×

NMB BANK
NIC ASIA

प्रधानन्यायाधीशविरुद्ध बारले घोषणा गरेका यस्ता छन् आन्दोलनका कार्यक्रम

कात्तिक १३, २०७८

NTC
Premier Steels

नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

Muktinath Bank

बारले आफ्नो केन्द्रीय समिति बैठकबाट प्रधानन्यायाधीशले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको तथा न्यायपालिकाको स्वच्छता एवं गरिमा राख्न नसकेको भन्दै राजीनामा दिन माग गरेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बारले कात्तिक १४–१७ गतेसम्म सर्वोच्च अदालतमा कालोपट्टि बाँधेर विरोध गर्ने निर्णय गरेको छ । कात्तिक १६ गते सर्वोच्च अदालत प्राङ्गणमै धर्ना र विरोधसभा गर्ने कार्यक्रम समेत तय गरिएको छ ।


Advertisment
Nabil box
Kumari

बारको बैठकपछि महासचिव लीलामणि पौडेलद्वारा जारी विज्ञप्तिमा कात्तिक १७ गतेभित्र पनि प्रधानन्यायाधीशले राजीनामा नदिएमा आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने उल्लेख छ ।

Vianet communication

बारले न्यायपालिकाको समग्र सुधारका लागि बाध्यात्मक रूपमा आन्दोलन गर्नुपरेको भन्दै सहयोगका लागि सेवाग्राही, कानून व्यवसायी र नागरिक समाजसँग आग्रह समेत गरेको छ ।

यस्तै, नेपाल बार एसोसिएसन परिसरमा २ जना कानून व्यवसायीबीच कुटाकुट भएको छ । शुक्रवार दिउँसो कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्ने र इजलास बहिष्कार गर्ने विषयमा भनाभन हुँदा दुवैबीच कुटाकुट भएको छ ।

कानून व्यवसायीहरूका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए । प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई दुव्र्यवहार गर्दै झापट हानेका थिए ।

‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरूले बताएका छन् । त्यसपछि दुवैबीच कुटाकुट भएको थियो । न्यौपाने बढी आक्रोशित हुँदै हातपात गरेका थिए ।

चुडालले पत्रकारहरूसँग कुरा गर्दै आफूले कानूनी बाटोबाट न्याय खोज्ने बताए । न्यौपानेले चाहिँ ‘सामान्य विवाद भएको’ भन्दै मिलापत्र भएको दाबी गरे । राजधानीमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x