×

NMB BANK
NIC ASIA

लगनशीलता

नर्सरीमा अजम्मरी कलासहित जमेको गुप्ता परिवारको ३ पुस्ता

साउन २, २०७८

NTC
Premier Steels

यदाकदा मात्र व्यवसायमा पुस्ता हस्तान्तरण भएको देखिन्छ । घाम–पानी जस्तै । कसैले ठान्छन् पुस्ता हस्तान्तरण अनुहार बदल्ने कुरा मात्र हो तर रूपन्देहीमा एक परिवारको ३ पुस्ता एउटै व्यवसायमा छ ।

Muktinath Bank

जिल्लाको तिलोत्तमा–४ ड्राइभर टोलस्थित गुप्ता नर्सरीमा परिवारको ३ पुस्ता माली बनेर रमाएको छ । गुप्ता परिवार फूलसँगै अन्य फलफूलका विरुवा उत्पादनमा लागेको ५२ वर्ष भयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चाडपर्व होस् वा अन्य कुनै समय गुप्ता परिवार फूल र विरुवा उत्पादनमा लागिरहेको छ । २०२२ सालमा स्व. रघुनाथ गुप्ताले ८ कठ्ठा जग्गाबाट नर्सरी व्यवसाय शुरू गरेका थिए । रघुनाथले नर्सरी शुरू गर्दा ड्राइभर टोललाई नंकौटी भनिन्थ्यो ।


Advertisment
Nabil box
Kumari

गुप्ता नर्सरी रूपन्देहीमा मात्र होइन, लुम्बिनी प्रदेशमै प्रख्यात छ । अहिले विभिन्न ठाउँमा पर्याप्त नर्सरी खुले पनि विरुवाको लागि मानिसहरूको रोजाइमा पर्छ गुप्ता नर्सरी ।

Vianet communication

रघुनाथले तरकारी खेतीसँग जोडेर नर्सरी थालेका थिए । अहिले नर्सरीले ५ दशक पार गर्दा ठूलो लगानी र उत्कृष्ट नर्सरीको रूपमा विकास भएको छ । परिवारको ३ पुस्ताले नर्सरीलाई रिसर्च सेन्टर नै बनाएको छ ।

स्व. रघुनाथका छोराहरू विनोद, शम्भू, राजेन्द्र, राजेश, सुरज, अर्जुन र नातिहरू आर्किटेक इन्जिनीयर अजय समेत अहिले नर्सरीमा काम गर्न व्यस्त हुन्छन् । साँच्चै गुप्ता परिवारको विरुवा उत्पादन कला अजम्मरी छ ।
 
गुप्ता नर्सरीले फूलसँगै फूलका विरुवा र फलफूलका विरुवा बिक्री गर्दै आएको छ । नयाँ युगलाई नर्सरीले सम्बोधन गरेको छ । फूलमा रमेको गुप्ता परिवारमा अहिले ६ परिवारका २८ जना यसैमा तल्लिन छन् । ६ दाजुभाइ मिलेर गरेको नर्सरी व्यवसायबाट उनीहरूले मनग्यै आम्दानी पनि गरेका छन् ।

नर्सरीले फूल र विरुवा उत्पादनसँगै पुष्प व्यवसाय र नर्सरी सम्बन्धी परामर्श सेवा, अनुसन्धान र ठूला होटल, रिसोर्ट, सरकारी–गैरसरकारी कार्यालयहरूमा गार्डेनिङ पनि गरिरहेको छ । 

सञ्चालक सुरज भन्छन्, ‘हाम्रो सबै परिवार फूल र विरुवामै केन्द्रित छ । उत्पादन बढाउँदै लगेका छौं । अब हाम्रो नर्सरी अनुसन्धान केन्द्र पनि बनेको छ ।’

रघुनाथका नाति विनोदका छोरा अजय अस्ट्रेलियाबाट आर्किटेक इन्जिनीयर बनेर ठूला रिसोर्ट र सरकारी कार्यालयमा गार्डेन डिजाइन गर्छन् । फूलमा भाइहरूको कहिल्यै बेमेल छैन ।

अहिले कुनै पनि शुभकार्यमा फूल अनिवार्य जस्तै छ । समय परिवर्तनसँगै विश्वमै फ्लोरीकल्चरको महत्त्व बढ्दै गइरहेको छ । गुप्ता नर्सरीका विरुवासँगै उत्पादित फूल हरेक शुभकार्यमा पुग्छन् । त्यति मात्र होइन, उनले बुटवल बाहिर पनि फूलहरू निर्यात गरिरहेका छन् । रूपन्देही, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, कपिलवस्तु, पोखरा र काठमाडौं गुप्ता नर्सरीका मुख्य बजार हुन् ।

अन्नामेटल प्लान्ट, ग्रीन प्लान्ट र डेकोरेसनका लागि आवश्यक १५० भन्दा बढी प्रजातिका फूल नर्सरीमा भएको सञ्चालक सुरज बताउँछन् । नर्सरीबाट फूलसँगै वार्षिक ४ लाख फलफूल र फूलका विरुवा उत्पादन गरी बिक्री गरिन्छ । 

