×

NMB BANK
NIC ASIA

कोरोना संकट

दयनीय अवस्थामा पाँचतारे होटल : सञ्चालन खर्च नै उठ्दैन, सामान जोगाउन मात्रै सञ्चालन !

भदौ ८, २०७८

NTC
Premier Steels

कोरोना महामारीका कारण विश्वभर जस्तै नेपालमा पनि पर्यटन तथा हस्पिटालिटी व्यवसाय नराम्ररी प्रभावित भएको छ । नियमित सञ्चालन भइरहेका ठूला होटलहरू लामो समयदेखि सुनसान जस्तै छन् ।

Muktinath Bank

नेपालमा २०७६ फागुनमा मात्रै कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएपनि अन्य मुलुकहरूमा २०७६ पुसदेखि नै संक्रमण फैलिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण फैलिएसँगै अन्तर्राष्ट्रिय मुलुकबाट नेपाल घुम्न आउने पर्यटकको संख्यामा गिरावट आउन थाल्यो । फागुनसम्ममा आइपुग्दा पर्यटकहरू आउनै छाडेका थिए भने नेपाल सरकारले पनि चैत ११ गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द गर्नुका साथै मुलुकमा पूर्ण बन्दाबन्दी कायम गरेको थियो । 


Advertisment
Nabil box
Kumari

त्यसपछि आज पर्यन्त नेपालको होटल तथा पर्यटन व्यवसाय ठप्पप्रायः छ । 

Vianet communication

अहिले निषेधाज्ञा कम हुँदै जाँदा विस्तारै होटल तथा पर्यटन क्षेत्रमा चहलपहल देखिएका छन् । यद्यपि नेपालमा सञ्चालित ५ तारे होटलहरूलाई सञ्चालन खर्च उठाउनै धौधौ देखिएको छ । 

यहाँ केही पाँचतारे होटलहरूको वर्तमान अवस्थाबारे चर्चा गर्दैछौं ।

होटल याक एन्ड यति 

काठमाडौंंको दरबारमार्गमा रहेको ५ तारे होटल हो, याक एण्ड यति । 

सामान्य अवस्थामा निकै व्यस्त रहने यस होटल कोरोना महामारीका कारण अहिले दयनीय अवस्थामा छ । 

कोरोना महामारीको समयमा मासिक करीब १३ करोड रुपैयाँसम्म घाटा भएको होटलका कर्मचारीहरू नै बताउँछन् ।

विगतमा दैनिक ५ देखि ७ वटासम्म विशेष कार्यक्रम भइरहने सो होटलमा अहिले मुस्किलले १/२ वटा कार्यक्रम हुन्छ । विगतमा हजारौँको उपस्थिति रहने कार्यक्रमहरू अहिले २५ जनामा सीमित भएको छ । 

‘अहिले केही कर्पोरेट प्रोगामबाहेक अन्य कारोवार छैन, गेस्टहरू पनि छैनन्,’ एक उच्च पदस्थ कर्मचारीले लोकान्तरसँग भने, ‘होटलको अवस्था दयनीय छ ।’

ती कर्मचारीका अनुसार अहिले होटलमा करीब ५ प्रतिशतमात्रै कारोवार भइरहेको छ । 

विगतमा अधिकांश समय ७० देखि ८० प्रतिशतसम्म ग्राहक तथा पर्यटक आउने होटलमा अहिले मुस्किलले ४ प्रतिशत आउने ती कर्मचारीको भनाइ छ । 

होटल र्‍याडिसन 

५ तारे होटलमा सूचीकृत होटल र्‍याडिसनको अवस्था पनि उस्तै छ । २ वटा भवन रहेको यस होटलको एक भवन त बन्द नै छ । बाँकी एक भवन मात्रै अहिले सञ्चालनमा आएको छ, जसमा पनि ग्राहक छैनन् । 

कोरोनाको समयमा करीब ९० प्रतिशत घाटा भएको होटलको प्रारम्भिक अनुमान छ । 

होटलका उच्च पदस्थ कर्मचारी भन्छन्, ‘अहिले करोडौंको घाटा भएको छ, मोटामोटी भन्नुपर्दा ९० प्रतिशतभन्दा बढीको घाटा छ ।’

आन्तरिक पर्यटन प्रबर्द्धनका लागि केही प्याकेजहरू ल्याइरहेको होटलका कर्मचारी बताउँछन् । 

अहिले होटल सञ्चालनमा ल्याइए पनि सञ्चालन खर्च नै नउठ्ने ती कर्मचारी सुनाउँछन् । 

‘लकडाउन खुलेपछि होटल सञ्चालनमा आयो, यससँगै निकै न्यून मात्रामा प्रोगामहरू आएका छन् । कहिलेकाहीँ हप्तामा एक दिनमात्रै यस्तो कार्यक्रम आउँछ, कहिले दिनमा एउटा आएको हुन्छ ।

कहिलेकाहीँ दिनको २–३ वटा पनि हुन्छ । तर न्यून संख्यामा मात्र गेस्टहरू ल्याइरहेका छौँ । यसले सञ्चालन खर्च नै धान्दैन,’ ती कर्मचारीले भने ।

