×

NMB BANK
NIC ASIA

शृंखलाबद्ध चोरी

सहकारी चोर्ने २२ वर्षे युवकको रवाफ : बैंकमा डलर खाता, दिनको ९ हजार तिरेर तारे होटलमा बास !

असार १५, २०७८

NTC
Premier Steels

२०७७ साल माघ १५ गते बानेश्वरको बेबिलोन उपभोक्ता सहकारी संस्थाबाट ७ लाखभन्दा धेरै पैसा चोरी भयो । 

Muktinath Bank

त्यसको ५ दिनपछि फेरि शंखमुलस्थित घर संसार उपभोक्ता सहकारी संस्थाबाट २ लाख २४ हजारभन्दा धेरै चोरी भयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसको २१ दिनपछि अर्थात् २०७७ फागुन १३ गते गौशाला मित्रपार्कमा रहेको पञ्चश्री बचत तथा ऋण सहकारीबाट १४ लाख ९८ हजार रुपैयाँ चोरी भयो । अर्को दिन फागुन १४ गते कोटेश्वरको सिसम स्वामी बचत तथा ऋण सहकारीबाट २ लाख रुपैयाँ चोरी भयो ।


Advertisment
Nabil box
Kumari

कहिले २० दिनको अन्तरमा त कहिले २ दिनको अन्तरमा कुनै न कुनै सहकारीमा चोरी भइरहेका थिए ।

Vianet communication

अन्तिमपटक यही जेठ १३ गते मैतीदेवीमा रहेको गौँथली बचत तथा ऋण सहकारी संस्थाबाट २ लाख ५८ हजार र ९ तोला सुन चोरी भयो ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा उपत्यकाका ११ वटा सहकारीले आफ्नो सहकारीमा चोरी भएको भन्दै उजुरी दिए ।

प्रहरीमा उजुरी परेकोपर्‍यै, तर चोरलाई प्रहरीले पक्राउ गर्न सकेन । 

एक हिसाबले प्रहरीको टाउको दुखाइको विषय बन्यो, सहकारी चोर ।

प्रहरी उपत्यकामा पटके चोरहरूको सूची तयार पार्‍यो । त्यहीँबाटै खोज्न थाल्यो । 

त्यही क्रममा मैतिदेवीमा रहेको गौंथली बचत तथा ऋण सहकारीको सीसीटीभीमा पातलो शरीर भएका तथा मास्क लगाएका व्यक्तिको श्यामश्वेत भिडियो कैद भयो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीलाई ६ वर्षअगाडि लागूऔषध चोरीमा पक्राउ परेका १६ वर्षका युवक जस्तै लाग्यो । तर पहिला त उनी जेलमा नै छन् भन्ने लागेको थियो । 

ती सन्दिग्ध युवकको फोटो लिएर उनी डिल्ली बजार कारागार पुगे । तर उनी २०७७ को कात्तिक/मंसिर महिनामा छुटिसकेका रहेछन् । 

त्यसपछि प्रहरी ती व्यक्तिको खोजीमा लाग्यो उपत्यकामा कतै पनि चोरी गर्दै गरेको देखेन । तर नुवाकोटबाट सूचना आयो ती व्यक्तिले उपत्यकामा म्युजिक भिडियो कम्पनी चलाएर बसेका छन् । 

मोबाइल नम्बर पत्ता लगाएर ती व्यक्तिको खोजी गर्‍यो । उनले म्युजिक कम्पनी प्रमोट गर्नका लागि आफ्नो मोबाइल नम्बर राखेका रहेछन् । ती व्यक्तिलाई फलो गर्दै जाँदा प्रहरीले गौशालाबाट पक्राउ गर्‍यो । 

त्यसपछि पत्ता लाग्यो, ६ वर्षअघि लागूऔषधमा पक्राउ परेका नुवाकोटको बेल्कोटगढी नगरपालिका– ९ का २२ वर्षीय दीपक गजुरेल रहेछन् । 

