×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सभा : सभामुखले पत्र पढिरहे, एमाले सांसदले टेबुल ठोकिरहे

भदौ १, २०७८

NTC
Premier Steels

नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ । 

Muktinath Bank

सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ । 


Advertisment
Nabil box
Kumari

एमालेले दुई जना सांसदलाई निष्कासन गर्न माग गर्दै बैठक अवरुद्ध गरिएको प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए । शुरूमै एमाले सचेतक ढकालले शाही र वलीलाई पदमुक्त नहुँदासम्म बैठक चल्न नसक्ने बताए । 

Vianet communication

उता सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख अमिक शेरचनबाट आएको पत्र पढेर सुनाइरहे । एमाले सांसदहरू भने उठेर टेबल बजाइरहेका थिए । 

अवरोधका बीच सभामुख घर्तीले प्रदेश प्रमुखबाट प्राप्त भएको प्रदेशसभाको अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै मन्त्रिपरिषद् गठन र कार्यविभाजनसम्बन्धी पनि पढेर सुनाएका थिए । 

सभामुखले पत्र पढिसकेपछि पनि एमाले सांसदले उठेर बैठक चल्न नदिएपछि बैठक स्थगित भएको हो । प्रदेशको नवौं अधिवेशनको दोस्रो बैठक बुधवारसम्मका लागि स्थगित भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x