होटल हायात

कोरोना महामारीका कारण अन्य होटलहरू जस्तै होटल हायातको अवस्था पनि उस्तै छ । 

विगतमा दैनिक हजारदेखि १ हजार ५ सय जनासम्म ग्राहक हुने त्यस होटलमा अहिले निकै न्यून मात्रै ग्राहक पुग्छन् । 

कहिले एयरलाइन्सका क्रु मेम्बर त कहिले व्यवसायीहरू मात्रै त्यहाँ जाने गरेको होटल हायातका एक कर्मचारीले लोकान्तरलाई बताए । 

ती कर्मचारीले भने, ‘अहिले होटलको अवस्था निकै दयनीय छ, कठीन छ । कतिपय लोकल प्याकेजहरूका कारण कारोवार त भइरहेको छ, तर निकै न्यून ।’

२ सय ८० कोठा रहेको सो होटलमा अहिले दैनिक मुस्किलले २० कोठा मात्रै बूक हुने गरेको ती कर्मचारी बताउँछन् । 

‘कोरोना आउनुपूर्व २०–२२ कोठा त कर्पोरेट कम्पनीहरूले नै लिन्थे,’ ती कर्मचारीले सुनाए ।  

उनका अनुसार अहिले शुक्रवार राति बस्नका लागि केही ग्राहकहरू जाने गरेका छन् । तर उनीहरूले पनि खासै खर्च नगर्ने वा खर्च गर्ने मूड नहुने अवस्था छ । 

ती कर्मचारी भन्छन्, ‘केही गेस्ट आइरहेपनि अहिले सञ्चालन खर्च पनि उठ्ने अवस्था छैन ।’  

सोल्टी होटल

सोल्टी होटलको पनि अवस्था उस्तै छ ।

२०७७ असार मसान्तसम्ममा मात्रै कोरोना कारण यस होटलले १८ करोडभन्दा बढी घाटा बेहोरेको छ ।

अहिले मासिक रुपमा प्रत्येक महिना ३० लाखसम्म घाटा व्यहोरिरहेको भाइस प्रेसिडेन्ट सुदर्शन चापागाईं बताउँछन् । 

सोल्टी होटलमा जम्मा २ सय ८२ कोठा छन्, जसमध्ये अहिले दिनको १५ देखि २० वटा कोठामात्रै बूक भइरहेको उनको भनाइ छ । 

उनी भन्छन्, ‘यसले हाम्रो सञ्चालन खर्च पनि उठ्दैन । यस्तो अवस्थामा माथि उठ्न गाह्रो छ ।’ 

अहिले होटलमा ससाना कार्यक्रमका लागि कोठा बूक भइरहेको उनले सुनाए । चापागाईंले भने,‘ कुनै–कुनै दिनमा ५० देखि सय जनासम्म गेस्ट आउलान्, तर त्यसले अर्थ राख्दैन, खर्च मात्रै बढ्छ ।’

होटल सोल्टीमा करीब साढे ४ सयभन्दा बढी जनशक्तिले रोजगार पाएका छन् । जसमध्ये करीब २ सय २० कर्मचारीले रोजगारी गुमाएका छन् । 

‘बाध्यताले मात्रै चलिरहेका छन् होटल’  

पर्यटकीय होटलहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान)ले अहिले बाध्यताले मात्रै होटलहरू सञ्चालन भइरहेको जनाएको छ ।

हानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) टेक महतले अहिले होटल सञ्चालन नगरे सामानहरू बिग्रिने अवस्थामा पुगेको सुनाउँदै बाध्यताले खुलिरहेको बताए । 

होटलहरू अहिले सरदर ४ प्रतिशतमात्रै सञ्चालनमा रहेको सुनाउँदै उनले भने, ‘सञ्चालन खर्च धान्न सक्ने अवस्था पनि छैन । अपरेशन कस्ट पुग्न कम्तिमा ४० प्रतिशतको अकुपेन्सी हुनुपर्छ । अहिले ४ प्रतिशतमात्रै छ ।’

उनले अहिले प्रायः होटलहरू कोरोनाका कारण ९० देखि ९५ प्रतिशत घाटामा रहेको सुनाए । 

उनले भने, ‘कुनै होटलको २०२१ मा एक सय करोडको हाराहारीमा बिजनेस हुन्थ्यो भने यो पिरियडमा करीब ९० देखि ९५ करोड लसमा छ, खाली ५ देखि १० करोडमात्रै बिजनेस भइरहेको छ ।’

अहिले होटलहरू सञ्चालन गर्न पाए हुन्थ्यो भन्ने सञ्चालकहरूको आशय रहेको र सरकारले के गर्ला भन्ने पनि चासो रहेको उनले सुनाए । 

उनले होटल खुल्नेबित्तिकै पर्यटक आउने स्थिति नदेखिएको भन्दै यसले पनि केही द्विविधा उत्पन्न भएको पाइएको बताए । 

अहिले फाइदा लिनका लागि नभई केही बाध्यता र केही सकारात्मक सन्देश दिनका लागि होटलहरू  सञ्चालनमा आएको उनको बुझाइ छ । 

उनले भने, ‘अहिले होटल सञ्चालन गरियो भने भोलि पर्यटकहरूमा पनि एक किसिमको ऊर्जा आउन सक्छ, त्यसकारण सकारात्मक सन्देशका लागि पनि अहिले होटल सञ्चालनमा ल्याइएको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x