×

NMB BANK
NIC ASIA

सन्दर्भ दुर्गेशको गीत

दुर्गेशको तीज गीतको चिरफार : यस्तो छ 'ख्यास्स' शब्दको खास अर्थ र यसले जनाउने भाव

साउन २४, २०७८

NTC
Premier Steels

दुर्गेश थापा फेरि विवादमा तानिएछन् । नयाँ गीत ‘ख्यास्स पुतली’का कारण थापा विवादमा तानिएका हुन् ।

Muktinath Bank

तीज पर्वका लागि भनेर उनले सार्वजनिक गरेको उक्त गीतले कला-संस्कृतिमाथि प्रहार गरेको आरोप लगाइएको रहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लोक तथा दोहोरी गीत प्रतिष्ठानले त उनलाई सार्वजनिक बाहिस्कार गर्ने निर्णय समेत गरेको भन्ने छ ।


Advertisment
Nabil box
Kumari

यस्तो सुनेपछि के रहेछ त भनी सो गीत खोज्दा “दुर्गेशको ‘ख्यास्स पुतली’ तीज गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा” भन्ने समाचार भेटियो । गीत खोजेर ३-४ पटक नै सुनें । रमाइलै लाग्यो ।

Vianet communication

कोरोनाले कोल्याप्स् हान्द्‌यो भन्नेजस्ता शब्दहरूले पदबक्रता सिद्धान्तका विद्वान कुन्तकलाई सम्झाउँछ ।

वर्तमानको महामारीमा भित्रिएको कोरोना शब्दलाई कोल्याप्ससित उनले जुन ताल मिलाएका छन्; श्रुतिमधुरको शुरूआतै त्यसैले गरेको छ ।  टिकटक बनाई बाटाबाटामा नाच्दै हिँड्नेहरू बिजुलीको पोलसित वा भित्तासित ठोक्किएर ब्युँझने अवस्थाको चित्रण पनि अत्याधुनिक नै हो ।

रकेटको यात्रालाई ३० वर्ष पहिला त्यति सहजै स्वीकार्न सकिँदैनथ्यो जति आज सकिन्छ । मितिनी तिजका कारण पोइल गएकी हैनन्, बरू विवाहलगत्तै दुर्गेशका मीतज्यू जापान गएकाले उतै हराएकाले अर्को साथी खोजेकी पो हुन् कि ? यहाँ दुर्गेशले शब्दचयनपूर्व हामीलाई सोधेनन् ।

मितिनीसित लय मिलाउन ल्याइएको ‘यत्रैसिति नि’ शब्दतिर आलोचकहरू कमैको ध्यान गएको छ, ख्यास्स र यत्रैसिति हाम्रोतिर उत्तिकै श्लील/अश्लील हुन् । यी सहजै प्रयोग हुन्छन् ।

डिभोर्स्, लिपिस्टिक पाउडर, फेसन आदि शब्दहरूको कसैले विरोध गरेन, अन्यथा यी पनि नेपाली भएनन् भनेर हल्ला हुन बेर हुन्न ।  

नारीको पालो त आएकै छ, तर १० तोलाको सिक्री अलि स्वाभाविक लाग्दैन । ३-४ तोला भन्नुपर्ने, तीजको गीतमा सुनको दाम्लै भिराइएको छ । १० तोलाको खर्चमा त हिराको नेकलेस नै आउँथ्यो, मध्यमवर्गको सोच सुनमै छ, माथि उठ्दैन ।

आलोचकहरूको गीतमा प्रयोग भएको ‘ख्यास्स’ शब्दमा धेरै आपत्ति रहेको पाइयो तर त्यो शब्द बल्ल खाइस् भन्ने अर्थमा प्रयोग गरिएको देखिन्छ । ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भन्ने अर्थका लागि  प्रयोग गरिएको हुनसक्छ ।

‘ख्यास्स पुतली’ हाम्रो गाउँघरतिर बोलिने टिपिकल शब्द नै हो । मैले प्रज्ञाको नेपाली बृहत् शब्दकोश (२०४०) पल्टाएँ; त्यसमा ख्यासख्यास, ख्यास्सजस्ता शब्दहरू अनुकरणमूल हुन् भनेर जनाइएको छ (पृ.३१४)।

तर, त्यहाँ यी शब्दहरू अश्लीलमा गनिएका छैनन् वा त्यत्तिको आलोचनायोग्य अर्थमा लिइएको छैन । ग्रामिण शब्द टिपेर गीतमा प्रयोग गरेको देखिन्छ, जुन स्वाभाविकै हो ।

