×

आजभोलि प्रायः सबै व्यक्तिलाई कब्जियतको समस्या हुने गरेको छ । बच्चाहरूमा पनि यो समस्या दिनप्रतिदिन बढ्दो छ । त्यसो हुनुको कारण गलत आहारबिहार हो भन्दा नराम्रो मान्नुपर्दैन ।

कब्जियतबारे जान्नुभन्दा पहिले हाम्रो पाचन प्रक्रियाबारे थोरै बुझौं – हामीले मुखबाट खाएको खाना अन्न नलीको बाटो हुँदै आमाशयमा पुग्छ, त्यहाँबाट सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्म पुग्छ र बाहिर निस्कन्छ ।


Advertisment

त्यो बीचमा खानामा भएका विभिन्न पौष्टिक तत्व आहार रसहरू शरीरले लिन्छ र हाम्रो शरीरलाई नचाहिने कुराहरू मलको रूपमा दिशाबाट बाहिर निस्कन्छन् । चाहिने रस सोसिएर बाँकी मल बाहिर निष्कासन हुनुपर्छ । यो काम दैनिक हुनुपर्छ । 


Advertisment

यदि त्यसो भएन भने अर्थात् बाहिर जानुपर्ने मल गएन भने त्यस्तो अवस्थालाई कब्जियत भन्ने गरिन्छ । सुन्दा सामान्य लागे पनि कब्जियत धेरै रोगहरूको घर हो ।

तपाईंको भान्सामा रहेको फोहोर २–४ दिन सफा गर्नुभएन भने के हुन्छ ? त्यसरी नै हाम्रो शरीरबाट निस्कनुपर्ने मल ननिस्किएमा के हुन्छ ? जम्मा हुँदै जाँदा कुहिने अवस्था हुन्छ, त्यसले गर्दा आन्द्रामा विषालु पदार्थको जन्म हुन पुग्छ । आन्द्राबाट त्यो विषालु पदार्थको शोषण भई रगतको माध्यमबाट शरीरका हरेक अंगमा रोगको रूपमा त्यसको प्रभाव देखिन थाल्छ । भलै त्यो प्रक्रियासम्म पुग्न र रोगको रूपमा देखिन केही समय लाग्नसक्छ ।

कारणः

कब्जियतको मुख्य कारण अस्वस्थ खाना, असन्तुलित खाना र खानाको असमयमा सेवन हो । जस्तैः

– धेरै रुखो सुक्खा बजारका बोटलबन्द पदार्थहरूको अधिक सेवन ।

– मैदाबाट बनेका विभिन्न परिकारको सेवन ।

– दीर्घ रोगीले प्रयोग गर्ने विभिन्न एलोप्याथिक औषधिले पनि कब्जियत गराउँछ । जस्तैः एन्टासिड, क्याल्सियम, निद्रा लगाउने औषधि, प्रेसरको औषधिका साथै मानसिक रोगका लागि प्रयोग गरिने औषधि आदि ।

– रात्रि जाग्राम बस्नु ।

– धेरै समय दिशापिसाबको बेग रोक्नु (लागेको समयमा नगर्नु) ।

– चिन्ता तथा तनावपूर्ण जीवन बिताउनु ।

– धूम्रपान, चिया, कफीको अधिक सेवन ।

– खानाको सेवन निश्चित समयमा नगर्नु आदि ।

यस्तै कारणले हाम्रो पाचन प्रक्रियामा अवरोध पुर्‍याउँछ । जसले गर्दा खानाको पाचन राम्रोसँग हुँदैन र त्यहाँ उत्पन्न हुने पाचक रसहरू (जुन खानालाई पचाउन आवश्यक हुन्छन्) को उत्पादन प्रक्रियामा असर पुग्न जान्छ । जसको कारणले गर्दा पेट फुल्ने, दुख्ने, कोखा चस्कने, मुख सुक्खा हुने, मलको अवरोध अर्थात् कब्जियत हुने हुन्छ ।

