माधव नेपालसहित १४ सांसदविरुद्ध एमालेले दायर गरेको रिट ‘हेर्न नभ्याइने’

नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदलाई गरेको कारवाही सदर हुनुपर्ने मागदाबी गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट ‘हेर्न नभ्याइने’ भएको छ ।


Advertisement

न्यायाधीशहरू दीपक कार्की र मीरा खड्काको संयुक्त इजलासमा पेशी तोकिएको रिट सोमवार हेर्न नभ्याइने भएको हो ।


Advertisement

पार्टीले कारवाही गरेका १४ सांसदलाई पदमुक्त नगरिएको भन्दै एमालेले सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन आयोगलाई समेत विपक्षी बनाएर सर्वाेच्चमा रिट दायर गरेको छ ।

एमालेले कारवाही गरेका १४ सांसदले नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गरिसकेका छन् ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्