×

NMB BANK
NIC ASIA

राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्न सेनालाई प्रधानमन्त्रीको निर्देशन

असोज ७, २०७८

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षाका साझा चुनौती पहिचान गर्दै तिनको डटेर सामना गर्न राष्ट्रिय सेनालाई स्रोत र साधनको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Muktinath Bank

रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्रीले जंगी अड्डामा बिहीवार आयोजना गरिएको २ दिने ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक’को शुभारम्भ गर्दै राष्ट्रिय सुरक्षाको महत्त्वपूर्ण अंगको रूपमा रहेको नेपाली सेनालाई परिवेश र परिस्थितिको वस्तुपरक विश्लेषणका साथ रणनीतिक कार्ययोजना बनाएर काम गर्न निर्देशन दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा स्थितिको विश्लेषण गर्दै सम्बन्धित साझा रणनीतिका साथ अघि बढ्ने गुरुत्तर दायित्व नेपाली सेनाको काँधमा छ,’ सुरक्षा चुनौतीको सामना गर्न समय–सान्दर्भिक प्रतिकारात्मक उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री देउवाले भने ।


Advertisment
Nabil box
Kumari

नेपाली सेनाद्वारा भइरहेका विकास निर्माणका कार्यलगायत सेनाले सञ्चालनका निम्ति तर्जुमा गरेका योजना गरेका दीर्घकालीन महत्त्वका परियोजनालाई स्रोतको सुनिश्चितता गर्न नेपाल सरकारबाट  हरसम्भव प्रयास हुने उनले बताए ।

Vianet communication

समन्वयात्मक बैठक र आपसी छलफलबाट प्राप्त हुने निष्कर्षले नेपाली सेनालाई नीति तथा योजना निर्माणमा ठोस योगदान पुग्ने यथार्थ सुनाउँदै उनले बैठक सामयिक भएको बताए ।

प्रधानमन्त्रीले कोभिड–१९ को महामारी तथा विपद् व्यवस्थापनमा अग्रपंक्तिमा रहेर नेपाली सेनाले गरेको कामको मुक्तकण्ठले प्रशंसा गर्दै राष्ट्रिय सेनाको छविलाई अझ उजिल्याउन सकल दर्जाले इमानदारीका साथ आफ्नो कर्तव्य निर्वाह गर्ने विश्वास व्यक्त गरे । 

प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न र नेपाल सरकारका विधिसम्मत आदेशहरू अक्षरशः पालना गर्न कटिबद्ध रहेको बताउँदै प्राप्त जिम्मेवारी पूर्णरुपमा सम्पन्न नभएसम्म कर्तव्यपथमा अडिग रहने दृढता व्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x