×

एमाले विवाद

पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुग्यौं, भोलि ओलीसँग पनि सहकार्य हुनसक्छ : माधव नेपाल

भदौ १, २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीका कारण आफूहरू पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेको बताएका छन् ।

नयाँ पार्टी खोले पनि भोलिको दिनमा केपी ओलीले सबै गल्ती स्वीकार गरेमा उनीसँग एकता या सहकार्य पनि हुनसक्ने उनले बताए । 


Advertisment

आफूनिकट जनवर्गीय संगठनलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै नेता नेपालले पुनर्गठन गर्ने पार्टीले सहकार्य गरे पनि तत्काल अन्य पार्टीसँग एकता नहुने बताएका हुन् ।


Advertisment

‘पार्टी पुनर्गठन गर्नुपर्ने अवस्थामा पुगेका छौं, फेरि आन्दोलनको झण्डा बुलन्द गरिने छ । नेपाली जनताको प्यारो शक्तिको रूपमा अगाडि बढाउने छौं । अहिलेसम्मका पार्टीसँग एकताको सम्भावना छैन, सहकार्य गर्नेछौं,’ नेपालले भने, ‘कारवाहीबाट विचलित हुने छैनौं । नयाँ पार्टी खोले पनि केपी ओलीले विगतमा सबै गल्ती स्वीकार गरे भने अहिले पनि, भोलि पनि, ३ महिनापछि पनि एकता होला, चुनावमा सँगै लड्न सकिएला ।’ 

नेता नेपालले भने, ‘प्रकाश ज्वालालाई निकाल्ने र २०३ सदस्यको केन्द्रीय सदस्य संख्या बढाएर २६० बनाउनुभयो भन्ने सुनें । साँचो हो कि झूटो हो ? माधव नेपाल र रामकुमारी लगायत १४ जनालाई पदमुक्त गर्नुभएको छ रे !’ नेपालले भने, ‘हामी गम्भीर अवस्थामा उभिएका छौं । केहीबेरअघि केन्द्रीय सदस्यको भेला गरेका थियौं, उहाँहरूले पार्टीलाई विभाजनबाट जोगाउने गर्नुस् भने, त्यसअनुसार घनश्याम भुसाल आएर एकताको अन्तिम प्रयत्न गर्नुस् भने तर ओली सहमत हुनुभएन ।’

ओलीले आजसम्म गरेका सबै निर्णय फिर्ता लिने र पहिले दिएका वचन पूरा गरेमा एकता हुन्छ भनेर भुसाललाई पठाएको नेपालले बताए । 

‘केपी ओलीले उहाँको पार्टीभित्र माधव लगायतको लागि ढोका बन्द भइसकेको छ, गद्दार र देशद्रोही भन्नुभएको छ । विभाजन उहाँले गर्ने, दोष हामीलाई दिने काम गर्नुभएको छ,’ नेता नेपालले भने । 

नेता नेपालले ओलीले गरेका कामका कारण राजावादीहरू उत्साही भएको आरोप लगाए । ‘राजतन्त्र पुनःस्थापना हुने खतरा बढेर गएको छ, धर्मनिरपेक्षताको नीति धर्मराउन थालेको छ । संघीयता विरोधी आवाज उहाँ नजिकका व्यक्तिले उठाइरहेका छन्,’ नेपालले भने । 

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x