×

किसानका पीडा

सुदूरपश्चिममा ६ अर्बको धान क्षति, १ महिनापछि मिलेको राहत जम्मा १३ किलो गहुँको बिउ !

मंसिर ५, २०७८

असोज ३१ देखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षा तथा बाढीबाट सदूरपश्चिम प्रदेशमा करीब ६ अर्ब बराबरको धानबाली क्षति भएको छ । 

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय धनगढीको तथ्यांक अनुसार ५ अर्ब ९५ करोड ७ लाख रुपैयाँको क्षति भएको छ ।


Advertisment

सबैभन्दा बढी कैलाली जिल्लामा ४ अर्ब ६३ करोड ३४ लाख ७० हजार रुपैयाँ बराबरको क्षति भएको छ । कैलालीमा ५० प्रतिशत जमिनमा रोपिएको धानबाली पूर्ण क्षति भएको छ भने कञ्चनपुर जिल्लामा १ अर्ब १६ करोड १५ लाख रुपैयाँ बराबरको क्षति भएको मन्त्रालयको तथ्यांकमा छ ।


Advertisment

तर कैलारी गाउँपालिकाबाहेक कुनै पनि निकायले हालसम्म राहत वितरण गर्न नसकेको पाइएको छ । कैलारी गाउँपालिकाले पनि आफ्नो मापदण्ड तथा निर्णय अनुसार वितरण गर्न सकेको छैन ।

किसानलाई १३ किलो गहुँ !

बेमौसमी वर्षाले विक्षिप्त कैलालीको कैलारी गाउँपालिका–६ बेनौलीकी राजकुमारी देवी चौधरी गाउँपालिकाले राहत स्वरूप पठाएको गहुँको बिउ गाउँमै पुगेपछि निकै हर्षित थिइन् । उनी गाउँका भलमन्सा (गाउँ प्रमुख) कहाँ बिउ लिन पुगिन् । 

आफ्नो जग्गाको क्षेत्रफल अनुसार १२० किलो बिउ पाउने सुनेकी उनलाई १ बोरा (४० किलो) बिउ ३ भाग लगाएर दिएपछि उनको अनुहार मलिन भयो तर नहुनुभन्दा त जाती भन्दै उनले ३ भागको १ भाग अर्थात १३ किलो बिउ लगिन् ।

उनले भनिन्, ‘गाउँपालिकाको जग्गा वर्गीकरण तथा राहत मापदण्ड अनुसार १२० किलो हो तर यहाँ त मापदण्ड न सापदण्ड आएको थोरै बिउ सबै गाउँलेलाई पुर्‍याउन धौधौ देखियो । १३ किलो पनि स्वीकार्नैपर्‍यो ।’

कैलारी गाउँपालिकाले १० कठ्ठासम्म धानबाली क्षति भएका किसानलाई ४० किलो, १० कठ्ठादेखि १ बिघा जमिनमा धानबाली क्षति भएकालाई ८० किलो, १ विघादेखि २ विघासम्म क्षति भएकालाई १२० किलो र २ विघाभन्दा माथि क्षति भएकालाई शतप्रतिशत अनुदानमा २४० किलो बिउ दिने मापदण्ड बनाएको छ ।

तर गहुँ छर्ने बेला घर्किनै लाग्दा समेत गाउँपालिकाले वडा कार्यालयमार्फत थोरै परिमाणमा बिउ पठाउँदा गाउँलेबीच विवाद नहोस् भनेर सबैलाई पुग्ने गरी १३ किलोका दरले बिउ वितरण गरिएको बेनौलीका भलमन्सा रामऔतार चौधरीले सुनाए ।

कैलारी गाउँपालिकाका कृषि शाखा प्रमुख दिपक खड्काले चाहे अनुसारको गहुँको बीउ प्राप्त नहुँदा समस्या भएको बताए । थप बिउ आउने बित्तिकै पठाउने उनले बताए । गाउँपालिकाले बनाएको राहत वितरण मापदण्डप्रति उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘शतप्रतिशत दिने निर्णय भएको छ तर हामीसँग रकम कहाँ छ ? गाउँपालिकाभर वितरण गरियो भने ९ करोड ७६ लाख बजेट चाहिन्छ । निर्णय गरियो तर थैलीको मुख हेरिनँ । जम्मैलाई मापदण्ड अनुसार वितरण गर्न सकिन्न ।’ 

