×

NMB BANK
NIC ASIA

उद्यम

चुरा बेचेर समृद्धिको सपना पछ्याउँदै यमुना

कात्तिक ६, २०७८

NTC
Premier Steels

रूपन्देहीकी यमुना चापागाईं पेशाले चुरा उद्योगी हुन् । उनको परिचय अहिले त्यतिमा मात्र सीमित छैन, सकारात्मक सोच र दृढ इच्छाशक्तिले यमुनालाई प्रदेशकै नमूना र सफल महिला उद्यमी बनाएको छ ।

Muktinath Bank

उनी १८ जना महिलाहरूकी रोजगारदाता समेत बनेकी छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहे भएको छोटो समयमै यमुनाका पतिको निधन भयो । उनले अनेक दुःख भोगिन्, आर्थिक अभाव झेलिन् ।


Advertisment
Nabil box
Kumari

केही उद्यम गर्नुपर्छ भनेर धेरै व्यवसाय गर्न हात हालिन् तर सफलता पाउन सकिनन् । चुरा व्यवसायले उनलाई उज्ज्वल भविष्यतर्फ लग्यो । अन्नतः उनलाई चुरा उद्योगले सफलता दिलायो ।

Vianet communication

‘सफलता खोज्नेहरूले कहिल्यै हार मान्दैनन्,’ यमुना भन्छिन्, ‘मेरो संघर्षको कथा पीडा र अभावसँग जोडिएको छ ।’ 

भारतमा देखेको त्यो उद्यम

यमुुनाका दाइहरू भारतको दिल्लीमा काम गर्थे । यमुना दाइहरूलाई भेट्न कुनै समय दिल्ली पुगेकी थिइन् । उनीहरू बस्ने डेरानजिकै यमुनाले भारतीय महिलाहरू चुरा बनाउने तालिम लिइरहेका देखे ।

यमुनालाई चुरा बनाउने तरिका सिक्ने रहर थियो तर उनी नेपाली भएकै कारण सिक्न पाइनन् । ती महिलाहरूले चुरा बनाइरहेको दृश्य यमुना झ्यालबाहिर घण्टौं उभिएर हेरिरहन्थिन् । 

‘जब मनमा सिक्ने हुटहुटी हुन्छ, तब हेरेर पनि सिक्न सकिँदो रहेछ,’ यमुना चापागाईं भन्छिन्, ‘सुनेर, हेरेर अनि पछिल्लो समय चुराको काम गरेरै सिकें । चुराले मलाई उद्यमी बनायो । नयाँ पहिचान दियो, परिचय दियो र सबैका बीचमा यमुना भनेर चिनायो ।’

यतिबेला रुपन्देहीको शुद्धोधन गाउँपालिका–४ हाटबजार लाइनमा यमुनाको भगवती महिला चुरा उद्योग छ । २ छोरीकी आमा यमुनाले कान्छी छोरीको नामबाट उद्योग खोलेकी छन् । 

पतिको निधन भएपछि ...

विक्रम संवत् २०५७ सालमा १७ वर्षको उमेरमा अर्घाखाँचीकी यमुनाले बिहे गरिन् । बिहेपछि १० वर्ष सँगै जीवन व्यतित गरेपछि यमुनाका पतिको निधन भयो । त्यसपछि २ छोरीहरू यमुनाको निम्ति जीवन जिउने सहारा बने । 

२०६९ सालमा ८ हजार रुपैयाँ लगानी गरेर चुरा बनाउने उद्योग शुरू गरिन् उनले । त्यो उद्योग शुरू गरेर यमुनाले चुरा सम्बन्धी धेरै कुरा सिक्ने अवसर प्राप्त गरिन् । चुराका लागि आवश्यक पर्ने केमिकलबारे जान्न र बुझ्न उनी भारतको फिरोदावाद समेत पुगिन् । ‘धेरै दुःख पाएँ, त्यो दुःखले आज सुखको बाटोतिर लम्काएको छ,’ उनले भनिन् ।

काँच र मेटलबाट विभिन्न थरिका आकर्षक चुरा र कंगनहरू बनाउँदै आएकी छन् यमुना । यमुनाले उत्पादन गरेका चुरा नवलपरासी, रुपन्देही र कपिलवस्तुका बजारमा बिक्री हुुन्छन् । आफ्नै २ वटा गाडीमा यमुनाले चुराको बजारीकरण गरिरहेकी छन् । यमुनाको चुरा उद्योगमा अहिले ५० लाख रुपैयाँ लगानी भइसकेको बताइएको छ ।

