×

NMB BANK
NIC ASIA

सर्वोच्चमा विद्रोह

सर्वोच्चमा दिनभर न्यायाधीशहरूको छलफल: राणासँग इजलास शेयर नगर्ने, जे गरे पनि सामूहिक निर्णय !

कात्तिक २२, २०७८

NTC
Premier Steels

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै खाले मुद्दाको नियमित पेशी तोक्ने तयारी गरेपनि न्यायाधीशहरू बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने अडानमा कायमै रहने भएका छन् ।

Muktinath Bank

जबराले मंगलवारदेखि नियमित पेशी तोक्ने तयारी गरेको सर्वोच्च स्रोतको दाबी छ । तर, बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्दै आएका न्यायाधीशहरू नियमित सुनुवाइमा फर्किन तयार भएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसो त प्रधानन्यायाधीश जबराले सोमवार आफू र कुमार चुडाल रहेको पूर्ण इजलास गठन गरेका थिए । न्यायाधीश चुडालले एकल इजलासमा मुद्दा हेरे पनि जबरासँग बेञ्च शेयर गरेनन् ।


Advertisment
Nabil box
Kumari

न्यायाधीशहरू चोलेन्द्रको मूभ हेरेर थप रणनीति तय गर्ने तयारीमा छन् ।

Vianet communication

'एक दुई दिन हेरौं, त्यसपछि थप मोडालिटी तय गरौंला भन्ने कुरा भयो,' बैठकपछि एक न्यायाधीशले लोकान्तरसँग भने, 'जे निर्णय गरे पनि सामूहिक निर्णय गरेर नै अगाडि बढ्ने कुरा भएको छ ।'

आजको इजलासमा सल्लाह गरेरै बसेको उनले बताए ।

'आज पनि सल्लाह गरेरै बन्दी प्रत्यक्षीकरणको इजलासमा बसेको हो,' उनले थपे, 'बैठकमा कतिञ्जेलसम्म यसरी अगाडि बढ्ने भन्ने छलफल भयो । एक दुई दिन हेरौं, त्यसपछि थप मोडालिटी तय हुन्छ ।'

अर्का एक न्यायाधीशले पनि प्रधानन्यायाधीश जबरासँग इजलास शेयर नगर्ने र बन्दीका मात्र मुद्दा हेर्ने अडानमा कायमै रहेको बताए ।

'उहाँ (प्रधानन्यायाधीश)लाई हामीले निकास दिनुस् भनेका छौं । सम्मानजनक रूपमा बिदा गर्न पाऊँ भन्ने पनि हाम्रो चाहना  हो,' ती न्यायाधीशले भने, 'बन्दीको मुद्दा कन्टिन्यु नै गर्ने, उहाँसँग इजलास नबस्ने भन्ने कुरा भएको छ । सम्माननीयज्यूसँग इजलास शेयर गर्दैनौं भनेर उहाँलाई हामीले भनिसकेका छौं ।'

प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने समझदारी न्यायाधीश र बारबीच पनि रहेको उनले खुलाए ।

'बारलाई माइनस गरेर हिँड्न भएन, अर्को पक्षले संयमता गुमायो भने पनि हामीले संयमता गुमाउनु भएन,' उनले भने, 'कम्प्लिकेटेड इस्यु हो । तत्कालै आशा गर्न पनि सकिन्न । डिले गर्दा उहाँलाई नै ड्यामेज भएको छ ।'

यता जबराले भने मंगलवारदेखि नियमित पेशी तोक्दा आफूनिकट केही न्यायाधीश इजलासमा फर्किने अपेक्षा गरेका छन् । तर त्यस्तो सम्भावना देखिएको छैन ।

सोमवारका लागि तोकिएका ६ मध्ये ५ इजलासमा सुनुवाइ भयो ।

कुमार चुडाल र बमकुमार श्रेष्ठको छुट्टाछुट्टै एकल इजलासबाट बन्दी प्रत्यक्षीकरणकै मुद्दामा कारण देखाऊ आदेश जारी भएको छ ।

तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासबाट पनि आदेश भएको छ भने विश्वम्भर श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले मिसिल झिकाउने आदेश गरेको छ ।

न्यायाधीशद्वय प्रकाश ढुंगाना र कुमार रेग्मीको इजलासले भने रिट नै खारेज गर्ने फैसला सुनाएको छ ।

यही कात्तिक ८ गतेदेखि सर्वोच्च अदालतका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दा हेरेका छैनन् ।

न्यायालयमा देखिएका समग्र समस्याको जड प्रधानन्यायाधीश जबरा नै भएको निष्कर्षमा पुगेका न्यायाधीशहरू उनले मार्ग प्रशस्त गर्नुपर्ने अडानमा छन् ।

कार्तिक ८ गते सर्वोच्च अदालतका १४ जना न्यायाधीशले प्रधानन्यायाधीश जबरामाथि प्रश्न उठाउँदै इजलास बहिष्कार गरेका थिए।

सो समयमा बिदामा रहेका अन्य ५ मध्ये ४ न्यायाधीश पनि बिदाबाट फर्किएपछि असन्तुष्ट न्यायाधीशहरूको खेमामा मिसिएका थिए ।

अर्का एक न्यायाधीश (ईश्वरप्रसाद खतिवडा)भने विदेशमा रहेकाले फर्किन बाँकी छ । बिदामा रहेका न्यायाधीश खतिवडाले पनि इमेलमार्फत न्यायाधीशहरूको विद्रोहमा ऐक्यबद्धता जनाइसकेको स्रोतको दाबी छ ।

सर्वोच्चका २० मध्ये १९ न्यायाधीश जबराले मार्ग प्रशस्त गर्नुपर्ने अडानमा यथावत छन् ।

प्रधानन्यायाधीश जबराले सम्मानजनक बहिर्गमन गर्न दिन प्रस्ताव पठाएपछि अनौपचारिक रूपमा वार्ता गर्नका लागि ३ जना न्यायाधीशहरूको वार्ता समिति पनि बनेको थियो ।

न्यायाधीशहरू अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र मनोजकुमार शर्मासहितको वार्ता समितिले प्रधानन्यायाधीश जबरासँग संवाद गरेको थियो ।

उक्त संवादमा जबराले बहिर्गमनको ठोस खाका नदिएपछि कुनै सहमति जुट्न सकेको छैन ।

'हामीसँग कुरा गर्दा एकदमै सौहार्दपूर्ण ढंगले कुरा गर्नुभएको थियो । केही कुरामा सोच्न सकिन्छ भनेर भन्नुभएको हो, तर उहाँबाट कंक्रिट प्रस्ताव आएको छैन,' संवादमा सहभागी एक न्यायाधीशले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x