×

NMB BANK
NIC ASIA

महाधिवेशनतर्फ कांग्रेस

कांग्रेसमा अधिवेशनको चटारो: मोरङको नेतृत्व हत्याउन दौडधुप, देउवाका सभापति पौडेल पक्षमा

भदौ १८, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको १४औँ महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको दौडधुप तीव्र बनेको छ । केन्द्रदेखि प्रदेश हुँदै जिल्ला र वडा तहसम्म नेतृत्वका आकांक्षीहरूले दौडधुप बढाएका हुन् ।

Muktinath Bank

कांग्रेसको उर्बरभूमि मानिएको मोरङमा जिल्ला नेतृत्व हत्याउनका लागि नेताहरू बालुवाटारदेखि पार्टीका क्रियाशील सदस्यको घरदैलोसम्म धाउन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेस मोरङको सभापतिका लागि मात्रै आधादर्जन भन्दा धेरै आकांक्षीहरू देखिएका छन् । 


Advertisment
Nabil box
Kumari

डिकबहादुर लिम्बू, दिलिप गच्छदार, नागेश कोइराला, रमेशजंग रायमाझी, मानबहादुर लिम्बू, यदु विष्ट, मदन संग्रौला, मोदराज घिमिरे, निरञ्जन रिजाललगायत नेताहरूको नाम चर्चामा रहेको छ । 

Vianet communication

१३ औँ अधिवेशनमा देउवा प्यानलबाट जिल्ला सभापतिमा जितेका डिकबहादुर लिम्बू यसपटक भने शेखर कोइराला प्यानलबाट उठ्ने तयारीमा छन् ।

हाल जिल्ला सचिव रहेका नागेश कोइराला, संगठन विभाग प्रमुख मानबहादुर लिम्बू, ६ नम्बर क्षेत्रीय सभापति निरञ्जन रिजाल विशेष गरी नेता डा. शेखर कोइरालानिकट मानिएका छन् । अर्कातर्फ रमेशजंग रायमाझी र दिलिप गच्छदार शेरबहादुर देउवानिकट मानिएका छन् । 

यदु विष्टलाई गुरुराज घिमिरे, मोदराज घिमिरेलाई मिनेन्द्र रिजाल र मदन संग्रौलालाई कृष्णप्रसाद सिटौलासँग नजिक मानिन्छ ।

धेरै जनाको नाम आएपनि संस्थापन पक्ष र कोइराला पक्ष भएर चुनावी मैदानमा जाने निश्चित रहेको जिल्लास्तरका एक नेताले बताए ।

उनले भने, ‘सभापति लड्ने प्रचार गरेर जिल्ला सदस्य मात्रै लिने साथीहरू पनि हुनुहुन्छ ।’ 

१३ औँ अधिवेशनमा देउवा पक्षबाट सभापति भएका डिकबहादुर लिम्बू यसपटक भने कोइराला प्यानलमा आएका छन् । लिम्बू कोइराला प्यानलमा आएपछि कोइराला पक्षका नेतालाई सभापतिको उम्मेदवार छान्न मुस्किल परेको छ ।

देउवा पक्षबाट भने उम्मेदवारको टुंगो लागिसकेको देउवा निकटका नेताहरू बताउँछन् । दिलिप गच्छदार र रमेशजंग रायमाझीमध्ये दिलिप नै दर्बिलो उम्मेदवार भएको एक नेताले बताए ।

दिलिप कार्यकर्ताको घरमा दौडिरहेका छन् । उनी यसअघि पार्टीको जिल्ला उपसभापति र  श्रम राज्यमन्त्री समेत भइसकेका हुन् । रायमाझी राष्ट्रिय सभा सदस्य हुन् । 

डिकबहादुरले भने प्रदेशको सभापतिमा समेत बल गरिरहेका छन । प्रदेशको राजधानी भएको नाताले प्रदेश सभापति उम्मेदवारी स्वभाविकै नै हुने उनी बताउँछन् ।

लिम्बूले आदिवासी जनजाति कोटाबाट केन्द्रीय सदस्य समावेशी सह–महामन्त्री लागयतका पदमा समेत च्याँखे थाप्ने संकेत गरेका छन् ।

सभापति लिम्बू प्रजातान्त्रिक कांग्रेस छँदा जिल्ला सभापति रहेका थिए । 

उनी रामचन्द्र पौडेल (विशेष गरी कोइराला परिवार) पक्षमा आउनुमा नोबेल मेडिकल कलेज सञ्चालक तथा मोरङ ३ को चुनावमा पराजित उम्मेदवार सुनिल शर्माको हात रहेको बताइन्छ ।

शर्माले गाडी समेत किनिदिएको चर्चा कांग्रेस वृत्तमा छ ।

शर्माले मोरङ क्षेत्र नम्बर ३ का महासमिति सदस्य समेत रहेका महेन्द्र सुवेदीलाई पनि गाडी किनिदिएको चर्चा छ । उनी पनि पौडेल पक्षमा लागेका छन् ।

शर्मा कोइराला परिवारका विश्वास पात्र मानिन्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x