उनका अनुसार ९ वडा रहेको गाउँपालिकाले पहिलो चरणमा प्रतिवडा ६८० बोरा वितरण गरेको छ । अब थप १८० बोराका दरले वितरण हुने जानकारी दिए ।

सुदूरपश्चिमको कैलारीबाहेक अन्य स्थानीय तहले बाढी प्रभावित लक्षित कार्यक्रम ल्याउन सकेका छैनन् ।

विनाशकारी बाढी आएको १ महिना पूरा भएको छ । संघीय, प्रदेश सरकार र स्थानीय तहहरूले बाढी प्रभावितलाई लक्षित गरी नानाथरिका राहतको प्याकेज घोषणा गरेका छन् ।

तर हालसम्म कुनै पनि सरकार तथा स्थानीय तहले राहत सहज रूपमा पुर्‍याउन सकेका छैनन् । संघीय सरकार र प्रदेश सरकारबाट घोषणा गरिएका कार्यक्रम मापदण्डमै सीमित छन् ।

सुस्त सुदूरपश्चिम सरकार

यहाँका किसानलाई हाल गहुँ छर्ने चटारो छ । तर धान बालीमा भएको क्षतिले नत उनीहरूले सहज रूपमा बिउको जोहो गर्न पाएका छन्, न रासायनिक मलको नै । किसानहरू तीनै तहको सरकारबाट उपेक्षित भएको दुःखेसो पोखिरहेका छन् ।

तर सुदूरपश्चिम सरकार भने किसानलाई तत्काल राहतको कार्यक्रम नभएको बताउँछ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता गोकुल बोहराले भने, ‘धान क्षतिको क्षतिपूर्ति केन्द्रले दिने भन्ने छ । त्यसको लागि कार्यविधि पनि बनाइँदै भन्ने कुरा आएको छ । धानबाहेक तोरी, आलु, पशुपंक्षीमा हाम्रो प्रदेशबाट प्रक्रिया अगाडि बढ्छ । आवेदनको मूल्यांकन प्रक्रिया बढेको छ । हामी नगदै दिन्छौं । धान बाहेकमा हामी नगदै दिन्छौं । मापदण्डअनुसार दिन्छौं ।’

सुदूरपश्चिम प्रदेश सरकारले जारी गरेको प्राकृतिक विपदहरूबाट कृषि तथा पशुपंक्षी व्यवसायको क्षेत्रमा पुर्‍याएको क्षतिमा राहत प्रदान सम्बन्धी मापदण्ड २०७७ अनुसार खाद्यन्न बालीहरूमा पूर्ण क्षति भएमा प्रति रोपनी (डेढ कठ्ठा) ४ सय रुपैयाँ, नगदे बाली क्षति भएमा प्रति रोपनी एक हजार रुपैयाँका दरले राहत वितरण गर्ने उल्लेख छ

संघीय कार्यक्रमको पर्खाइमा प्रशासन

संघीय सरकारले बाढीबाट प्रभावितहरूका लागि राहत प्याकेज घोषणा गरेको छ । तर हालसम्म घोषणामै सीमित भएको पाइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले आफूहरूले कृषि, पशु, भौतिक पूर्वाधारलगायत क्षतिको विवरण गृह मन्त्रालयसहित सम्बन्धित मन्त्रालयमा पठाएको बताए ।

हालसम्म संघीय सरकारको कुनै पनि मन्त्रालयबाट कार्यक्रम आउन नसकेको उनले बताए ।

संघीय सरकारले १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउने बताइएको छ ।

४० कट्ठासम्म (दुई बिघा)जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने भएको छ । पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइने बताइएको छ ।
 

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x