मंसिर ६, २०८०
सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ । १० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसह...
कुनै सामान्य व्यक्तिले आफन्त नातेदार तथा परिचितहरूको सामूहिक रूपमा हत्या गर्नुका पछाडि मानसिक असन्तुलन (डिप्रेसन) मुख्य कारण देखिएको छ ।
सात प्रदेशमा भएका २५ वटा सामूहिक हत्या घटनामा संलग्न अधिकांश अभियुक्तमा डिप्रेसनको समस्या मुख्य कारण देखिएको नेपाल प्रहरीले जनाएको हो । नेपालमा एक व्यक्तिबाट छ जनासम्मको हत्या भएको छ ।
नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७५/०७६ देखि २०७८/०७९ सम्म करिब चार वर्षको अवधिमा सामूहिक हत्याका २५ वटा घटना दर्ता भएका छन् । ती घटनामा ११ बालक, पाँच बालिका, २५ महिला र २७ पुरुष गरी ६८ जनाले ज्यान गुमाएका छन् ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार डिप्रेसनपछि सामाजिक विभेद र पारिवारिक दुव्र्यवहार अर्को कारण हुन् । आर्थिक विचलन, अवैध यौन सम्बन्ध र लागूऔषधका कारण पनि समाजमा यस्ता घटना हुने गरेका छन् ।
“सुन्दा पनि जोकोहीको आङ सिरिङ हुन्छ, डरले शरीर लगलग काप्छ”, उनले भने, “कतिपय अभियुक्त घटना गराइसके पनि पक्राउ नपरुन्जेल निर्धक्क भएर हत्या घटनास्थल वरिपरि नै घुमिरहेका हुन्छन् ।”
डिप्रेसन पीडितबाट आफन्त तथा परिचित व्यक्तिको सामूहिक हत्या घटना नेपाली समाजमा चुनौतीपूर्ण समस्याका रूपमा देखिएको छ । यसको ज्वलन्त उदाहरण सङ्खुवासभा मादी नगरपालिका–१, उम्लिङ खोलागाउँमा एकै परिवारका छ सदस्यको हत्या घटना पनि हो ।
हजुरआमा नाता पर्ने ८४ वर्षीया पार्वती कार्की, ठूलोबुवा ५२ वर्षीय तेजबहादुर कार्की, ठूलीआमा ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दिपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको हत्या भएको छ ।
सो हत्या घटनामा संलग्न अभियुक्त २६ वर्षीय लोकबहादुर कार्कीले ठूलाबा तेजबहादुरले ‘तल्लो स्तरको शब्द प्रयोग गरी गालीगलौच गर्ने भएकाले व्यक्तिगत रिसइबीका’ कारण हत्या गरेको प्रहरीसँगको बयानमा स्वीकारेका हुन् ।
हत्या घटनाको मुख्य कारण ‘व्यक्तिगत रिसइबी’ देखाए पनि अभियुक्त कार्की डिप्रेसन पीडित भएको भनाइ प्रहरीको छ । उनी डिप्रेसनको औषधिसमेत सेवन गर्दै आएका थिए । करिब डेढ वर्षअघि पाँचथरको मिल्काजुङ आरुबोटेमा पनि यस्तै घटना भएको थियो ।
उक्त घटनाका मुख्य दोषी मानवबहादुर माखिम पनि डिप्रेसनका बिरामी भएको प्रहरीको अनुसन्धानले देखाएको हो । पाटन अस्पतालका मनोचिकित्सक डा. अनन्त अधिकारी डिप्रेसन नियमित रूपमा औषधि सेवन गर्दा निको हुने रोग हो तर खाने र छोड्ने गर्दा सुधार नआउने बताउँछन्।
प्रहरी प्रधान कार्यालयको एक तथ्याङ्कले पाँच वर्षको अवधिमा प्रदेश १ मा तीन, प्रदेश २ मा तीन, बागमतीमा चार, लुम्बिनीमा दुई, कर्णालीमा पाँच र सुदूरपश्चिम छवटा सामूहिक हत्या घटना भएको देखाएको छ ।
ती घटनामा पारिवारिक विवाद, यौन तृष्णा, डिप्रेसन, मानसिक समस्या, अनैतिक सम्बन्ध, रिस, सम्पत्ति, जग्गा विवाद, लेनदेन रहेको प्रहरीको अनुसन्धानले देखाएको छ । मनोचिकित्सक अधिकारीका अनुसार परिस्थितिले मानिस तनावमा आउँछ, तनावपछि उत्पन्न आवेग नियन्त्रण गर्न नसक्दा हत्या वा आत्महत्या घटना हुन्छ ।
समाजशास्त्री विदुर तिमल्सिना मानिसमा स्वयं व्यक्तिगत तथा सामाजिक रूपमै क्रोधको मात्रा वृद्धि भइरहेको बताउँछन् । आफूभित्र पालेको क्रोध तथा असन्तुष्टि एकै पटक बाहिर ल्याउन खोज्दा यस्ता घटना हुने गरेको भनाइ उनको छ । गोरखापत्र दैनिकमा देवबहादुर कुँवर र केशवराज पौडेलले खबर लेखेका छन् ।
सुन तस्करीमा संलग्न रहेका अभियुक्तविरुद्ध दोलखा प्रहरीले अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय दोलखामा दर्ता गरेको छ । १० महिनामा ३३ किलो सुन तस्करी गरेको अभियोगमा प्रहरोले दुई विदेशीसह...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
काठमाडौँ । वाणिज्य बैङ्कहरूले मङ्सिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैङ्कहरूले कात्तिक महिनाको अन्तिम दिन बिहीब...
तिहार नजिकिएसँगै बजारमा सबैजसो उपभोग्य वस्तुुको भाउ महँगिएको छ । सरकारको ध्यान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुुममा केन्द्रित...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...