकारी तरिका रहेको कयौंको मान्यता हुन्छ । 

Muktinath Bank

तर, पोषण विशेषज्ञ कार्बोहाइड्रेट खान सल्लाह दिने गर्छन् । किनकी यसले शरीरमा ऊर्जा बढाउनुका साथै राम्रो निद्राको वातावरण पनि तयार गर्दछ । भोकलाई पनि कम गर्दछ । भारत र गहुँ दुवै अन्न हुन् । यी दुवैमा कार्बोहाइड्रेट र प्रोटिन समान मात्रामा पाइन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक सय ग्राम गहुँको आटामा ६९.४ ग्राम कार्बोहाइड्रेट पाइन्छ । यस्तै, १२.१ ग्राम प्रोटिन पाइन्छ । यस्तै, एक सय ग्राम भातमा ७८.२ ग्राम कार्बोहाइड्रेट र ६.८ ग्राम प्रोटिन हुन्छ । पोषण विशेषज्ञका अनुसार हाम्रो छनोटमा भर पर्ने बताउँछन् ।


Advertisment
Nabil box
Kumari

हाम्रो चाहना र खानाको छनोट अनुसार नै शरीरले प्रतिक्रिया जनाउने गर्दछ । केही मानिस रोटीको तुलनामा भातलाई हल्का रुपमा लिन्छन् । यसकारण भात धेरै खाने गर्दछन् । समस्या यहीँबाट शुरु हुन्छ र वजन बढ्न पुग्छ । वजन बढ्नका लागि खाना जिम्मेवार नभई हाम्रो खाने बानी रहेको विशेषज्ञ बताउँछन् । 

Vianet communication

कसरी खाने त ? 

जो व्यक्ति भातलाई रोटीको तुलनामा हल्का रुपमा लिन्छन्, पेट भरिएन भने, भातसँगै दाल र तरकारीको मात्रा पनि बढाउन सक्दछन् । जसकारण उनीहरुको पेट भरिन्छ । र भात धेरै खान पर्दैन । ठिक त्यस्तै रोटीलाई पनि कयौंले पचाउन मुस्किल मान्छन् । 

यसलाई खान र पेटमा पुगिसकेपछि पनि समस्या भएको महशुस गर्दछन् । यसकारण रोटी कम खान्छन् र उनीहरुको वजन नियन्त्रणमा आउन सहयोग पुग्छ । विशेषज्ञका अनुसार वजन बढ्ने कारणबारे कुनै पनि अन्न विशेषलाई दोष दिनु उपयुक्त हुँदैन । 

यहाँसम्म कि वजन घटाउन पनि कुनै खास अन्नले मद्दत गर्दैन । हामी कुन तरिकाले अन्न छनोट गर्दछौं भन्ने कुराले कुनै फरक पर्दैन । तर, सही तरिकाले खानु र सन्तुष्टि प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । वजन घटाउन खानाको मात्राले ठूलो भूमिका निर्वाह गर्दछ । यस्तोमा हामी आफ्नो मन पर्ने खाना खान पनि सक्छौं । तर, त्यसलाई सही मात्रामा खानु आवश्यक हुन्छ । पोषण विशेषज्ञका अनुसार पेट भरिने गरी खानुहुँदैन । 

पेट ८० प्रतिशत भरिँदा सम्म मात्रै खाना खान हुने विशेषज्ञ बताउँछन् । खाना खाने समयमा फोन, टिभी, किताब, अखबार र ल्यापटपजस्ता वस्तुहरु टाढै राख्नुपर्दछ । यस्ता वस्तु टाढा हुँदा हाम्रो ध्यान पूरै खानामा जान्छ र आवश्यकताभन्दा बढी खानबाट बच्न सकिन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x