प्रकारः

सामान्यतया कब्जियत २ किसिमको हुन्छ । १. अस्थायी २. स्थायी ।

अस्थायी कब्जियत कहिलेकाहीँ खानाको गडबडीमा देखिने र कारण हटेपछि आफैं ठीक हुने वा सामान्य औषधिको छोटो समय प्रयोग गर्दा ठीक हुने हुन्छ भने स्थायी कब्जियत लामो समयदेखि भएको वा लामो समयसम्म भइरहने हुन्छ ।

दैनिक औषधि सेवन नगरी दिशा नखुल्ने वा दिसा गराउने औषधिको सेवन गर्दा पनि काम नगर्ने हुन्छ ।

के गर्ने ?

– कब्जियत भएको थाहा पाउनासाथै खानपिनमा सुधार गर्ने सन्तुलित र समयमा खानाको सेवन गर्ने, स्वस्थकर खानाको सेवन गर्नु नै यसबाट बच्ने पहिलो उपाय हो ।

– कब्जियत हुनेहरूले मुङको दाल, भात, परबल, लौका, घिरौला जस्ता झुण्डिएर फल्ने तरकारीहरू खाने गर्नुपर्छ र माथि कारणमा उल्लेख गरिएका कुराहरू गर्नु/खानु हुँदैन ।

के नगर्ने ?

– कब्जियत हटाउन विभिन्न विज्ञापनमा देखाइएका औषधिहरूको प्रयोग गर्नु हँदैन ।

– लामो समयसम्म कब्जियतको कुनै पनि आौषधि खानु राम्रो हुँदैन । 

– दिसा बस्दा दिसा आएन भने कनेर दिशा गर्ने गर्नु हुँदैन । यसले गुद्वारमा दबाब पर्न जान्छ र मलद्वारमा घाउ हुन सक्छ । 

– बच्चाहरूको कब्जियतको समस्या प्रायः खानपिनमै सुधार गरेर ठीक गर्न सकिन्छ । दिसा नहुने वा दिसामा रगत आउने जस्ता समस्या भएमा, बच्चालाई चिकित्सककोमा लैजानुपर्छ ।

– कब्जियतको वा अन्य प्रयोगका लागि आफूखुशी औषधि पसलबाट कहिल्यै पनि लेक्जेटिव वा सपोजिटरीहरू किनेर प्रयोग गर्ने गर्नु हुँदैन । 

कब्जियत हुँदा वा नहुँदा पनि पेट सफा राख्न घरमै गर्न सकिने उपाय –

१. अमला पाउडरको प्रयोग – दैनिक खाना खानुभन्दा ठीक अगाडि १ चम्चा अमलाको धुलो तातोपानीसँग खाने गर्नाले पेट सफा हुनुको साथै भिटामिन पनि प्रशस्त पाइने हुन्छ । बुढ्यौली आउन दिँदैन । छालाको चमक बढाउँछ ।

२. किसमिस प्रयोग – १५–२० दाना किसमिस १ कप पानीमा पकाएर आधा कप बनाएर मिचेर खानाअगाडि वा दिनभरि किसमिसको पानी खान सकिन्छ । (यसरी बच्चालाई पनि खुवाउन सकिन्छ ।)

३. घ्यूको प्रयोग – तपाईं स्वस्थ हुनुहुन्छ र पेट सधै ठीक राख्न चाहनुहुन्छ भने सधै खानासँग १ चम्चा घ्यूको सेवन गर्ने गर्नुहोस् ।

अन्त्यमा,

आयुर्वेद चिकित्सा पद्वतिमा केही समयको औषधि सेवन गरेर पाचन प्रक्रिया ठिक गरेपछि कब्जियतको औषधि लामो समयसम्म खानुपर्ने हुँदैन । त्यसको लागि आयुर्वेद चिकित्सकसँग परामर्श लिनु मुनासिब हुन्छ ।

असार ११, २०८१

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x