×

NMB BANK
NIC ASIA

माधव नेपालजस्ता देशद्रोहीलाई एमालेमा ठाउँ छैन : ओली

साउन १६, २०७८

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललाई देशद्रोहीको संज्ञा दिएका छन् । 

Muktinath Bank

काठमाडौं जिल्ला कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो संज्ञा दिएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘माधव नेपालजस्ता आन्दोलन विरोधी देशद्रोही जस्तालाई कुनै पनि ठाउँ छैन । आफ्नो पार्टीको अध्यक्ष र प्राधनमन्त्रीले विश्वासको मत माग्दा २२ जना सांसद बाहिर लिएर जाने तर, दक्षिणपन्थी सरकार बनाउन विश्वास जाहेर गर्न ह्वीप उल्लंघन गरेर भोट हाल्न जाने यो भन्दा निर्लज्ज र दलाली काम अरू के हुन सक्छ ? यस्तालाई पार्टीमा ठाउँ छैन ।’ 


Advertisment
Nabil box
Kumari

प्रतिक्रियावादी शक्तिहरूसँग मिलेर एमालेको सरकार ढालेको र प्रतिगनमनमा सहभागी भएर दक्षिणपन्थी सरकार बनाएको आरोप पनि ओलीले नेपालमाथि लगाए । 

Vianet communication

उनले भने, ‘अदालतले पार्टी फुटाएको होइन । अर्को नाममा दर्ता गर्न आऊ भनेको थियो । मैले प्रचण्डलाई फोन गरेर अनेक पटक सोधे । उनले मजाकको विषय बनाएर उडाए ।’

अदालतको फैसलापछि आफूहरू पूर्व पार्टीमा फर्किएको र एमालेका माधव नेपालसहितका केही नेताहरूले एमाले छाडेको ओलीले बताए । ‘पार्टी छाडेको हो उनीहरूले । एकीकरण गलत थिएन । केही मान्छेहरूले पार्टी छाडे । प्रचण्ड एण्ड कम्पनीले पार्टी छाडे,’ सम्बोधनको क्रममा ओलीले भने, ‘हामी पूर्व नाममै फर्किएका हौं । पूर्व एमाले, पूर्व माओवादी पनि एकीकृत भावनाका साथ यो पार्टीमा हुनुहुन्छ ।’ 

मुख्य–मुख्य अपराधीबाहेक अरू साथीहरू गल्ती महसुस गरेर फर्किन्छन् भने पार्टीमा स्वागत गर्न तयार रहेको र उनीहरूसँग कुरा पनि भइरहेको उनले बताए । ‘जो–जो आउनुहुन्छ ठीक छ । आउनुहुन्न भने पनि चिन्ता छैन । समय छुट्दैन । मान्छे मात्रै छुट्छ । गल्ती त सानो होइन, पार्टीको सरकार ढल्यो, जनताको सरकार ढल्यो दक्षिणपन्थी सरकार बन्यो, ’ ओलीले भने । 

आगामी निर्वाचनबाट दुई तिहाइ मत ल्याएर सरकार बनाउने दाबी पनि ओलीले गरे ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x