×

NMB BANK
NIC ASIA

पेट्रोल र डिजेलमा मात्रै ५ वर्षमा बाहिरियो ६ खर्ब, वार्षिक १० प्रतिशतले बढ्दैछ खपत

साउन २९, २०७८

NTC
Premier Steels

पछिल्लो ५ आर्थिक वर्षमा पेट्रोल तथा डिजेल आयातमा मात्रै खर्बौं रकम बाहिरिएको छ । भन्सार विभागका अनुसार यो अवधिमा करीब ६ खर्ब रकम बाहिरिएको हो । 

Muktinath Bank

विद्युतीय सवारीसाधनको प्रयोगमा सरकारले बढावा दिन नसक्दा पेट्रोल तथा डिजेलका लागि खर्बौं रकम विनियोजन गर्नु परिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पछिल्ला वर्षहरूमा भने कोरोना महामारी नियन्त्रणका लागि गरिएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण पेट्रोल तथा डिजेल कम खपत भएको छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक वर्ष २०७६/७७ को अन्तिम ४ महिना (२०७६ चैतदेखि २०७७ असार) सम्म मुलुक पूर्ण बन्दाबन्दीमा थियो । 

Vianet communication

त्यतिखेर अत्यावश्यक सवारीसाधनबाहेक सार्वजनिक तथा निजी सवारीसाधन विनाअनुमति चल्न पाएनन् । 

२०७७/७८ को शुरूको केही महिना र अन्तिमका केही महिनामा पनि मुलुकमा धेरै क्षेत्रमा निषेधाज्ञा थियो । यस समयमा पनि अत्यावश्यक बाहेकका सवारीसाधन कम मात्रामा चलेका थिए ।

यद्यपि यी आर्थिक वर्षमा पनि अघिल्ला वर्षकै हाराहारीमा पेट्रोल तथा डिजेल आयात भएको देखिएको छ ।

पछिल्लो समय दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे निजी सवारीसाधनको प्रयोग बढ्दै जाँदा पनि पेट्रोल तथा डिजेल आयातको दर बढ्दै गएको हो ।

पेट्रोलमा कुन वर्ष कति रकम बाहिरियो ? 

भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो ५ आर्थिक वर्षमा पेट्रोल आयात गर्दा राज्यबाट एक खर्ब ४४ अर्ब ३२ करोड चार लाख ८४ हजार रूपैयाँ रकम बाहिरिएको हो । 

आर्थिक वर्ष २०७७/७८ मा ५ लाख ९१ हजार किलोलिटर पेट्रोल आयात भएको छ । सो परिमाणमा पेट्रोल आयात गर्दा ३२ अर्ब ४४ करोड ३३ लाख ५६ हजार रूपैयाँ बाहिरिएको विभागले जनाएको छ । 

कोरोना महामारीका कारण अर्थतन्त्र ठप्प हुँदा सवारीसाधन आयात कम भएको र यसको प्रयोग पनि कम भएकाले पेट्रोल आयात कम भएको नेपाल आयल निगमले बताएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मा ५ लाख १२ हजार ७१२ किलोलिटर पेट्रोल आयात भएको छ । 

सो परिणामको पेट्रोल आयात हुँदा यस आर्थिक वर्षमा २८ अर्ब ३६ करोड ५७ लाख ९८ हजार रूपैयाँ बाहिरिएको तथ्यांकले देखाएको छ । 

२०७५/७६ मा मुलुकमा ५ लाख ६७ हजार २८८ किलोलिटर पेट्रोल आयात भएको छ । यस आर्थिक वर्षमा ३५ अर्ब ५४ करोड ८९ लाख ३४ हजार रूपैयाँको पेट्रोल आयात भएको छ । 

आर्थिक वर्ष २०७४/७५ मा ४ लाख ८५ हजार ३३९ किलोलिटर पेट्रोल आयात भएको छ । 

सो परिणामको पेट्रोल आयात हुँदा राज्यबाट २८ अर्ब एक करोड एक लाख ७७ हजार रूपैयाँ बाहिरिएको पाइएको छ ।

