कात्तिक १४, २०८०
काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउ...
पोखराको बसपार्क छेउमा सुकुम्वासी बस्ती छ । शिव टोल भनिने बस्तीमा गुजमुज्ज गरी डेढ सयजति घर छन्, सबै टिनले छाएका ।
ओत लाग्ने छानो मुन्तिर एक पुरुष एकतमासले चुरोट पिइरहेका छन् । गाला चाउरिँदै गरेका । आँखा गडिसकेका छन् उनको । निन्याउरो देखिन्छन् ।
नजिकैको बसपार्कमा दशैंका लागि घर फर्किनेहरूको भीड देखिन्छ । गाडीको आवाज एकनाससँग बजिरहेको छ । शहरमा विभिन्न पेशा व्यवसाय गरी बस्दै आएकाहरू वर्ष दिनपछिको दशैं मान्न हिँडेका हुन् । त्यो दृश्य घर छेउबाट प्रस्टै देखिन्छ तर उनलाई कुनै परवाह छैन ।
दशैं लागेन दाइ ?
लोकान्तरको जिज्ञासामा उनी झस्के र प्रतिप्रश्न गरे, ‘बावु को हुनुहुन्छ, कहाँबाट आउनुभएको हो ?’
परिचय पाइसकेपछि उनले निर्धक्कसँग भने, ‘हामी गरीबलाई केको दशैं लाग्थ्यो र ! काम नगरी खान छैन ।’
कृष्ण विक नाम बताउने उनी ६१ वर्षका भए । उनको जन्म तनहुँको जामुनामा २०१७ मंसिर १७ गते भएको हो । उनका अनुसार जन्म साल र गते सत्र भए पनि उनको जीवनमा कहिल्यै सत्र भएन, बरु साढेसातका दशाले घेरिरह्यो । त्यसैले ५ पत्नीसम्म भित्र्याएका उनको साथमा अहिले चाडबाडको बेला कोही छैनन्, छन् त १ छोरा मात्र ।
असरल्ल सामान देखिने छेउको कोठामा भर्खरैको ठिटोले केही पकाउँदै थिए । उनी कृष्णका छोरा हुन् ।
छोराको नाम सञ्जीव विक । उमेर भर्खरै २० कटेका । दुःखमा बुवाको स्याहार गर्छन्, खाना पकाउँछन् । दिउँसो ज्यानले सके जति मजदुरी गर्छन् । उनले मजदुरी गर्न बुवाबाट सिके ।
... ... ...
घरको आयस्रोत केही नभएपछि कृष्ण किशोरवय उमेरमै गाडीलाइनमा लागे । पछि घर बनाउने काम सिके । डकर्मी, सिकर्मी बने । ज्यानले सकुँञ्जेल काम गरे । अहिले हातगोडा झम्झमाउँछन् । पहिलेजस्तो काम गर्न सक्दैनन् । २ वर्ष कोरोनाले थला पार्यो । गत वर्षको दशैं लकडाउनमै बित्यो । अहिले कोरोना प्रभाव कम हुँदै लकडाउन पूर्ण रूपमा खुले पनि उनको दुःखको पहाड उस्तै छ ।
आफूलाई दशैंको कुनै रौनक नभएको गुनासो पोख्दै कृष्णले भने, ‘पैसो छैन, कसरी मान्ने दशैं ? सबै कुरा पैसोले गर्दो रहेछ ।’
गत वर्ष लमजुङ बेंशीशहरमा बाटो बनाउने काममा ३ महिनासम्म खटिएका कृष्णलाई पछि रित्तै हात फर्काइयो । बाटो बनाउने ठेकेदार भागेपछि ३ महिनासम्म दिनभरका दिनभर बगाएको पसिना त्यसै खेर गएको पनि उनले सुनाए । २०७८ साल लागेपछि काम गर्न सकेका छैनन् । बेलाबेलामा ढाड दुखेर हैरान पार्ने उनको गुनासो छ ।
पहिलेझैं काम गर्न नसकेकाले अहिले सबै यही छोराको भर हो । ‘सानोतिनो मजदुरी गरेर केही कमाएर ल्याउँछ । मलाई हेरेको छ,’ कृष्णले भने ।
कृष्णले विगत सम्झे, ‘पहिले–पहिले काम खोज्दै काठमाडौंतिर पनि गएँ । स्याङ्जातिर पनि गए । २०४० सालदेखि पोखरामा छु । बीचमा मविरुद्ध सार्वजनिक मुद्दा पनि हाले तर लामो लडाइँपछि मैले जीतें ।’
