बैशाख ११, २०८१
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
कात्तिक २८, २०७८
पश्चिमी सैन्य गठबन्धन नेटोले रुसको क्राइमिया नजिक केही दिनयता युद्ध अभ्यास थालेपछि रुस र पश्चिमबीचको तनाव नयाँ उचाइमा पुगेको छ ।
अमेरिकाको यूएस सिक्स्थ फ्लीटले नोभेम्बर महिनाको आरम्भतिर माउन्ट ह्वीट्नी जहाज कृष्णसागर (ब्ल्याक सी) मा नेटो साझेदार तथा सहयोगीहरूसँग नियमित जलक्षेत्रीय अभ्यासका लागि गएको जानकारी दिएको थियो । त्यससँगै नेटोका खोजी तथा निगरानी (रिकोनेसा) विमानहरू रुसको हवाईक्षेत्र नजिक बाक्लै गरी उड्न थालेका छन् ।
अमेरिकीहरूले यो नियमित सैन्य अभ्यास भएको बताए पनि रुसले यो तालिकाबाट बाहिर गएर गरिएको अभ्यास बताएको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रसिया २४ नामक टीभी च्यानलसँग कुरा गर्दै कृष्णसागरमा अमेरिका र नेटो साझेदारहरूले तनाव चर्काउने उद्देश्यले शक्तिशाली जहाज तथा रणनीतिक हवाई उडानका साथ अभ्यास गरिरहेको बताए ।
त्यसको प्रतिकारस्वरूप रुसको रक्षा मन्त्रालयले त्यही क्षेत्रमा पूर्वयोजनाविना नै अभ्यास गर्ने प्रस्ताव गरेको भए पनि तनाव चर्किने भएकाले आफूले त्यसका लागि अनुमति नदिएको पुटिनको भनाइ छ ।
त्यसो त गत मे महिनामा पनि नेटोले कृष्णसागर क्षेत्रमा ठूलै सैन्य अभ्यास गरेको थियो । स्टेडफास्ट डिफेन्डर २१ नाम दिइएको उक्त युद्ध अभ्यासले नेटोका ३० सदस्य राष्ट्रमध्ये एकमाथि आक्रमण गरिएको खण्डमा नेटोले दिने सैन्य प्रतिक्रियाको परीक्षण गर्न खोजेको थियो । अमेरिकी सैनिकहरूको तैनाथी तथा हातहतियारको सहज आपूर्ति गर्न सक्ने नेटोको क्षमतालाई पनि उक्त अभ्यासले जाँचेको थियो ।
रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको भन्दै नेटोले युद्ध अभ्यासलाई जायज ठहर्याउन खोजेको छ । रुसले युक्रेन नजिक महिनौंदेखि सेना तैनाथी गरेपछि अमेरिकी तथा युरोपेली अधिकारीहरूले त्यो युक्रेनमाथि आक्रमणको पूर्वसंकेत भएको व्याख्या गरेका छन् ।
गत अप्रिल महिनामा रुसले युक्रेनसँगको सीमा नजिक हजारौं सैनिकहरू भेला पारेपछि अमेरिका र नेटो साझेदारहरूको कान ठाडो भएको थियो । तीमध्ये कतिपय सैनिक पछि आआफ्नो अड्डामा फर्केको भए पनि ठूलो संख्यामा अझै पनि सीमा नजिक खटिएका छन् । सयौं हतियारबन्द गाडीहरू, ट्यांकहरू, आर्टिलरी र नयाँ पैदल सेनाका इकाइहरू पनि त्यहाँ तैनाथ छन् ।
तर पूर्वी युरोपमा आफ्नो प्रभाव विस्तार गर्नका लागि नेटोले प्रयास गरिरहेकाले प्रतिरक्षाका लागि आफूले सैन्य तैनाथी गरेको रुसको भनाइ छ । त्यही विस्तारको भूराजनीतिक सन्दर्भमा नेटोले जानाजान सैन्य तनाव बढाएको रुसको आरोप छ ।
युक्रेनका साथै अर्को छिमेकी बेलारुसमा समेत रुसले सैन्य उपस्थिति बढाएको छ । त्यहाँ उसले प्याराट्रूपरहरू तथा बमवर्षक विमान समेत पठाएको छ ।
पहिला यस तैनाथीको पृष्ठभूमिको चर्चा गरौं । बेलारुस र पोल्यान्डको सीमामा एसिया तथा अफ्रिकाबाट आएका दुई हजार शरणार्थीहरू भेला भएका छन् । उनीहरू कठ्यांग्रिदो जाडोमा लुगलुग काँप्दै पोल्यान्ड प्रवेश गर्न खोजिरहेका छन् ।
शरणार्थीहरूलाई पोल्यान्डका साथै लाट्भिया र लिथुआनियामा प्रवेश गर्न प्रेरित गरी बेलारुसले आफ्ना छिमेकीहरूमाथि ‘हाइब्रिड अट्याक’ गर्न खोजेको युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले आरोप लगाएकी छन् ।
पोहोर साल बेलारुसमा भएको आमनिर्वाचनमा धाँधली गरी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले कार्यकाल लम्ब्याएको आरोप लगाउँदै युरोपेली संघ (ईयू) ले बेलारुसविरुद्ध प्रतिबन्ध लगाएको थियो । लुकाशेन्कोले निरंकुश शासन चलाउँदै मानवअधिकारको घोर उल्लंघन गरेको पनि ईयूको कथन छ ।
