×

NIC ASIA

मन्त्री नटुट्ने जिल्ला

सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

असार ३०, २०७८

Prabhu Bank
NTC
Premier Steels

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ ।

Muktinath Bank

नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन् । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राधा ज्ञवाली लगायतले केन्द्रमा प्रतिनिधित्व गर्छन् । २०६२/०६३ को जनआन्दोलनपछि बनेका हरेक सरकार रुपन्देहीबाट मन्त्री बनेका छन् । 


Advertisment
Nabil box
Kumari

जनआन्दोलनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रूपन्देहीबाट एमालेका नेता छविलाल विश्वकर्मा कृषि तथा सहकारी मन्त्री बनेका थिए । उनी अहिले पनि रूपन्देही क्षेत्र नम्बर १ बाट पनि निर्वाचित सांसद हुन् । संविधान सभाको पहिलो निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए ।

Vianet communication

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा रुपन्देहीका बालकृष्ण खाँण सिञ्चाइमन्त्री बने । त्यसपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा फेरि पौडेल रक्षामन्त्री भए । पौडेलसँगै रुपन्देहीबाट माओवादी नेता हकी कुल्ला खाँ राज्यमन्त्री बने । त्यस्तै एमाले नेता घनश्याम भुसाल विना विभागीय मन्त्री बने । खनालपछि तत्कालीन माओवादीका वरिष्ठ नेता रहेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ओमप्रकाश यादव ‘गुञ्जारी’ मन्त्री बने । 

पहिलो संविधान सभा विघटनपछि मन्त्रपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारमा पनि रुपन्देहीका रामप्रसाद न्यौपाने मन्त्री बने । संविधान सभाको दोस्रो निर्वाचनपछि तत्कालीन कांग्रेस सभापति स्व. सुशील कोइराला नेतृत्वको सरकारमा ऊर्जामन्त्री बनिन्, रुपन्देहीकी राधा ज्ञवाली । कोइरालापछि बनेको एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाले । त्यसपछि प्रचण्ड नेतृत्वको सरकारमा रुपन्देहीकै खाँण फेरि रक्षामन्त्री बने ।  

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा स्वास्थ्यमन्त्री बने । त्यस्तै कांग्रेस जिल्ला सभापति तत्कालीन संविधान सभा सदस्य अब्दुल रज्जाक खानेपानी राज्यमन्त्री बने । २०७४ को प्रतिनिधि सभाको निर्वाचनपछि फेरि ओली नेतृत्वको सरकार पौडेल अर्थमन्त्री बने । 

पौडेलले अर्थसँगै केही समय गृह, उर्जा लगायत ४ वटा मन्त्रालय सम्हाले । ओली नेतृत्वकै सरकारमा रुपन्देहीका अर्का एमाले नेता घनश्याम भुसाल कृषि मन्त्री बनेका थिए ।

विश्लेषक मनिकर कार्की पार्टीमा प्रभाव राख्ने नेताहरू रुपन्देहीमा धेरै रहेकाले रुपन्देही अगाडि रहेको बताउँछन् । 

उनले भने, ‘जिल्लाको प्रभाव पनि हो । त्यसका साथै गुटमार्फत शक्तिमा पुगेका नेताहरू रुपन्देहीमा धेरै छन् । यसले रूपन्देहीको पहुँच बढी देखिन्छ ।’

रूपन्देहीका विकासमा एमालेका प्रभावशाली नेता विष्णु पौडेल र खाँणले धेरै योजना ल्याएका छन् । विकासका सवालमा पौडेल र खाँण सधैँ सहकार्य गर्छन् । 

वरिष्ठ पत्रकार डीआर घिमिरे रुपन्देहीले विकासमा फड्को मार्नुमा यहाँका नेताहरूले पाएको अवसर प्रमुख कारण रहेको बताउँछन् ।

बुटवलमा खानेपानी र नमूना अटोभिलेज बनाउने सवालमा राजनीतिक दलको खिचातानीले एसियाली विकास बैंक सहयोग गर्नबाट पछि हटेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x