×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

प्रधानन्यायाधीश राणासम्बन्धी विवादको 'क्लाइमेक्स' भोलि, इजलास नै अनिश्चित !

कात्तिक ७, २०७८

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मन्त्रिपरिषद् विस्तारमा भागबण्डा खोजेको र न्यायालयलाई विकृत बनाएको भन्दै उठेको विषय 'क्लाइमेक्स'मा पुगेको देखिएको छ ।

Muktinath Bank

सर्वोच्चकै १४ न्यायाधीशले आइतबार बैठक बसेर प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले भोलिका लागि बोलाएको फूलकोर्ट बैठकमा अनुपस्थित हुने निर्णय मात्र गरेका छैनन्, भोलिको इजलास नै बहिस्कार हुने गरी सोही समयमा बैठक राखेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘भोलि बिहान ११ बजे न्यायाधीशहरूको बैठक बस्ने तय भएको छ । इजलास बस्ने समयमा नै बैठक बस्ने भन्नुको अर्थ इजलास बहिष्कार भनेसरह हो,’ सर्वोच्च स्रोतले लोकान्तरसँग भन्यो ।


Advertisment
Nabil box
Kumari

प्रधानन्यायाधीश राणासम्बन्धी विवादको 'क्लाइमेक्स' नै भोलि हुने देखिएको छ । ‘यो विवादको क्लाइमेक्स नै सोमवार हो भन्दा फरक पर्दैन,’ स्रोतले भन्यो, ‘भोलि इजलास बस्ने/नबस्ने नै अनिश्चित छ ।

Vianet communication

विगतमा उनीनिकट भनेर चिनिएका न्यायाधीशहरूले समेत आइतवारदेखि उनको साथ छाडेका छन् ।

बैठकमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, प्रकाशमानसिंह राउत, आनन्द मोहन भट्टराई र सुष्मालता माथेमा सहभागी थिए ।

यसैगरी न्यायाधीशहरू प्रकाश ढुंगाना, कुमार रेग्मी, हरि फुँयाल, बमकुमार श्रेष्ठ, टंक मोक्तान, मनोज शर्मा र नहकुल सुवेदी पनि आजको बैठकमा सहभागी भएका थिए ।।

बैठकमा उपस्थित कुनै पनि न्यायाधीशले राणाको डिफेन्ड नगरेको स्रोतले बतायो ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसी र कुमार चुडाल उपत्यकाबाहिर छन् भने ईश्वरप्रसाद खतिवडा देशबाहिर रहेकाले उपस्थित हुन नसकेको स्रोतको दाबी छ ।

अनुपस्थित रहेकामध्ये पनि अधिकांशबाट साथ पाउने अवस्था नरहेकाले राणा सर्वोच्चमा एक्लिएका छन् ।

बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद जोगाउनका लागि न्यायालयमाथिको संकटलाई विषयान्तर गर्न खोजेको निष्कर्ष निकालेको छ ।

वर्तमान संकटको कारण अहिलेको न्यायिक नेतृत्व (प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा) नै भएको र उनैले ठोस निकास दिनुपर्ने बैठकको निष्कर्ष रहेको स्रोतले लोकान्तरलाई जानकारी दियो ।

'न्यायालयमाथिको विश्वास डगमगाएको, न्यायप्रतिको आस्था धरमराएको बेला यसलाई विषयान्तर गर्न खोजिएको छ,' बैठकको निष्कर्षबारे स्रोतले लोकान्तरसँग भन्यो, 'यसको ठोस निकास न्यायिक नेतृत्वले नै दिनुपर्छ ।'

बैठकमा न्यायिक नेतृत्वका कारण न्यायालयप्रतिको विश्वासमा आँच आएको विषयमा व्यापक छलफल भएको थियो ।

बैठक चल्दाचल्दै प्रधानन्यायाधीशले बार एसोसिएसनका पदाधिकारीको उपस्थितिमा फूलकोर्ट बैठक बोलाउने निर्णय गरेको सूचना पुगेको थियो ।

कुन हिसाबले र कुन उद्देश्यले बैठक राखेको भन्ने स्पष्ट भएन, अहिलेको संकटको कारण वर्तमान न्यायिक नेतृत्व नै हो भनेर न्यायाधीशहरू आक्रोशित भएका थिए ।

त्यसपछि भोलिको बैठकमा सहभागी नहुने निष्कर्ष निकालिएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x