नर्सरीमा आँप, लिची, कटहर, अम्बा, कागती, सुपारी, नरिवल लगायतका विरुवाहरू समेत पाइन्छन् । यी सबैका विरुवा गुप्ता आफैंले तयार गर्छन् । त्यति मात्र होइन, नर्सरीले सिजनल फूलबाहेक ‘भ्यालेन्टाइन डे’का लागि गुलाब, दशैंमा दूर्गा पूजाका लागि र बर्खामा फलफूल लगाउने समय भएकाले टार्गेट गरेर फूलहरू एवं विरुवा तयार गर्ने गर्दछ । नर्सरीमा २५ देखि विरूवाको साइज अनुसार १ हजारसम्म र सजावटका लागि १२५ रुपैयाँदेखि ५०० रुपैयाँसम्मका फूलका विरुवा बिक्री गरिन्छ ।

अहिले नर्सरीका विभिन्न ठाउँमा शाखा पनि विस्तार भएका छन् । ड्राइभर टोलसँगै तिलोत्तमाकै मणिग्राम, ओमसतियाको गाउँपालिकाको ठुटेपिपल र पाल्पा तानसेनको प्रभासमा गरी ५ बिगाहा क्षेत्रफलमा नर्सरी विस्तार भएको छ । यस क्षेत्रमा माग हुने फूलको ७५ प्रतिशत बजार गुप्ताको नर्सरीले ओगटेको छ । रूपन्देही बाहिर पनि वार्षिक १ करोडको कारोबार हुने सुरजले बताए । 

फूलमा आत्मनिर्भर बनाउने योजना बनाएका गुप्ता नर्सरीका सञ्चालकहरू बजारको समस्या हुने गरेको बताउँछन् । फूल देख्दा आनन्द र राम्रो लागे पनि फूलको व्यापारमा जोखिम बढी छ । ‘कसैले सानो दाग लागेको देखे भने लैजाँदैनन्, चाडपर्वमा लक्षित गरेर ठीक समयमा तयार गर्न आवश्यक हुन्छ,’ उनले भने ।

धर्मकर्मदेखि अन्तिम संस्कारसम्म आवश्यक पर्ने फूलहरू पछिल्लो समय विकसित देशबाट नेपालमा आउने गर्दछ । कतिपयले हाइब्रेड बीउ नै नेपालमा ल्याएर विरुवा तयार गर्ने गर्दछन् । गुप्ता नर्सरीले पनि हाइब्रेड बीउ होल्यान्ड, डेनमार्क र केही भारतबाट ल्याउने गर्छ । झुप्प थुंगा भएका फूलहरू सजावटका लागि बढी माग हुन्छ । त्यस्ता फूलको आवश्यक हाइब्रेड बीउ गुप्ताले विदेशबाट भित्र्याउँछन् । नर्सरीले ड्यान्कस, सिनेरिया, पिटुनिया, फलक्स लगाएका बिउ विदेशबाट ल्याउने गरेको छ ।

गुप्ता परिवारले तरकारीसँगै फलफूल खेतीलाई अगाडि बढाउने योजना बनाएको छ । ‘तरकारी खेतीलाई सँगै अगाडि बढायौं भने बुवाको सपना पनि पूरा हुनेछ । त्यहीँ योजनाका साथ हामीले पाल्पामा जग्गा खोज्ने काम गरिरहेका छौं,’ सुरजले भने ।

पाल्पाको प्रभासमा ६० लाखको लगानीमा २० रोपनी क्षेत्रफलमा तरकारी खेती शुरू भइसकेको र १५० रोपनी क्षेत्रफल जग्गा भाडामा ल्याउने अन्तिम तयारी भएको उनले बताए । 

पाल्पामा स्कस, सिमी, लहरेसिमी, कागती लगायतका तरकारी खेती गर्ने र तरकारीलाई इटाली पठाउने योजना गुप्ता परिवारको छ । गुप्ता ग्रूप प्रालिमार्फत विभिन्न प्राजेक्टबाट काम भइरहेको छ । प्याकेजिङ, ग्रेडिङ गर्नुका साथै स्थानीय किसानको समेत तरकारी खरिद गर्ने योजना बनेको छ ।

तिलोत्तमास्थित टाइगर रिसोर्टको बगैंचाको डिजाइन अजय गरेका हुन् । तिलोत्तमा नगरपालिकाले अघि सारेको ग्रीन तिलोत्तमा अभियानमा पनि अजयको सल्लाहबाट बेगमबेली र स्टोनिया लगाइएको छ । 

रघुनाथका अर्का नाति अर्जुनले पनि हाल अस्ट्रेलियामा कृषि सम्बन्धी अध्ययन पूरा गरी नेपाल आएर एग्रिकल्चरमा जमेका छन् । गुप्ता नर्सरीलाई सन् २००३ मा स्वीजरल्यान्डको जेनेभास्थित बीआईडी संस्थाले इन्टरनेसनल गोल्ड स्टार अवार्ड प्रदान गरेको छ ।

फूलको बजार दिनानुदिन विस्तार भइरहेको छ । नेपाली बजारमा भारतीय फूलको आयातलाई विस्थापित गर्न उद्यमीहरू व्यावसायिक फूल खेतीतर्फ आकर्षित भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x