पहिले भाडामा बस्दै आएका उनले १५ वर्षदेखि सुकुम्वासी टोलमा २ कोठाको टहरोमा जीवनको ओत लगाएका छन् । पछिल्लो पटक बिहे गरेर भित्र्याएकी उनकी पाँचौं पत्नी थिइन् । दुर्भाग्य ! ८ वर्षअघि जण्डिसका कारण पति, १ छोरा र १ छोरीलाई छाडेर संसारबाट बिदा भएकी उनले दुःखका साथ सुनाए । उपचारमा लाग्ने ठूलो रकम खर्च गर्न नसक्दा पत्नी गुमाउनुको पीडा रहेछ कृष्णलाई ।
दशैंको बेलामा भएको घटनाले उनलाई यतिबेला खुब याद दिलाउँदो रहेछ । ‘गण्डकी अस्पताल (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा बितेकी हुन्, दशैंको टीको आउन–आउन लागेको थियो,’ कृष्णले ८ वर्षअघिको घटनाको स्मरण गरे ।
बिहे गरेर स्याङ्जामा दिएकी १ छोरी बेलाबेलामा भेट्न आउँछिन् । ‘अहिलेको दशैंमा टीका लगाउन आउने भनेकी छ, रित्तो हातको टीका कसरी लगाउने हो ?’ उनी योजनाविहीन छन्, ‘पैसा चोरेर ल्याउने कुरो भएन । काम गरेको ठाउँमा त्यस्तै हुन्छ ।’
कहिलेकाहीँ काममा गयो, साहुले दिनको ५०–१०० रुपैयाँ मात्र दिँदा उनलाई दिक्क लाग्दो रहेछ । ‘श्रमको मूल्य त दिनुपर्यो नि !’ उनी भन्छन्, ‘कसरी हुन्छ, मजदुरलाई निचोर्ने काम गर्छन् । नयाँ–नयाँ सरकार आयो भन्छन्, खै हामीलाई कुनै सरकारले केही गरेन ।’
उनलाई पाँचै पत्नी पनि फलिफाप भएन । ४ जना छाडेर अरुसँगै गइन् । पछिल्लो पाँचौं पत्नी जण्डिसका कारण ज्यान गुमाइन् । ‘५ पत्नी ल्याएँ । अहिले एउटा पनि छैनन्,’ कृष्णले भने, ‘ढाँट्ने कुरा भएन । यो उमेरमा कोही साथमा भएनन् ।’
उनले २२ वर्षको छँदा पहिलो पत्नी भित्र्याएको बताए । पछि क्रमशः गोठैसित (छोराछोरीसहित) ल्याए पनि छाडेर (पोइला) गएको कृष्णले बताए ।
आफूहरूले पाँचै दिनसम्म दशैं मान्ने परम्परा रहे पनि मुख्यदिन दशमीको दिन हुने कृष्णले बताए । सो दिन मान्यजनकहाँ टीका थाप्न जाने प्रचलन रहेकोमा उनी भने वर्षौंदेखि कहीँकतै जाने गरेका छैनन् । अहिले छोराछोरीलाई टीका लगाउने र भान्छामा जे पाक्यो त्यही खाएर मनाउने कृष्णले बताए ।
‘सकेमा १ किलोसम्म खसीको मासु किन्ने हो,’ उनले भने ।
काठमाडौं — लगातार कम्प्युटरमा काम गर्ने वा एउटै पोजिसनमा बसेर काम गर्ने हाम्रो बानीले शरीरलाई नोक्सानी पु–याउँछ । यसको सबभन्दा धेरै असर गर्दनमा पर्छ । हामीले दिनमा जम्मा एकदुईचोटि गर्दन घुमाउ...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
नीममा रहेका गुणहरूले अनेकौं रोगको उपचार काम गर्छन् । यसका औषधीय गुणका कारण आयुर्वेदमा यसको प्रयोग हजारौं वर्षदेखि हुँदै आइरहेको छ । नीमलाई संस्कृतमा अरिष्ट भनिन्छ जसको अर्थ लाग्छ श्रेष्ठ, पूर्ण र कहिल्यै खराब नह...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...