×

NMB BANK
NIC ASIA

प्रहरीको काम के हुन्छ ? शान्ति सुरक्षा दिने, समाजमा अमनचयन कायम गर्ने । सबैलाई यस्तै लाग्छ । 

Muktinath Bank

तर, एक प्रहरी यस्ता छन् जो प्रहरीभित्रै रहेर पत्रकारिता गर्छन् । २४ वर्षदेखि समाचार लेखिरहेका उनलाई ‘प्रहरी पत्रकार’का नामले पनि चिनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी हुन्– प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) घन थापा । उनको दैनिकी भनेको प्रहरीसँग सम्बन्धित समाचार बनाएर विभिन्न सञ्चारमाध्यमलाई उपलब्ध गराउनु हो । 


Advertisment
Nabil box
Kumari

उनले देशभरबाट प्रहरी प्रधान कार्यालयमा आएका अपराधका घटना र प्रहरीका मुख्य कार्यक्रमहरूलाई समाचार बनाएर पत्रपत्रिका, अनलाइन, टीभीहरूलाई उपलब्ध गराउँछन् । 

Vianet communication

प्रहरी निरीक्षक थापा २०५४ मंसिर १ मा प्राविधिक प्रहरी नायव निरीक्षक (सई) को रुपमा सेवा प्रवेश गरेका थिए । त्यो बेलामा उनी कम्प्युटरतर्फ थिए । उनको दरबन्दीे शुरूमै समाचार कक्षमा भयो ।

तर, सेवा प्रवेश गर्नु अगाडि पत्रकारिताका विषयमा भने उनलाई केही जानकारी थिएन । 

२०४४ मा एसएलसी दिएपछि उनी कामका लागि भारत गए । ‘त्यसबेला नतिजा ढिला आउँथ्यो, भारतमा बस्दा नेपालको याद धेरै आएपछि कविता लेख्न थालेको थिएँ,’ उनले भने, ‘त्यो बेलादेखि कविता कोर्ने, संस्मरणहरू लेख्न थाले । त्यो बेलामा पत्रकारिता के हो भन्ने थाहा पनि थिएन, केबल लेखन भूत मात्रै थियो ।’

उनी एसएलसीको नतिजा आएपछि घर काठमाडौं फर्किए र आईकम पढ्न थाले । त्यसबेला उनले प्रिन्टिङ प्रेसमा काम गर्थे । त्यहाँ उनले नेपाली र विदेशी पत्रपत्रिका पढ्ने मौका पाए । उनीमा किताब, पत्रपत्रिका र अक्षरप्रतिका लगाव झन् बढ्दै गयो ।

‘त्यो बेलामा पत्रपत्रिका र किताब पढ्न यति क्रेजी भइन्थ्यो कि एक दिनमा आएका पत्रिकाहरू अक्षर नछुटाएर पढेँ,’ उनले विगत सम्झँदै भने, ‘नियतिको खेल भनौँ या भाग्य प्रहरी सेवा प्रवेश गरेर पनि लेख्ने मौका पाएँ ।’

उनी सेवा प्रवेश गरेको पहिलो ३ महिना प्रहरी एकेडेमीमा आधारभूत तालिम लिए । त्यसपछि फेरि समाचार कक्षमै समाचार संकलनमा लागे । उनी सेवा प्रवेशको बीचमा २०६७ सालमा दाङको प्रहरी स्कूलमा सरुवा भयो, त्यसको २ वर्षपछि फेरि समाचार कक्ष मै फर्किए । 

त्यहीँ काम गर्दागर्दै २०७० सालमा ७ महिनाका लागि शान्ति सेना मिसनमा गए । जहाँ गए पनि उनको काम भने समाचार नै लेख्ने थियो, त्यसपछि पनि फेरि समाचार कक्षमै काम गरिरहे ।

२०७५ मा इन्स्पेक्टर भएपछि प्रदेश प्रहरी कार्यालयमा पदस्थापन भयो । हाल २ वर्षदेखि फेरि फरेन्सिक ल्याबमा सरुवा भएता पनि त्यही काम जानेको भएकाले समाचार कक्षमा काम गर्दै आएका छन् । 

उनलाई समाचार लेख्दा परिवारका सदस्यले नै परिवारको हत्या गरेको समाचारले साह्रै मन दुख्छ रे । 

‘मलाई कलिला बालिकाको जजक (जबर्जस्ती करणी) भएको र परिवारका सदस्यले परिवारकै हत्या गरेको समाचार लेख्दा मन कटक्क हुन्छ,’ उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘औसतमा हामीले अपराधकै समाचार लेख्ने हो ।’

प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत रहेको प्रहरीको समाचार कक्षले देशभरमा भएका अपराधका घटना र प्रहरीका मुख्य गतिविधिलाई समेटेर बुलेटिन पठाउने गर्छ । 

२०१६ सालदेखि प्रहरीको जनसम्पर्क कार्यालयले त्रैमासिकरुपमा पत्रिका निष्कासन शुरू गरेको थियो । तर, २०५० वैशाख १३ गते औपचारिक रुपमा समाचार कक्षका रुपमा स्थापना भएर देशभरमा भएका अपराधका घटना र प्रहरीको मुख्य कार्यक्रमको समाचार सञ्चार संस्था र पत्रकारलाई उपलब्ध गराउँदै आएको छ ।

शुरूका दिनमा प्रहरीले साइकलमा दैनिक पत्रिकालाई लेथोमा छापेर उपत्यकाभित्र उपलब्ध गराउँथ्यो । साप्ताहिक पत्रिकालाई दोस्रो दिन उपलब्ध गराउँदै आउँथ्यो । 

‘त्यो बेलामा हामीले दैनिकलाई त्यही दिन बेलुका ५ बजेदेखि साइकलमा लेथोमा छापेर पुर्‍याउँथ्यौं,’ थापाले अनुभव सुनाउँदै भने, ‘साप्ताहिकलाई अर्को दिन पुर्‍याउँथ्यौं ।’

पहिला प्रहरीमा कम्प्युटरमार्फत समाचार बनाउने प्रचलन थिएन । थापा सेवा प्रवेश गरेपछि भने प्रधान कार्यालयलाई भनेर २०५४ सालमा कम्प्युटर ल्याएर समाचार लेख्दै आएको उनी बताउँछन् । 

‘कम्प्युटरमा जागिर खाने भनेर आएको कम्प्युटर नै नहुँदा भने म अचम्म परेको थिएँ,’ थापाले विगत सम्झिए, ‘पछि आईजी साबको सचिवालयमा भनेर ल्याएर समाचार बनाएको भर्खरै जस्तो लाग्छ ।’ 

अहिले भने प्रहरीको समाचार कक्षमा आफ्नै स्टुडियो छ । जहाँ भिडियो, समाचारलगायतका सामग्री उत्पादन हुन्छ । 

जहाँ गए पनि प्रहरी निरीक्षक थापालाई लेख्ने लगावले छोडेको छैन । उनले ३४ वर्षदेखि प्रहरी पत्रकारको रुपमा काम गर्दै आएका छन् ।

साथै उनको रुचि साहित्य पनि हो । प्रहरीभित्रै उनले साहित्यमा विभिन्न पुरस्कारहरू पनि जितेका छन् । भर्खरै ६६ औं प्रहरी दिवसका अवसरमा प्रहरी द्वैमासिक पत्रिकामा २०७७ मा प्रकाशित लेख रचनामध्ये उत्कृष्ट भएर नगद तथा प्रशंसा पत्र प्राप्त गरेका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x