अमेरिकी प्रेमीले प्रेमिकाका लागि बनाए ११ नियम, कति कडा ?

प्रतिकात्मक तस्वीर

प्रेम सम्बन्धका क्रममा प्रेमीप्रेमिकाबीच एकअर्काका व्यवहारबारे छलफल हुने गर्छ । सामान्यतया व्यवहारमा सुधार पनि हुने गर्छ । तर अमेरिकामा एक प्रेमीले ११ नियम लिपिवद्ध नै गरेर प्रेमिकाको हातमा थमाएका छन्, अब प्रेमिकाले यी नियम पालना गर्नुपर्नेछ ।


Advertisement

मिरर यूकेमा प्रकाशित रिपोर्ट अनुसार विश्वविद्यालयकी छात्रा क्यारोलिनलाई उनका प्रेमीले नियमको सूची बनाएरै दिएका छन्, जसमा कडा नियम समावेश छन् । क्यारोलिनका प्रेमीले खानपिन, घुमफिर र पहिरनबारे नियम बनाएर दिएका छन् ।


Advertisement

प्रेमीले बनाएका नियमअनुसार क्यारोलिनले रक्सीलाई हात लगाउन पाइने छैन । च्याट लोकेसन बन्द गर्न पाइने छैन । केटाहरूसँग घुम्न पाइने छैन । प्रेमीले दिएको औंठी कहिल्यै पनि निकाल्न पाइने छैन । राति ९ बजेसम्म छात्राबास पुगिसक्नुपर्नेछ । शरीरमा टाँसिने ‘टाइट’ कपडा लगाउन पाइने छैन । भोजभतेर र पार्टीहरूमा सहभागी हुन पाइने छैन । यस्ता नियमको सूची बनाएर प्रेमीले क्यारोलिनको हातमा दिएका छन् ।

प्रेमीले बनाएका नियमको सूची क्यारोलिनले सामाजिक सञ्जालमा राखेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेमीका नियम मान्नुभन्दा सम्बन्ध नै अन्त्य गर्न सुझाव दिएका छन् । क्यारोलिनले समेत सम्बन्ध अन्त्य गर्नेबारे सोच्न थालेकी छन् । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्