×

NMB BANK
NIC ASIA

मोरङ कांग्रेसको सभापतिमा लिम्बु र गच्छदार भिड्दै

मंसिर ९, २०७८

NTC
Premier Steels

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङमा शुक्रवार जिल्ला अधिवेशनका लागि मनोनयन दर्ता हुँदैछ ।

Muktinath Bank

कांग्रेसको उर्वरभूमि मानिएको मोरङमा जिल्ला नेतृत्व हत्याउनका लागि नेताहरू महिनौंदेखि बालुवाटारदेखि कोइराला निवाससम्म धाइरहेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब सभापतिमा डिकबहादुर लिम्बू र दिलिप गच्छदारबीच प्रतिस्पर्धा हुने पक्का भएको कांग्रेसका नेताहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

१३औं अधिवेशनमा देउवा प्यानलबाट जिल्ला सभापति जितेका डिकबहादुर लिम्बू यसपटक शेखर कोइराला प्यानलबाट उठ्ने भएका छन् । उनले आफू जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका छन् । संस्थापन समूहबाट दिलिप गच्छदारले उम्मेदवारी दिने भएका छन् । उनले सामाजिक सञ्जालमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।

Vianet communication

उनी यसअघि पार्टीको जिल्ला उपसभापति र श्रम राज्यमन्त्री समेत भइसकेका हुन् । यदु विष्ट र नागेश कोइराला तथा खडग फागो पनि सभापतिका आकांक्षी देखिएका छन् । बिष्ट नेता कृष्णप्रसाद सिटौला पक्षका हुन् भने फागो र कोइराला संस्थापन इतरका हुन् ।

बहालवाला सचिव रहेका कोइरालाले विराटनगर महानगरपालिकाको मेयरको ‘बार्गेनिङ’का लागि मात्रै सभापतिमा उठ्ने चर्चा गरेको उनी निकट एक नेताले लोकान्तरलाई बताए । 

उर्लावारी नगरपालिकाका मेयर खड्ग फागोको चर्चा रहे पनि उनले उम्मेदवारी दिने/नदिने टुंगो लागिसकेको छैन । फागो नेताहरूसँग छलफल गरिरहेका उनी निकट स्रोतले जनाएको छ । 

धेरै जनाको नाम आए पनि संस्थापन पक्ष र कोइराला पक्ष भएर चुनावी मैदानमा जाने निश्चित रहेको जिल्लास्तरीय एक नेताले बताएका छन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x