यहाँ इटालीयन महाकवि दाँते एलीगियरी (१२६५ – १३२१) को De vulgari eloquentia ("On the Eloquence in the Vernacular") कृति सम्झे पनि फरक पर्दैन । त्यसले नराम्रो अर्थ लाग्दैन । प्रतिष्ठानले के र कसरी बुझ्यो, वा त्यहाँका पदाधिकारीज्यूहरूको विज्ञता नै के हो; हामीले भन्न सक्ने कुरो परेन ।

अब दुर्गेशलाई संस्थाका मानिसले हेपेका हुन् भने राम्रो कुरा भएन । हुन त एउटा कलाकार आफ्नो तवरले चल्नुपर्छ, तर संस्थाले समानताको सिद्धान्त छोड्नुहुँदैन ।

अरूहरूका सिर्जना कस्ता छन् त भन्ने कुरा तुलनीय हुन्छन्, खासगरी पदाधिकारीहरू र पूर्वपदाधिकारीहरूका !  विवाद र झमेलाले त दुर्गेशलाई अगाडि बढ्न नै सघाउँछ । अब दुर्गेश बच्चा होइनन् ।

'ह्याप्पी तिहार, चिसो बियर'  सार्वजनिक गरेर होस् या 'बीच्चबीच्च-३' मा साडी लगाएर गीत गाउँदा पनि यिनी विवादमा तानिएका थिए । 'ह्याप्पी तिहार, चिसो बियर' बोलको गीतले सामाजिक सहिष्णुता बिगारेको भन्दै प्रहरीले उनलाई पक्राउ समेत गरेको थियो । तर उनको प्रचारै भयो, घाटा गरेन होला ।

तीज गीतका नाममा शब्द शोभायमान भएनन् भन्ने संस्थाले अन्य विकृति/विसंगतितिर पनि ध्यान दिएको छ भने राम्रै हो,  न्यूनीकरण समिति पनि रहेछ; तर दुर्गेशको पछि मात्रै दौडेको हो भने आत्मसमीक्षा जरुरी छ ।  

गीतमा प्रयोग गरिएको 'ख्यास्स' शब्दले महिलाहरूमाथि व्यंग्य गरेको भन्ने चाहिँ सत्य होइन । त्यो विशुद्ध महिला दिदीबहिनीमाथि गरिएको व्यंग्य हो भन्ने त यो शब्द पहिलोचोटि सुनेकाहरूले गर्ने कुरा हो ।

 'बल्ल खाइस्' भन्ने भावको चाहिँ छ । त्यही शब्दमा आपत्ति गर्नुपर्ने छैन । गाँजा, बियरका, रक्सीका कुराहरू मात्रै गीत/संगीत होइन, तर ती पनि सामाजिक विषय हुन् ।

गीत संगीतको व्यवसाय गर्ने हेतुले मानिसले आफ्नो लोकप्रियताका लागि जे उपयुक्त देख्छ त्यही गर्ने हो । यसमा खेद जनाउनुपर्ने मैले त देखिनँ है । ख्यास्स भनेको त गाउँतिर सामान्य भाषामा नराम्रो काम गर्दैछस् झुक्केला भन्न पनि प्रयोग गरिन्थ्यो । गीतले त अहिलेको तीजमा नाच्न पाइएन, गाउन पाइएन, ख्यास्स भो भन्न खोजेको देखिन्छ । त्यसमा नराम्रो भन्न खोजेकोजस्तो देखिन्नँ ।

लोक संगीतलाई अंगाल्दा लोक संस्कृतिलाई अंगाल्नुपर्ने त हो तर, संस्कृति नै नयाँ बनाइसक्यो समयले । प्रतिष्ठानमै पदाधिकारी रहेका कलाकारहरूका दोहोरी वा अन्य एल्बमहरू हेर्ने हो भने कति त परिवारसित बसेर सुन्न पनि सकिन्छ कि सकिन्न कुन्नि ! लोकदोहोरीमा अंग्रेजी र हिन्दी भाषा नमिसाइ नहुने भइसक्यो ।

दुर्गेशलाई संस्थागत बहिस्कार वा प्रतिष्ठानको आजीवन सदस्यबाट निलम्बन गर्ने, सेवा सुविधाबाट वञ्चित गर्ने, प्रतिष्ठानको कुनै पनि कार्यक्रममा नबोलाउने, प्रतिष्ठानका कुनै पनि सदस्यले दुर्गेशसँग गीतमा सहकार्य नगर्ने, मेला–महोत्सवमा नबोलाउने गरी प्रतिष्ठानका जिल्ला शाखा एवं आयोजकलाई आग्रह गर्ने निर्णयले एकैछिन असर देखिएपनि अन्तत्वगत्वा उनी हाइलाइट नै हुनेछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x