×

NMB BANK
NIC ASIA

पदाधिकारीमा केही संख्या थपेर भएपनि सर्वसम्मत नेतृत्व चयन गरौं भन्ने प्रतिनिधिको भावना छ– गोकर्ण विष्ट

मंसिर १०, २०७८

NTC
Premier Steels

नेकपा एमालेका सचिव गोकर्ण विष्टले विधान संशोधनमार्फत पदाधिकारी थप गरेर भएपनि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने प्रतिनिधिको भावना रहेको बताएका छन् । दशौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नेतृत्वमा सहमति जरुरी रहेको उनले बताए । 

Muktinath Bank

शुक्रवार राति चितवनको सौराहामा पत्रकारहरुसँग कुरा गर्दै विष्टले कसले उम्मेदवारी घोषणा गरे भन्ने विषय गौण भएको बताएका हुन् । ‘केही संख्या थपेर भएपनि सहमति गरौं भन्ने सुझाव आएको छ । केन्द्रीय कमिटीले के निर्णय गर्छ भनेर मैले अहिलै भन्न सक्दिन,’ विष्टले भने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमाले केन्द्रीय कमिटीको बैठक शुक्रवार राति सौराहामा बस्दैछ । राति ९ बजेसम्म बैठक शुरु भएको छैन । भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको सम्बन्धमा सोधिएको प्रश्नमा सचिव विष्टले आफूहरुसँग कुनै छलफल नभएको बताए । ‘को को साथीहरुले कहाँ के घोषणा गर्नु भएको छ, तपशीलको विषय हो । हामी सर्वसम्मत नेतृत्व चयन गर्नुपर्छ भनेर लागेका छौं’ उनले भने ।


Advertisment
Nabil box
Kumari

सचिव विष्टले अहिलेसम्म आफूले महाधिवेशनमा कुन पदमा लड्ने भनेर निर्णय लिइ नसकेको बताए । ‘मैले आवस्यक परेको अवस्थामा घोषणा गर्नेछु । महाधिवेशनले उपयुक्त जिम्मेवारी दिनेछ भन्ने कुरा विश्वास छ, आवस्यकता पर्दा घोषणा गर्छु’ पत्रकारहरुको जिज्ञासामा विष्टले भने । 

Vianet communication

एमालेको बन्द शत्र शनिवार बिहान चितवनको सौराहामा शुरु हुँदैछ । चितवनको नारायणगढमा शुक्रवार दिउसो एमालेको दशौं महाधिवेशन उद्घाटन भएको थियो । 

उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने बताएपछि एमालेमा सर्वसम्मतिमा नेतृत्व चयन गर्ने विषय पेचिलो भएको छ । शुक्रवार राति सौराहामा पत्रकारसँग कुरा गर्दै रावलले प्रतिष्पर्धामा लागि आफू तयार रहेको र भोलि उम्मेदवारी दिने बताएका छन्  ।

रावलले पदाधिकारीको संख्या थप गर्ने विषयमा पार्टीमा औपचारिक छलफल शुरु नभएको बताए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x