×

NMB BANK
NIC ASIA

जनताबाट लुटेको ४० करोड भिबोर बैंकले अझै फिर्ता गरेन

कात्तिक २०, २०७४

NTC
Premier Steels

काठमाडौं, ३० जेठ — पाँचवर्षअघि ६ वटा सहकारी र एकसयभन्दा बढी सर्वसाधारणले जम्मा गरेको बचत अपचलन गरेर ‘बदनाम’ भएको भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले अझै पनि सो रकम फिर्ता नगरेको पाइएको छ ।

२०६९ साल मंसिर २२ गते तत्कालीन एच एण्ड बी बैंकले आफ्नो सफ्टवेर उडेको नाटक गरेर सर्बसाधारणको एक अर्ब पाँच करोड रुपैयाँ अपचलन गरेको थियो ।

हाल उक्त बैंक भिबोर सोसाइटीमा परिणत भएको छ । सर्बसाधारणको पैसा फिर्ता नगर्नको लागि अनेक हत्कण्डा अपनाएको भिबोरलाई पुनरावेदन अदालत पाटनको बाणिज्य इजलासले सर्बसाधारणको रकम फिर्ता गर्न आदेश दिएको थियो ।

बैंकले कुलेश्वर शाखा प्रमुखले बदमासी गरेको कारणले आफूहरुले रकम फिर्ता गर्न नसक्ने बताएपनि अदालतले शाखा प्रमुखलाई बचतकर्ताले नचिन्ने भएकोले बैंकले नै रकम फिर्ता गर्नुपर्ने आदेश दिएको थियो ।

पीडितहरुले एच एण्ड बीले जारी गरेका गुड फर पेमेन्ट्स चेकको आधारमा रकम दाबी गरिररहेका छन् ।

सोही आदेशलाई सँगै राखेर पीडितहरुले राष्ट्र बैंकमा निवेदन दिएका थिए । राष्ट्र बैंकले गत जेठ दुई गते तुरुन्त रकम फिर्ता गर्नु भनेर भिबोरलाई निर्देशन दिएको भएपनि भिबोरले अहिले सम्म सर्वसाधारणको रकम फिर्ता गरेको छैन ।

अदालतको आदेश आउनुभन्दा अघि पीडितहरु संगठित भएर आन्दोलन गरेपछि भिबोरले ६० प्रतिशत रकम फिर्ता गरेको छ । पीडितहरुले आफूहरुले ६० प्रतिशत मात्रै रकम पाएको बताएका छन् भने भिबोरका अधिकारीहरुले चाहिँ आफूहरुको तर्फबाट उक्त ‘केस’ टुंगिएको बताएका छन् ।

तर अझैपनि ४० प्रतिशत बराबरको झण्डै ४० करोड साँबा र ब्याज फिर्ता हुन बाँकी रहेको नयाँ पाटी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष प्रदीप नेपालले बताए ।

अदालतको आदेश र केन्द्र बैंकको निर्देशन पछि पनि भिबोरले सर्बसाधारणको ४० करोड रुपैयाँ फिर्ता गरेको छैन ।
‘एच एण्ड बी ले हामीलाई गुड फर पेमेन्टको चेक दिएको थियो,’ नेपालले लोकान्तरसँग भने, ‘पछि सबै रकम अपचलन गरेर सर्बसाधारणलाई लुट्ने काम भयो ।’ उनका अनुसार ६ वटा सहकारी र झण्डै एक सय जना व्यक्तिगत निक्षेपकर्तालाई ‘गुड फर पेमेन्ट चेक’ दिएर एच एण्ड बीले रकम लुटेको छ ।

उनका अनुसार नयाँ पाटी सहकारीको ४ करोड मध्ये एक करोड ६० लाख र त्यसको साँबा फिर्ता हुन बाँकी रहेको छ । रकम फिर्ताको माग गर्दै भिबोर पुग्ने सर्बसाधारणलाई बैंकले आफूहरु प्रक्रियामै रहेको भन्दै आलटाल गर्ने कोशिश गरिरहेको छ ।

सोही बैंकमा ५८ लाख ४० हजार फसाएका काठमाडौंका कमल रेग्मीले अदालतको आदेश र केन्द्र बैंकको निर्देशन पछि पनि भिबोरले पैसा फिर्ता गर्न आलटाल गरिरहेको बताए ।