यस्तै आर्थिक वर्ष २०७३/७४ मा चार लाख ४ हजार ८३ किलोलिटर पेट्रोल आयात भएको छ । सो परिमाणको पेट्रोल आयात हुँदा १९ अर्ब ९५ करोड २२ लाख १९ हजार रूपैयाँ बाहिरिएको विभागले जनाएको छ ।

५ वर्षमा साढे चार खर्बको डिजेल आयात 

पेट्रोलमा ५ वर्षमा झण्डै साढे एक खर्ब रूपैयाँ बाहिरिँदा डिजेल आयातमा साढे ४ खर्ब रूपैयाँ बाहिरिएको छ । 

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ देखि २०७७/७८ सम्ममा चार खर्ब ६२ अर्ब सात करोड ६० लाख ६२ हजार रूपैयाँ बराबरको डिजेल आयात भएको छ । 

विभागका अनुसार २०७७/७८ मा ९१ अर्ब ९४ करोड ८१ लाख ९२ हजार रूपैयाँ बराबरको डिजेल आयात भएको छ । यस्तै ‘लाइट’ डिजेल आयल ४५ लाख ७९ हजार रूपैयाँ बराबरको आयात भएको छ ।

आव २०७६/७७ मा ८७ अर्ब ३७ करोड ९८ लाख ७० हजार रूपैयाँको डिजेल आयात भएको छ भने ५८ लाख रूपैयाँको ‘लाइट’ डिजेल आयात भएको छ ।  

पछिल्लो ५ वर्षमा सबैभन्दा बढी डिजेल आव २०७५/७६ मा आयात भएको छ । विभागका अनुसार यस आर्थिक वर्षमा एक खर्ब १९ अर्ब ८८ करोड ८४ लाख ८३ हजार रूपैयाँको डिजेल आयात भएको छ ।  

२०७४/७५ मा ९६ अर्ब ७३ करोड १३ लाख ९० हजार रुपैयाँको डिजेल आयात भएको छ भने आर्थिक वर्ष २०७३/७४ मा ६६ अर्ब १२ करोड ३४ लाख ६४ हजार रूपैयाँको डिजेल आयात भएको छ ।

वार्षिक १० प्रतिशतले खपत बढ्दै 

पछिल्लो समय मुलुकमा सवारीसाधनको समेत आयात बढ्दै जाँदा पेट्रोल तथा डिजेलको खपत बढ्दै गएको छ । 

नेपाल आयल निगमका अनुसार वार्षिक १० प्रतिशतले पेट्रोलको खपत बढिरहेको छ भने डिजेलको वार्षिक करीब ७ प्रतिशतले खपत बढिरहेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले लोकान्तरलाई जानकारी दिए । 

ग्रामीण तथा शहरी क्षेत्रमा गाडी तथा दुई पाङ्ग्रे सवारीसाधनको प्रयोग बढ्दै जाँदा पेट्रोल तथा डिजेलको खपत बढेको उनले बताए । 

उनले भने, ‘पछिल्लो समय आर्थिक गतिविधि पनि बढ्दै गइरहेको छ, त्यसकारण यातायातका अन्य साधन, विकास निर्माण तथा औद्योगिक क्षेत्रमा डिजेलको खपत बढेको देखिन्छ ।’  

प्रवक्ता उपाध्यायका अनुसार अहिले सामान्य अवस्थामा दैनिक दुई हजार ५०० किलोलिटर पेट्रोल खपत भइरहेको छ । महिनामा करीब ६० हजार किलोलिटर पेट्रोल खपत भइरहेको उनले बताए । 

यस्तै डिजेलमा सामान्य अवस्थामा वर्षायाममा करीब एक लाख ४० हजार किलोलिटर खपत भइरहेको छ । 

भदौपछि विस्तारै यो मात्रा बढ्दै जाने उनले बताए ।  उनका अनुसार सरदरमा एक महिनामा एक लाख ५० हजार किलोलिटर डिजेल खपत भइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x