×

NMB BANK
NIC ASIA

१२ बुँदे घोषणापत्र जारी सम्पन्न भयो महासङ्घको एशोसिएट सम्मेलन

असोज २, २०७८

NTC
Premier Steels


नेपाल पत्रकार महासङ्घ एशोसिएट प्रदेशको दुई दिने ‘प्रथम राष्ट्रिय सम्मेलन’ १२ बुँदे घोषणापत्र जारी गर्दै आज सम्पन्न भएको छ ।

Muktinath Bank

 प्रदेश समितिले प्रेस स्वतन्त्रता, श्रमजीवीको पेशागत मुद्दा, पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनुपर्ने र  विधागत रुपमा सक्रिय सञ्चारकर्मीलाई संस्थागत सहभागितालाई प्रोत्साहन गर्नुपर्नेलगायत विषयलाई उठाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सम्मेलनले कानुनमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान संशोधन गर्न माग गर्ने, विद्युतीय कारोबार ऐनको दफा ४७ मा रहेको प्रावधान प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी भएकाले सो दफा तत्काल संशोधन गर्न माग गरेको छ ।


Advertisment
Nabil box
Kumari

 त्यसैगरी सञ्चारकर्मीको समस्यामा सहजीकरण र आचारसंहिता पालनामा अभिभावकीय भूमिका निभाउनुपर्ने नेपाल प्रेस काउन्सिल नियन्त्रणमुखी बन्दै गएकाले महासङ्घका तर्फबाट काउन्सिलमा प्रतिनिधित्व हुने भएकाले यस पक्षमा काउन्सिललाई सच्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्न महासङ्घको ध्यानाकर्षण गराउने घोषणापत्रमा उल्लेख गरिएको छ ।

Vianet communication

महासङ्घ श्रमजीवी सञ्चारकर्मीको छाता सङ्गठन भएकाले श्रमजीवीको पेशागत मुद्दाको सम्बोधनको दायित्व पनि यसैको भएकाले श्रमसम्बन्धी कानुनी प्रावधान र सञ्चालक र श्रमजीवीबीच हुनसक्ने वैधानिक छलफल, आन्दोलन र सहमतिका लागि श्रम ऐनअनुसार दर्ता भएको संस्थाले कानुनी बैधता र अधिकार पाउने तर महासङ्घ श्रम ऐनअनुसार दर्ता भएको संस्था नभएकाले केवल दबाब समूहको रुपमा मात्र काम गर्न बाध्य भएको विश्लेषण गरिएको छ ।

 श्रमजीवी सञ्चारकर्मीको श्रमसम्बन्धी मुद्दालाई कानुनी रुपमै उठाउन महासङ्घ श्रम ऐनअन्तर्गत दर्ता हुन यो राष्ट्रिय सम्मेलन माग गर्ने र पत्रकार महासङ्घको विधानअनुसार संरचना महासङ्घीय अवधारणाअनुसार नभएकाले विधान संशोधनमार्फत पूर्ण महासङ्घीय अवधारणा कार्यान्वयनमा ल्याउन विधान अधिवेशनमा विधान संशोधन प्रस्ताव लैजाने निर्णय गरेको छ ।

महासङ्घको विधानलाई परिमार्जन गरेर भौगोलिक, प्रतिष्ठानसँगै एशोसिएट संस्थाको नेतृत्वको अवसरको सुनिश्चितता र अवसर निर्माणमा महासङ्घ उद्धार हुन आवश्यक देखिएकाले यसका लागि अहिले विद्यमान नेतृत्व संरचनामा एशोसिएट उपाध्यक्षको प्रतिनिधित्व गराउनुपर्ने घोषणापत्रमा उल्लेख गरिएको छ ।

एशोसिएट संस्थाका प्रतिनिधिको नेतृत्व विकास तथा मुद्दामा नीतिगत नेतृत्वका लागि एशोसिएटका प्रतिनिधिबाट केन्द्रीय सदस्य र सचिवसँगै उपाध्यक्ष, पदमा उम्मेदवारी हुने र एशोसिएटकै प्रतिनिधिको मतले निर्वाचित हुने व्यवस्था गर्न सम्मेलनले माग गरेको छ ।

 त्यसैगरी पत्रकारिताको मर्यादा र गरिमा कायम राख्न पत्रकार स्वयं सचेत, सजग र जिम्मेवार हुनु आवश्यक रहेकाले राजनीतिक दलमा प्रत्यक्ष आबद्धप्रति महासङ्घको विधान कठोर भए पनि व्यवहार भने नरम देखिएकाले औपचारिक रुपमा राजनीतिक दलमा आबद्ध भएका र राजनीतिक नियुक्ति लिएका सदस्यलाई ससम्मान बिदाइलाई कडाइका साथ कार्यान्वय गर्नुपर्नेमा जोड दिइएको छ ।

पत्रकार महासङ्घसँग आबद्ध संस्थाको सङ्ख्या १२ पुगेको र महासङ्घमा जबसम्म विधागत संस्थाको सङ्ख्या बढ्न सक्दैन तबसम्म महासङ्घलाई पूर्ण महासङ्घीय अवधारणामा लैजाने विषयमा एशोसिएट कमजोर हुने सम्मेलनले निस्कर्ष निकालेको छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x