×

NMB BANK
NIC ASIA

सरुवामा विलम्ब

प्रधानमन्त्रीले चासो राख्दा पनि हुन सकेन प्रहरीका लेखापालको सरुवा, नियमावली संशोधनमा दाउपेच !

असोज ११, २०७८

NTC
Premier Steels

नेपाल प्रहरीका लेखापाल (अकाउन्टेन्ट)हरूको सरुवा हुनुपर्ने समय बितेको साढे २ महिना पुग्न लाग्दा पनि प्रहरी प्रधान कार्यालयले सरुवा गर्न सकेको छैन । 

Muktinath Bank

सामान्यतया असार मसान्तअगाडि नै लेखापालहरूको सरुवा गर्ने चलन छ । आर्थिक वर्ष समाप्तिसँगै नयाँ आर्थिक वर्षको लेखा व्यवस्थापनका लागि साउन १ गतेदेखि हाजिर हुने गरी सरुवा हुँदै आएको थियो । तर अहिले भने साढे २ महिना ढिलो हुन लाग्दा पनि लेखापालहरूको सरुवा हुने छाँटकाँटसम्म देखिएको छैन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त कुँवरले कार्यविधिमा संशोधन गर्नुपर्ने भएकाले केही समय रोकिएको बताए ।


Advertisment
Nabil box
Kumari

‘समयअनुसार कार्यविधि परिवर्तन गर्नुपर्ने भएकाले ढिला भएको हो,’ एसएसपी कुवँरले लोकान्तरसँग भने, ‘कार्यविधि संशोधनको काम सकिएपछि सरुवा हुन्छ ।’

Vianet communication

प्रवक्ता कुवँरले कार्यविधि संशोधनपछि लेखापालहरूको सरुवा हुने बताएपनि दशैंअगाडि सरुवा नहुने स्रोतले लोकान्तरलाई बतायो ।

प्रहरी नियमावलीको नियम ४९ को दफा (५) प्रत्येक दुई वर्षमा लेखापालहरूको सरुवा हुने व्यवस्था छ । तर २ वर्ष अवधि पुगेकालाई सरुवा गर्न नसक्दा नियमविपरीत भएको देखिन्छ । 

‘सहायक निरीक्षकदेखि निरीक्षक दर्जासम्मका प्रहरी कर्मचारीको सरुवा गर्दा लेखातर्फ कम्तिमा दुई वर्ष काम गरेकालाई जिन्सीतर्फ र जिन्सीतर्फ कम्तिमा दुई वर्ष काम गरेकोलाई लेखातर्फ आलोपालो गरी सरुवा गरिनेछ,’ नियमावलीमा भनिएको छ ।

प्रहरीमा ६ वर्ष अवधिसम्म लेखापालमा काम गर्न पाउने व्यवस्था छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार ४ सय ६ जना लेखापालमध्ये ६१ जनाको समयावधि पुगेको छ ।

५ वर्ष अवधि पुगेका ५६ जना, ४ वर्ष अवधि पुगेका ३० जना, ३ वर्ष अवधि पुगेका ५८ जना, २ वर्ष अवधि पुगेका १५२ जना र १ वर्ष अवधि पुगेका १२९ जना लेखापालहरू कार्यरत छन् । 

जसमा १ प्रहरी नायब उपरीक्षक, १३ जना प्रहरी निरीक्षक, २५७ जना प्रहरी नायब निरीक्षक र २१५ जना प्रहरी सहायक निरीक्षक लेखापालहरू छन् ।

आईजीपीलाई प्रधानमन्त्रीको प्रश्न– किन काम गर्न सक्नुभएन ?

पछिल्लो समय प्रहरीमा हुनुपर्ने सरुवा लगायतका कामहरू समयमै हुन नसक्दा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रहरी महानिरीक्षक (आईजीपी)लाई यसबारे सोधेका छन् ।

बालुवाटार स्रोतका अनुसार केही दिनअगाडि प्रधानमन्त्री देउवालाई भेट्न पुगेका आईजीपी थापालाई देउवाले ‘प्रहरीमा के भइराखेको छ ? किन कामहरू भएका छैनन् ? गुनासोहरू आएका छन् नि? भनेर प्रश्न गरेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रधानमन्त्रीले आईजीपी थापालाई पछिल्लो समयमा आएका गुनासाहरूको विषयमा चासो राखेर प्रश्न सोधेका थिए ।

त्यसलगत्तै आईजीपी थापाले प्रदेश नम्बर २ र बाग्मती प्रदेशमा क्रमशः एसएसपी भीमप्रसाद ढकाल र टेकप्रसाद राईलाई सुक्ष्म निगरानीका लागि पठाएको स्रोतले लोकान्तरलाई बतायो । 

नियमावली संशोधनका लागि दाउपेच

२०७० सालभन्दा अगाडि लेखापालहरूको सरुवाको समयावधि तोकिएको थिएन । सेवा अवधिभर लेखापाल बस्ने व्यवस्था थियो, तर उपेन्द्रकान्त अर्यालले पहिला ८ वर्ष लेखापाल हुन पाउने व्यवस्था गरेका थिए ।

पछि उनैले ६ वर्ष लेखापालमा बस्न पाउने कार्यविधि ल्याए । त्यसयता लेखापाल चयन र राम्रो ठाउँमा लेखापालको सरुवा पहुँचको आधारमा हुँदै आएको देखिन्छ । 

तर फेरि नियमावलीलाई संशोधन गरेर ५ वर्ष मात्रै लेखापालमा काम गर्न पाउने कार्यविधि आउन लागेको प्रहरी प्रधान कार्यालयले जनायो ।

‘नियमावली संशोधन गरेर एक वर्षमा सरुवा हुने र पाँच वर्षसम्म मात्र लेखापाल हुन पाउने व्यवस्था आउँदै छ,’ एक उच्च अधिकृतले लोकान्तरसँग भने ।

लेखापालको पाँच वर्षे अवधि हुँदा वैज्ञानिक नहुने स्वर प्रहरीभित्रबाटै उठ्न थालेको छ । 

‘५ वर्षे त कसरी वैज्ञानिक हुन्छ र ? कि त ८ वर्षे ठीक छ, होइन भने ६ वर्षे नै,’ एक लेखापालले लोकान्तरसँग भने, ‘एक–एक वर्षमा सरुवा हुने भए लेखापालहरूमा प्रत्येक वर्ष हानथाप हुन्छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक)को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई बिहीव्ँरु पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ व...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x