२०७१ सालमा चुरा उद्योगलाई घरेलु र गाउँपालिकामा औपचारिक दर्ता गरिएको हो । चुरा बनाउन र बजारीकरण गर्न १८ जना दिदीबहिनीहरू र २ जना दाजुभाइलाई प्रत्यक्ष रोजगारी दिइएको छ । 

२०७४–२०७६ सालसम्म चुराको बिक्रीले धूरी नाघेको यमुनाले बताइन् । त्यतिबेला रातदिन चुरा बनाउने कामले गर्दा खान र सुत्ने मौका नै नपाइएको उनले सुनाइन् । ‘२४ घण्टामा मुस्किलले २ घण्टा सुत्थें,’ उनले भनिन्, ‘पछिल्लो समय कोरोनाले उद्योगलाई शिथिल बनाएको छ ।’

विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाले आयोजना गर्ने ‘चुरा बनाउने तालिम’ दिन उनी देशका धेरै ठाउँमा पुगिन् । चुरालाई आवश्यक कच्चा सामग्री समेत बेच्दा दिनमा ५० हजार बढी आम्दानी समेत गरिन् । यस्तो फाइदै–फाइदाको कामले उनको प्रगतिलाई सबैले देख्न पाए । आफ्नै परिश्रम र पसिनाबाट यमुनाले २ वटा घर ठड्याइन् ।

वार्षिक १० लाख नाफा

यमुनाले चुरासँगै गार्मेन्ट उद्योग सञ्चालन गरेको पनि २ वर्ष पुग्दैछ । गार्मेन्टमा आफूले नै कटिङ गर्छिन् र सिलाउँछिन् पनि । आधुनिक सिलाइकटाइबारे यूट्युब हेरेर नै सिकेकी हुन् ।

मासिक २ लाख रुपैयाँ आफ्नो उद्योगमा काम गर्ने कर्मचारीका लागि यमुनाले खर्चिनुपर्छ । घर व्यवहार, छोरीको पढाइ, स्वास्थ्य उपचार, बिजुली–पानी सबै खर्च कटाएर वर्षमा उनले १० लाख बढी नाफा कमाउँछिन् । ४० वर्ष पनि नपुगेकी यमुनाको जोशजाँगरमा पनि कुनै कमी आएको छैन ।

यमुनाको उद्योगमा स्थानीय दिदीबहिनी र दाजुभाइले काम गर्छन् । सीप सिकाएकी छन्, आफ्नो गाउँ, ठाउँको चिनारी र इज्जत बढाएकी छन् । 

आमा सँगसँगै छोरीहरू

यमुनाले आफ्नी कान्छी छोरीलाई चुरा र जेठी छोरीलाई गार्मेन्टको जिम्मेवारी दिएकी छन् । दुवै छोरीहरू आफ्नो कामप्रति प्रतिबद्ध छन् । सानैदेखि उद्यमी बन्ने संकेत देखाएका छन् । आमालाई साथ दिएका छन्, सहयोग गरेका छन् ।

चुरा बनाउँदा र लगाउँदा कतिका हात काटिए होलान्, समाजमा कुरा काट्नेहरूका मुख चुरा उद्योग खोलेर बन्द गरिदिएकी छन् यमुनाले । प्रगतिशील र उन्नतिपूर्ण काम गरेको देखेर विभिन्न संघसंस्थाले पुरस्कृत र सम्मानित गरेका छन् उनलाई । पुरस्कार र सम्मानले यमुनाको जीवनमा नयाँ उत्साह जागृत भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूले बनाएको चुरा उपहार दिँदा सबैभन्दा बढी खुशी लागेको यमुना बताउँछिन् ।  

छोरीहरूको स्नेह, माया, ममता र सहयोगले उनी दुःखलाई बिर्सिन्छिन् र उद्योगलाई अघि बढाउँछिन् । उनले दुःखका पहाडलाई कर्मको कुहिनाले भत्काइरहेकी छन् । कहिलेकाहीँ मन र तन थाक्दा छोरीहरूको मुस्कानले उत्साह थप्ने गरेको यमुना बताउँछिन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x