×

NMB BANK
NIC ASIA

किसानलाई राहत दिन ‘कृषि संकटकाल’

कात्तिक ६, २०७८

NTC
Premier Steels

कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादवले कृषि संकटकाल लगाएर भए पनि बाढीबाट पीडित किसानलाई राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्ने बताएका छन् ।

Muktinath Bank

कृषिसँग विभिन्न संघसंस्थाले बाढीबाट पीडित किसानलाई तत्काल राहत र पुनःस्थापनाको प्याकेज घोषणाका लागि शुक्रवार बुझाएको अनुरोधपत्र बुझ्दै उनले सो कुरा बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कृषि मन्त्रालयले देशैभरिबाट कृषिमा भएको भएको क्षतिको विवरण संकलन गरिरहेको छ । विवरण आइसकेपछि अवस्था हेरेर किसानलाई क्षतिपूर्ति उपलब्ध गराउने धारणा राखेका राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष नवराज बस्नेतले बताए ।


Advertisment
Nabil box
Kumari

‘किसानलाई आवश्यक राहत पाउनेछन् । कृषि संकटकाल घोषणा गरेर भए पनि क्षति भएको आधारमा हामीले सबैलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउने छौं,’ मन्त्री यादवको भनाइलाई उदृत गर्दै अध्यक्ष बस्नेतले भने, ‘कृषि क्षेत्रमा बर्सेनि भइरहेको क्षतिलाई रोक्नका लागि दीर्घकालीन रूपमा किसान राहत कोषको स्थापना गर्नेछौं ।’

Vianet communication

बाढीबाट पीडित किसानलाई संघ र प्रदेशले मिलेर राहत प्रदान गर्ने बताउँदै मन्त्री यादवले बाढीबाट कृषि क्षेत्रमा भएको क्षतिको बारेमा प्रदेश सरकारले पनि अध्ययन गरिरहेको छ, आफूहरूले छुट्टै अध्ययन शुरू गरेको बताए ।

सरकारले बीमामा सहुलियत दिएको छ तर किसान त्यसप्रति आकर्षित नभएको बताए । बाली तथा पशुपन्छी बीमाप्रति किसानलाई आकर्षित गराउनका लागि कृषि मन्त्रालयले चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै बीमा गर्न सरल बनाउने उनले बताए ।

कृषिलाई मर्यादित पेसा बनाउन किसानलाई सक्षम बनाउनुपर्ने आवश्यकता रहेको र त्यसका लागि पनि मन्त्रालयले काम गर्ने उनले बताए ।

राष्ट्रिय कृषक समूह महासंघ नेपाल, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ नेपाल, फियान नेपाल, खाद्य अधिकारका लागि राष्ट्रिय सञ्जालले पनि ‘कृषि सहायता कोष’ स्थापनाका लागि मन्त्रीसँग आग्रह गरेका छन् । कोष स्थापना गरी किसानलाई तत्काल राहत एवं प्राकृतिक विपत्तिमा सहयोग पुर्‍याउन माग गर्दै ती संस्थाहरूले प्रभावित किसान परिवारलाई बाली भित्र्याउन तत्काल सहायता र धानलाई सुरक्षित गर्ने उपायसहित सहयोग उपलब्ध गराउनसमेत माग गरेका छन् ।

नेपालको मुख्य अन्नबालीका रूपमा रहेको धान काटेर भित्र्याउने बेलामा भएको बेमौसमी वर्षाले पाँच लाख हेक्टरभन्दा बढी जमिनमा लगाइएको धान बाली पूर्ण रूपमा नष्ट भएको ती संगठनले जनाएका छन् ।

बाढीले धानका साथै गहुँ, आलुमा समेत क्षति पुर्‍याएको उल्लेख गर्दै उनीहरूले किसानले मानो रोपेर फलाएको मुरी धान वर्षाले खलियानमा राख्न समेत नपाई खेतमा नै नष्ट भएको जनाएका छन् । 

परालसमेत खेतमा नै कुहिएकाले वर्षभरि पशु आहार नष्ट भएको छ । नकाटेका एवं पसाउँदै गरेका धानसमेत ढलेर पानीमा डुबेको छ । किसानको वर्ष दिनको खर्चको गर्ज एवं साँझ बिहानको छाक नै खोसिएको मन्त्री यादवलाई बुझाएको स्मरणपत्रमा उल्लेख छ । गोरखापत्रमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

जेठ २, २०८१

चालु आर्थिक वर्षको नौ महिना पूरा हुँदासम्म सरकारले आम्दानीभन्दा दुई खर्ब रुपियाँ बढी खर्च गरेको छ ।  महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले चैतसम्म आठ खर्ब ५७ अर्ब रुपियाँ आम्दानी गर्दा १० खर्ब ५६ अर्ब...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x