प्रहरीले कसरी उनी चोरीमा लागे भन्ने कुरा खोतल्न थाल्यो ।

प्रहरीको सोधपुछकै क्रममा उनले आफूले ९ वटा सहकारीमा चोरी गरेको स्वीकारे ।

प्रहरीले उनी बस्ने ठाउँबाट सहकारीबाट चोरेका पैसा, सुन, ल्यापटप र झोलाहरू समेत बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले बताए । 

चोरीको पैसाले म्युजिक भिडियो कम्पनी

पक्राउ परेका दीपक गजुरेलले अनामनगरमा २५ हजार मासिक भाडा तिर्ने गरी म्युजिक कम्पनी खोलेका छन् । 

कोरोना भाइरसको दोस्रो लहरको संक्रमणपछि भएको निषेधाज्ञाभन्दा केही दिनअगाडि ‘स्पेस म्युजिक’ नामको म्युजिक कम्पनी कम्पनी रजिष्ट्रारको कार्यालय दर्ता गरेर चलाउँदै आएको परिसर काठमाडौंका प्रमुख एसएसपी सिंहले लोकान्तरलाई बताए ।

उनले त्यो म्युजिक भिडियो कम्पनीमार्फत पनि ठगी गरेको देखिएको छ । उनले केही नयाँ महिला मोडलहरूसँग म्युजिक भिडियो खेलाइदिने भन्दै पैसा लिएर ठगी गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने ।

‘म्युजिक कम्पनीको डाइरेक्टर भएर भिडियो खेलाइदिने भन्दै पैसा समेत लिएको रहेछ,’ ती अधिकारीले लोकान्तरसँग भने, ‘उसले १/२ वटा नाम चलेका म्युजिक भिडियो पनि बनाएको देखिन्छ ।’

म्युजिक भिडियो कम्पनीमा विदेशबाट आयात गरिएका सामानहरू प्रयोग भएका छन् । 

अनुसन्धान अधिकारीसँगको कुराकानीमा ‘मेरो यो अफिसको पर्दा बिक्री गर्‍यो भने मात्रै पनि १०/१२ लाख रुपैयाँ आउँछ,’ भनेको ती अधिकारीले बताए ।

ठमेलको २ तारे होटलमा बास, दैनिक ९ हजार भाडा

पक्राउ परेका गजुरेल कुनै फ्ल्याट भाडा लिएर वा घर भाडामा लिएर बस्दैनथे । उनी ठमेलको २ तारे होटलको भीआईपी रूममा दैनिक ९ हजार रुपैयाँ भाडा तिरेर बस्ने गरेको पाइएको छ ।

त्यही होटलको कोठामा बसेर सहकारीहरूमा चोरीको योजना बनाउने गरेको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

दैनिक त्यहीँबाट अनामनगरमा रहेको अफिस जाने/आउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बैंकमा डलर खाता

पक्राउ परेका दीपक गजुरेलले ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाडौं गरी २ वटा बैंकमा खाता खोलेको देखिएको छ ।

प्रहरीका अनुसार दीपकको डलर खातामा ५ सय डलर छ भने उनले बैंकबाट विदेशमा पैसा पठाएको पनि देखिएको छ । 

‘पैसा बाहिर पठाएको देखिएको छ । कहाँ कति पठाएको रहेछ भनेर अनुसन्धान भइरहेको छ,’ एसएसपी सिंहले लोकान्तरसँग भने, ‘अन्य बैंकमा खाता छन् कि छैनन् ? कति पैसा छ भन्ने कुरा जान्न राष्ट्र बैंकलाई पत्र पठाएका छौं । त्यसको जवाफ आएपछि मात्र थाहा हुन्छ ।’

दीपकले आईएमईमार्फत पनि विदेशमा पैसा पठाएको देखिएको छ ।

प्रहरीले उनलाई शनिवार ४३ लाख ९७ हजार नगद, ९ तोला सुन, एक थान ल्यापटप, एउटा सुनको तिलहरी, टप लगायतका सामग्रीसहित पक्राउ गरेको थियो ।

उनले कसरी चोर्थे ? कसरी योजना बनाउँथे र अन्य सहकारीको चोरीमा संलग्न थिए कि थिएनन् भन्ने विषयमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x