×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा विघटन मुद्दा

प्रधानन्यायाधीशको प्रश्नः धारा ७६(५) प्रधानमन्त्री नियुक्तिका लागि कि संसदको स्थायित्वका लागि ?

असार २१, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गरिएको प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नेपालको संविधानको धारा ७६(५) को प्रयोग प्रधानमन्त्री नियुक्तिको लागि हो कि संसदको स्थायित्वको लागि हो भनेर प्रश्न गरेका छन् । 

Muktinath Bank

संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सोमवार प्रधानन्यायाधीश जबराले देउवाको तर्फबाट जवाफी बहस गरिरहेका वरिष्ठ अधिवक्ता हरिहर दाहाललाई एमालेको सहयोग विना वैकल्पिक सरकार बन्ने सम्भावना छ भनेर प्रश्न गरेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘धारा ७६(५) संसदको स्थायित्वको लागि हो या प्रधानमन्त्री नियुक्तिको लागि हो ? संसदको आयु ५ वर्ष रहने भनेको छ । देउवालाई प्रधानमन्त्री नियुक्त गर्‍यो भने प्रतिनिधिसभा पूरै कार्यकाल चल्छ ?’ जबराले प्रश्न गरे । 


Advertisment
Nabil box
Kumari

जवाफमा अधिवक्ता दाहालले देउवाको मागदाबी संसदको स्थायित्वको लागि भएको बताए । उनले संसदले पूरै कार्यकाल चल्न पाउनुपर्छ भनेर रिट दायर गरिएको र वैकल्पिक सरकार गठनको सम्भावना रहेको बताए । 

Vianet communication

दाहालको जवाफपछि प्रधानन्यायाधीश जबराले फेरि प्रश्न गरे, ‘हिजोदेखि सोधेको छु, एमाले सरकारको विकल्प दिने अवस्था छ ? वैकल्पिक सरकार भनेको के हो ?’

जवाफमा दाहालले देउवाको पक्षमा हस्ताक्षर गरेका सांसदहरू दलीय हैसियतमा नभई स्वतन्त्र हैसियतमा गरेको दाबी गरे । ‘संविधान बमोजिमको वैकल्पिक सरकार बन्ने हो कि होइन त्यो सोध्ने हो । संविधान बमोजिम १४९ जनाको हस्ताक्षर पेश गरेको छु भनेपछि परीक्षणका लागि प्रतिनिधि सभाको अधिवेशन तोक्नुपर्छ,’ दाहालले भने ।  

दाहालले प्रतिनिधिसभा सदस्यलाई नै नियुक्त गर्न भनिएको र निवेदकले वस्तुनिष्ठ आधार दिएको दाबी गरे । सरकार पक्षका वकिलहरूले देउवाको दाबी पेश गरिएको पत्रमा केरमेट गरिएको भन्ने जवाफमा वरिष्ठ अधिवक्ता दाहालले कसैको हस्ताक्षर दुरुपयोग गरिएको भए उनीहरूले अदालतमा आएर भन्नुपर्ने बताए । 

‘अन्य प्रयोजनका लागि गरिएको हस्ताक्षर गरेको थियो भने देउवालाई प्रधानमन्त्री बनाउन गरेको छैन, अन्य कामको लागि गरेको थिए भनेर सांसदले भन्ने थिए । दुरुपयोग गरेको भए फौजदारी संहिता अनुसार कारवाही हुन्छ,’ दाहालले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x