‘एक करोड ४६ लाख मध्ये ५८ लाख अझै फिर्ता हुन बाँकी छ,’ रेग्मीले भने, ‘बैंकले हामीलाई झुलाउने काम मात्रै गरेको छ ।’ अदालतले पीडितको पक्षमा आदेश दिएको भएपनि बैंकले अदालतको आदेश समेत लत्याइरहेको छ ।
अहिले उक्त बैंकको बोर्डमा नामी व्यापारी रुप ज्योति पनि छन् । ज्योतिले समेत रकम फिर्ताको कुरा लिएर बैंकमा जाँदा अनेक बाहाना बनाउने पीडितहरुले बताए ।

तत्कालिन एच एण्ड बी बैंक सञ्चालक र कर्मचारीहरुकै लापरबाहीको कारणले डुबेको थियो । बैंकले एक करोडको जग्गालाई चार करोड सम्म भ्यालुएयसन गरेको घटना समेत चर्चामा छ । बैंकले सर्बसाधारणको पैसा उठाएर लुट मच्याएपछि राष्ट्र बैंकले समेत हस्तक्षेप गरेको थियो ।

टेलिफोनमा उपलब्ध भिबोर सोसाइटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) झलक प्रसाद खनालले यो विषय गम्भीर प्रकृतिको भएको भन्दै प्रतिक्रिया दिन चाहेनन् ।

भिबोरका सूचना अधिकारी तिलकप्रसाद पाण्डेले बैंकको तर्फबाट उक्त बिषय टुंगिएको बताए । अब बैंकले पीडितहरुलाई पैसा दिन बाँकी नरहेको दाबी समेत उनले गरे ।

‘हाम्रो तर्फबाट यो विषय टुंगिएको छ, पुनरावेदन अदालतको आदेश विरुद्धमा सर्वोच्चमा मुद्दा चलिरहेको छ,’ उनले लोकान्तरसँग भने, ‘अदालतमा मुद्दा चलिरहेको विषयमा हामी बोल्न मिल्दैन ।’

रकमका विषयमा बैंकले सर्वोच्चबाट मुद्दा किनारा नलाग्दा सम्म पर्ख र हेरको अवस्थामा बस्ने संकेत देखाएको छ ।
अदालतको आदेश आउनुपूर्व नै पीडितहरुसँग गरिएको सम्झौता अनुसार रकम प्रदान गरिसकिएको बैंकले दावी गरेको छ । सम्झौतामा ४० प्रतिशत रकम पीडितले बेहोर्ने सम्झौता भएको दाबी बैंकले गरेको छ । तर रकमको सबै दायित्व बैंकलाईनै हुने अदालतको आदेशमा उल्लेख गरिएको छ ।

यो विषयमा भिबोरले सोमवार एउटा प्रेस विज्ञप्ति जारी गरेर बैंकले आफ्नो दायित्व भुक्तानी गरेको समेत दाबी गरेको छ । एच एण्ड बीको कुलेश्वर शाखालाई प्रयोग गरेर गुड फर पेमेन्ट चेक जारी भएको दाबी बैंकले गरेको छ ।
बैंकले पुनरावेदन अदालतकै विरुद्धमा सिआइबी सर्वोच्चमा गएकोले आफूहरु यो विषयमा थप बोल्न नमिल्ने बताएको छ ।

तर बैंकले आफूले दाबी गरे अनुसारको विगो प्रतिबादीहरुबाट प्राप्त भएपछि कबुलियतीनामा अनुसारको रकम फिर्ता गर्ने बताएको छ । ६० प्रतिशत रकम बुझाउने बेलामा बैंकले पीडितहरुलाई डुबाउनेहरुसँगबाट पैसा उठाएपछि बाँकी रकम दिने आश्वासन दिएको थियो ।

एच एण्ड बी बैंकको कुलेश्वर शाखाबाट त्यो बेला रकम अपचलन भएको थियो । बैंकले कुलेश्वर शाखा प्रमुखले रकम अपचलान गरेको बताएको छ । शाखा प्रमुख निरज नेपाल उक्त काण्डको सजायँ स्वरुप ९ बर्षको लागि नख्खु जेलमा छन् ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x