×

नेपाल मानसिक स्वास्थ्य अभियान आरम्भ

असोज २५, २०७८

विश्व मानसिक स्वास्थ्य दिवस यस वर्ष नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा संघ, प्रदेश तथा स्थानिय तहमा विभिन्न कार्यक्रमको आयोजना गरी राष्ट्रिय अभियानको रुपमा मनाउन लागिएको छ ।

अक्टोवर १० का दिनमा मनाईने यो दिवस यसवर्ष 'असमान विश्वमा मानसिक स्वास्थ्य' भन्ने मूल नाराकासाथ सामाजिक असमानता र असमानताले ब्यक्तिको समग्र स्वास्थ्य र विशेषतः मानसिक स्वास्थ्यमा पार्ने प्रभावलाई उजागर गर्नका लागि विश्वभरी नै विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । 


Advertisment

विश्व मानसिक स्वास्थ्य दिवस २०७८ को सन्दर्भमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज २० देखि तीनै तहको सरकार र सम्वद्ध सवै पक्षको सहभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ सञ्चालन गरेको छ । यो सचेतना अभियानले मानसिक स्वास्थ्यको विषयमा समुदायमा विद्यमान अन्धविश्वास, भ्रम, कुरीति, कलङ्क र सामाजिक दुर्व्यवहारको दुष्चक्रलाई तोड्दै तथ्यमा आधारित मानसिक स्वास्थ्यका विषयमा आमधारणा विकास गर्नेछ, जसको माध्यमबाट मानसिक स्वास्थ्यको प्रवर्धन, मानसिक रोगको रोकथाम, समयमा पहिचान, उपचार तथा उचित ब्यवस्थापन र समुदायमा पुर्नस्थापनाको माध्यमबाट मानसिक स्वास्थ्य र मानसिक रोगको उचित सम्वोधन हुने अपेक्षा लिएको छ ।


Advertisment

नेपालको राष्ट्रिय स्वास्थ्य सर्वेक्षण २०७७ का अनुसार नेपालको कुल जनसंख्या (२ करोड ९० लाख) को ४% (लगभग ११ लाख) र थप १३ देखि १७ वर्षका ५.२% किशोरकिशोरीहरुले हालको अवस्थामा मानिसक स्वास्थ्य समस्या भोगिरहेका छन् । यसको परिणामस्वरुप ६.५% वयस्कहरुले तत्कालीन अवस्थामा आत्महत्याको सोच रहेको अनुभव गरेका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार, मानसिक स्वास्थ्य र लागु औषध दुब्र्यसनका कारण विश्वमा रुपमा ५ मध्ये १ अपाङ्गता सहितको जीवन वर्ष बाँच्नु परेको छ र यो अवस्था नेपाल लगायतका न्यून तथा मध्य आयस्तर भएका देशहरुमा अझै बढि छ । नेपाल प्रहरीको तथ्यांक अनुसार गत आर्थिक वर्षमा हरेकदिन औषत २० जना ब्यक्तिले आत्महत्या गरी जम्मा ७११७ वटा आत्महत्या सम्वन्धि घटना दर्ता भएका छन् जुन विगत वर्षको दाँजोमा १३.७% ले बृद्धि भएको हो ।  विश्वभरमा हरेक वर्ष आत्महत्याका कारण ७ लाख भन्दा बढि मानिसहरुको मृत्यू हुने अवस्था, जुन एच.आई.भी. एण्ड एड्स, मलेरिया वा महिलाको स्तन क्यान्सर वा युद्ध र हत्या भन्दा ज्यादा छ, यसले कम्जोर मानसिक स्वास्थ्यको अवस्थालाई प्रमाणित गर्दछ । 

नेपाल सरकारले यस वर्ष देश भरका १३ सरकारी अस्पतालमा १० शैयाका दरले जम्मा १३० शैयाको अन्तरङ्ग मानसिक स्वास्थ्य सेवा विस्तार गरिएको छ । अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको उपचार तथा पुर्नस्थापनाको लागि नीजि तथा गैर सरकारी संस्थाहरु सँग साझेदारी गरिएको छ । विभिन्न विकास साझेदार संस्थाहरु, गैरसरकारी संस्थाहरुको साथमा अशक्त, असहाय र बेवारिसे मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुको उपचार तथा पुर्नस्थापनाको तथा मानसिक स्वास्थ्य सम्वन्धि सचेतना बृद्धिका लागि बिभिन्न स्तरमा प्रयास गरेकोे छ । 

