
मान्छेले जनावरसँग बिहे गरेको घटना अचम्म लाग्दो छ । तर आफन्त नै साक्षी राखेर पाकिस्तानमा हिन्दू युवकले बाख्रासँग बिहे गरेपछि प्रहरीले खोजी गरिरहेको छ ।
पाकिस्तानको सिन्ध प्रदेशस्थित मीरपुरखास जिल्लाको डिगरी शहरमा भील समुदायका युवकले बाख्रासँग बिहे गरेका पाकिस्तानको न्युज एजेन्सी एआरवाई न्युजले जनाएको छ ।
स्थानीय प्रहरीका अनुसार भील समुदायका युवकले हिन्दू धार्मिक रीतिअनुसार बाख्रासँग बिहे गर्दै सात फेरा लगाएका छन् । बिहे समारोहमा युवकका आफन्त समेत सहभागी थिए ।
प्रहरीले बिहेको बन्दोबस्त मिलाउने आरोपीहरूलाई पक्राउ गरिसकेको छ भने बिहे गर्ने युवकको खोजी जारी छ ।
यसअघि ब्राजिलमा एक वृद्ध व्यक्तिले बाख्रासँग बिहे गरेको दाबी गरेका थिए । केही वर्षअघि भारतकै उत्तराखण्डको धनोल्टीमा बाख्राहरूको बिहेका लागि बाख्रा स्वयंवर कार्यक्रम राखिएको थियो ।