×

NMB BANK
NIC ASIA

धरौटीमा छुटेपछि गच्छदारको प्रतिक्रिया : 'अख्तियारले ममाथि पूर्वाग्रह राखेर मुद्दा दर्ता गरायो'

असार ३०, २०७८

NTC
फाइल फोटो
Premier Steels

विशेष अदालतबाट १० लाख धरौटीमा रिहा भएका नेपाली कांग्रेसका उपसभापति तथा ललिता निवास जग्गा प्रकरणका अभियुक्त विजयकुमार गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रह राखेर मुद्दा दर्ता गराएको प्रतिक्रिया दिएका छन् ।

Muktinath Bank

धरौटी बुझाएर रिहा भएपछि बुधवार प्रतिक्रिया दिँदै नेता गच्छदारले भने, ‘डेढ वर्षपछि मिडियासामु प्रकट हुन पाएको छु धेरै उतारचढावपछि । अख्तियारले ममाथि प्रतिशोधपूर्ण पूर्वाग्रह राखेर मुद्दा दर्ता गरायो । विशेष अदालतको निर्णयलाई सम्मान गर्छु । छिट्टै सबै मिडियालाई राखेर धारणा सार्वजनिक गर्छु ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अरुले ललिता निवास प्रकरण भन्ने गरेपनि आफूले कथित ललिता निवास प्रकरण भन्ने गरेको गच्छदारले बताए ।


Advertisment
Nabil box
Kumari

विशेष अदालतमा बुधवार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रूपैयाँ धरौटी लिएर छाड्ने आदेश भएको छ ।

Vianet communication

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीशहरू अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इजलासमा बुधवार भएको थुनछेक बहसमा वकिलहरूले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका थिए । 

‘ललिता निवास प्रकरणमा तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा योजना मन्त्री विजयकुमार गच्छदारले कुनै बदनियतपूर्ण भूमिका खेल्नुभएको छैन । उहाँले मन्त्रिपरिषद्मा प्रस्ताव मात्र लैजानुभएको हो,’ गच्छदारका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता हरिहर दाहालले भनेका थिए, ‘उहाँ (गच्छदार)ले भ्रष्टाचारजन्य कसूर गर्नुभएको छैन, त्यसैले थुनामा राख्न मिल्दैन ।’

गच्छदारलाई धरौटी समेत नलिई रिहा गर्नुपर्ने उनका वकिलहरूको जिकिर थियो । थुनछेकमा गच्छदारका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, महादेव यादव र कृष्ण सापकोटा तथा अधिवक्ताहरू ललित बस्नेत र मधुरकृष्ण पाठकले बहस गरेका थिए ।

बहसअघि गच्छदारसँग अदालतमा ११ बजेबाट २ बजेसम्म ३ घण्टा बयान लिइएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि अदालतले उपस्थितिका लागि गच्छदारलाई आदेश गरेको थियो ।

अदालतले उनको ठेगाना नभेटेको भन्दै म्याद तामेल समेत गर्न सकेको थिएन । बुधवार गच्छदार आफैं अदालतमा पुगेका हुन् । अख्तियारले २०७६ माघ २२ गते गच्छदारविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रूपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । अख्तियारले मुद्दा दायर गरेपछि गच्छदारको प्रतिनिधि सभा सदस्य पद निलम्बनमा परेको थियो । धरौटीमा रिहा भए पनि उनको सांसद पद भने निलम्बनमै रहनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x