ईयूले लगाएको प्रतिबन्धका कारण आक्रोशित भएका लुकाशेन्कोले उसका विरुद्ध प्रतिकारका लागि शरणार्थी संकट उब्जाएको ईयूका अधिकारीहरू बताउँछन् । लुकाशेन्कोले युरोपमा मानव तस्कर, लागूऔषध तस्कर तथा सशस्त्र आप्रवासीहरू पठाएर युरोपलाई अशान्त बनाउन खोजेको उनीहरूको आरोप छ ।
बेलारुस आइपुगेका शरणार्थीहरूलाई कुन विन्दुबाट युरोपेली संघको सदस्य राष्ट्रको सीमाभित्र पसाउने अनि अर्को देशको सीमारक्षकलाई के बताउने भनी बेलारुसीहरूले तालिम दिएको आरोप पनि छ । अनि बेलारुसका विपक्षी दलहरूलाई समर्थन गरेकाले पोल्यान्डविरुद्ध लुकाशेन्को बढी रिसाएको पनि बताइएको छ ।
त्यस्तो कदमलाई दण्ड दिनका लागि ईयूले बेलारुसमाथि थप प्रतिबन्धका विषयमा विचार गरिरहेको सञ्चारमाध्यमहरूले खबर दिएका छन् ।
बेलारुसले भने यी सबै आरोपको खण्डन गरेको छ । आफूमाथि थप प्रतिबन्ध लगाइएमा युरोप पठाउने ग्यासको आपूर्ति रोकिदिने चेतावनी पनि बेलारुसले दिएको छ ।
यस्तो स्थिति कायम रहँदा यसले हिंस्रक द्वन्द्व वा युद्धलाई निम्त्याउन सक्ने चेतावनी पनि दिइएको छ । इस्टोनियाका परराष्ट्रमन्त्री काल्ले लानेटले शरणार्थी संकट बृहत्तर युद्धमा परिणत हुन सक्ने बताएका छन् ।
त्यस्तै बेलायतका सर्वोच्च सैन्य अधिकारी चीफ अफ डिफेन्स स्टाफ जनरल सर निक कार्टरले शनिवार द टाइम्स रेडियोसँग कुराकानी गर्दै बेलायतका तथा उसका नेटो साझेदारहरू र मस्कोबीच सैन्य द्वन्द्व चर्किने जोखिम बढेर गएको बताएका छन् ।
बहुध्रुवीय विश्व व्यवस्थाले प्रतिस्पर्धालाई थप चर्काएको र यसले दुर्घटनावश शुरू हुने युद्धको सम्भाव्यतालाई बढाएको उनको कथन छ । हुन पनि बेलारुस र युक्रेनको तनाव युद्धको फ्ल्याशपोइन्ट बन्न सक्ने सम्भावना छ ।
युद्धको सम्भावनालाई बल पुग्ने गरी आरोपप्रत्यारोपको शृंखला चलेको छ । शरणार्थी संकट चर्काउन रुसको पनि भूमिका रहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् ।
पोल्यान्डले शरणार्थीहरूलाई पश्चिम एसियाका मुलुकबाट बेलारुस ल्याएर ईयू सदस्य मुलुकको सीमामा ल्याउने षड्यन्त्रमा रुस संलग्न रहेको ठाडो आरोप लगाएको छ । बेलारुसका लुकाशेन्कोलाई मस्कोको आशीर्वाद प्राप्त भएकाले उनले ईयूविरुद्ध साहस प्रदर्शन गर्न सकेका हुन् ।
पुटिनले भने रुसमाथि लगाइएको आरोप झूटो भएको बताएका छन् अनि रुसी विमानहरूले शरणार्थीहरू बोक्ने नगरेको स्पष्ट पारेका छन् । बेलारुसका राष्ट्रपति लुकाशेन्कोले युरोपलाई पठाउने ग्यासको आपूर्ति कटौती गर्ने भनी दिएको धम्कीलाई पनि अनुचित बताएका छन् । तर पुटिनको भनाइलाई पश्चिमीहरूले पत्याइरहेका छैनन् ।
ईयूसँगको तनाव बढिरहेको अवस्थामा आफ्नो साझेदारको सुरक्षाका लागि मस्कोले बेलारुसमा पोल्यान्ड सीमानजिक सैनिकहरू समेत पठाएको छ । त्यसो त रुसले यसरी अचानक आफ्ना सैनिकहरू त्यहाँ अभ्यासका लागि पठाएको भनेको छ । त्यससँगै गत साता दुईपटक रुसका आणविक बमवर्षक विमानहरू बेलारुसमा उडेका थिए ।
रुसी अधिकारीहरूले पोल्यान्डमा बेलारुस सीमा नजिक सैन्य तैनाथी बढेकाले प्रतिक्रियास्वरूप यो उडान गरिएको बताएका छन् ।
युक्रेन सीमानजिक सैन्य तैनाथी कायम रहेको अवस्थामा बेलारुसमा समेत सैन्य तैनाथी रुसले गरेकाले यो बृहद् रणनीति अन्तर्गत चालिएको कदम हो भन्ने बुझाइ पश्चिमको छ । सैन्य विश्लेषकहरूले बेलारुस सीमामा तनाव चर्किएको फाइदा उठाउँदै पूर्वी युक्रेनमा आक्रमण गर्ने पुटिनको योजना हो भनेर समेत अनुमान गरेका छन् ।
त्यसको प्रतिकार गर्नका लागि बेलायतले आफ्ना सयौं सैनिकहरू बेलारुस सीमा नजिक पोल्यान्डमा तैनाथ गरेको छ । पोल्यान्डका २० हजार सैनिकहरू पहिलेदेखि नै बेलारुस सीमामा खटिएका छन् ।
त्यसमाथि रुसले नेटोमा पठाउने गरेको आफ्नो प्रतिनिधिको क्रियाकलाप बन्द गर्ने अनि मस्कोमा रहेको नेटोको कार्यालय पनि बन्द गर्ने निर्णय लिएकाले पश्चिमसँगको युद्धको सम्भावना थप बढेको छ ।
फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...