कोभिड–१९ को विश्वब्यापी महामारीको अहिलेको अवस्थामा मानसिक स्वास्थ्य अवस्था झन खराव र जटिल बन्दै गएको छ । कोभिड संक्रमणको त्रास, लकडाउन, तथा कोभिड संक्रमणका कारण उत्पन्न सामाजिक, आर्थिक र शैक्षिक असहजता तथा असमानतालाई झन् बढाएको छ । यसले आम नेपालीको शारीरिक, मानसिक, आध्यात्मिक र सामाजिक सुस्वास्थ्यलाई प्रभाव पारेको छ । खास समूह, जसमा स्वास्थ्य सेवा प्रदायक, अग्रपङतिका सेवा प्रदायक, विद्यार्थीहरु, एकल ब्यक्तिहरु र विद्यमान मानसिक स्वास्थ्य समस्या भएका ब्यक्तिहरुलाई विशेष रुपले असर गरेको छ । मानसिक स्वास्थ्य सेवामा पहुँचको अभाव, सेवाको सुलभता र समुदायमा ब्याप्त भ्रम तथा अन्धविश्वास र कलङ्कका कारण समयमानै उपचार पाउनबाट धेरै बञ्चित रहेका छन् । त्यसैले ४ मध्ये ३ वयस्कले मानसिक स्वास्थ्य समस्याको उपचारको खोजीनै गर्दैनन् । आपतकालीन अवस्थाहरु (जस्तै कोभिड–१९, भूकम्प वा बाढी पहिरो जस्ता विपदको समयमा) ले समुदायलाई मात्र नभई स्वास्थ्य सेवा प्रणालीलाईनै भार थप्ने गर्दछन् । नेपालमा गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा नागरिकहरुको पहुँच बढ्दै गएको छ । सन् २०२१ मा विश्व स्वास्थ्य संगठनले तयार पारेको विस्तृत मानसिक स्वास्थ्य कार्ययोजना २०१३–२०३० लाई आत्मसाथ गर्दै नेपाल सरकार गुणस्तरिय सर्वसुलभ सेवा बिस्तारका लागि प्रतिवद्ध छ ।

नेपाल सरकारले स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा नसर्ने रोगहरु तथा मानसिक स्वास्थ्य शाखा स्थापना गरेर मानसिक स्वास्थ्य सेवामा आफ्नो राजनैतिक प्रतिवद्धता प्रष्ट पारेको छ । जन स्वास्थ्य सेवा ऐन २०७५ को आधारभूत स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई समेत समावेश गरिएको छ । जनस्वास्थ्य सेवा नियमावलीमा आधारभूत स्वास्थ्य सेवा तथा आकस्मिक स्वास्थ्य सेवामा मानसिक स्वास्थ्य सेवालाई पनि समावेश गरिएको छ । राष्ट्रिय स्वास्थ्य नीति २०७६ को दफा ६.१७.५ मा स्वास्थ्य सेवा प्रणालीमा मानसिक स्वास्थ्य सेवालाई एकीकृत गरी विस्तार गर्ने रणनीति लिएको छ । यस्तै अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार सम्वन्धि ऐन २०७४ ले मानसिक स्वास्थ्य तथा मनोसामाजिक अपाङ्गता भएका ब्यक्तिहरुको अतिरिक्त सेवाको प्रत्याभूति समेत गरेको छ । सरकारले विस्तारै मानसिक स्वास्थ्यका क्षेत्रमा बहुपक्षीय सहभागिता र राज्यको प्राथमिकता बृद्धि गर्दै राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना २०७७ स्विकृत समेत गरेको छ । जसले सामुदायिक मानसिक स्वास्थ्य स्याहार प्याकेज २०७४ को कार्यान्वयन मार्फत मानसिक स्वास्थ्य सेवालाई प्राथमिक स्वास्थ्य सेवामा एकीकृत गरी विस्तार गर्ने लक्ष्य लिएको छ साथै जनस्वास्थ्य सेवाका हरेक तहमा मानसिक स्वास्थ्य सेवालाई एकीकृत गरिनेछ । यस्तै द्धितिय तथा सो भन्दा माथिका अस्पतालमा विशेषज्ञ मानसिक स्वास्थ्य सेवाको प्रावधान राखेको छ । सो सेवाको लागि स्वास्थ्य विमा र टेलिमेडिसिनको अवधारणाको सहयोग लिएको छ । हालको अवस्थामा प्राथमिक स्वास्थ्य सेवाको दुर प्रविधिबाट अनुगमन र सुपरीवेक्षणका लागि टेलिमेडिसिन सेवालाई प्रयोग गरिएको छ । यस्तै शिक्षा र प्राविधिक ज्ञानको अभाव, विभेद र कलङ्कको प्रभाव, आयआर्जनको प्राथमिकीकरण र ग्रामीण परिवेशले नीति निर्माणको प्रक्रियामा सहभागी हुन अवरोध पुरयाईरहेका छन् । समुदायस्तरमा गठन हुने मानसिक स्वास्थ्य स्वावलम्वन समूह (सेवाग्राही समूह), मानसिक स्वास्थ्य सम्वन्धि क्षमता विकास, सामाजिक विभेद र कलङ्क घटाउन गरिने प्रयास उनीहरुको सहभागिता बढाउने रणनीति रहेका छन् । 

तीनै तहको सरकार र सम्वद्ध सवै पक्षको सहभागितामा नेपाल मानसिक सुस्वास्थ्य अभियान २०७८ सञ्चालन गरेको छ यो सचेतना अभियानमा सबैपक्ष को साथ सहयोग र सहकार्यका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक अनुरोध गर्दछ । 
 

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x