×

NMB BANK
NIC ASIA

एमाले महाधिवेशन

मध्यरातमा एमाले बैठक– पदाधिकारी थप्ने, पोलिटब्युरो बनाउने र केन्द्रीय सदस्यको संख्या बढाउने निर्णय

मंसिर ११, २०७८

NTC
Premier Steels

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ जना पुर्‍याउन प्रस्ताव गरेको छ ।

Muktinath Bank

शुक्रवार मध्यरातमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या थप गर्ने, केन्द्रीय सदस्यको संख्या २२५ बाट ३०१ पुर्याउने तथा पोलिटब्युरो गठन गर्ने प्रस्ताव पारित भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीको संख्या बढाउने प्रस्ताव केन्द्रीय कमिटीमा पेश गरेका थिए । ओलीको प्रस्ताव सर्वसम्मतिले पारित गरेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

शनिवार शुरु हुने बन्दशत्रमा यो प्रस्ताव पेश गरिने छ । विधान संशोधनका लागि महासचिव ईश्वर पोखरेलले राखेको प्रस्ताव केन्द्रीय कमिटी बैठकबाट पारित भएको छ । अब एमालेको बन्दशत्रले पारित गरेपछि यो प्रस्ताव लागू हुनेछ । 

Vianet communication

नेतृत्व चयनमा देखिएको जटिलता हल गर्न नेकपा एमालेले पदाधिकारीको संख्या बढाएर १९ पुर्‍याउन प्रस्ताव गरेको हो । 

अब एमालेमा अध्यक्ष, ७ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव रहने छन् । यसअघि एक वरिष्ठ उपाध्यक्ष सहित ४ उपाध्यक्ष रहने व्यबस्था रहेकोमा सो संख्या बढाएर ७ पुर्‍याउन प्रस्ताव गरिएको छ । 

यस्तै उपमहासचिवको संख्या ३ पुर्‍याउन प्रस्ताव गरिएको छ । यसअघि २ उपमहासचिव रहने व्यबस्था भएकोमा असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिवको संख्या १ मा सिमित गरेको थियो । विधान महाधिवेशनले गरेको व्यबस्था विपरित एमालेमा पोलिटब्युरो बनाउने प्रस्ताव गरिएको छ । 

९९ सदस्यीय पोलिटब्युरो बनाउने तथा केन्द्रीय सदस्यको संख्या २२५ बाट बढाएर ३०१ बनाउन पनि प्रस्ताव गरिएको छ । .

४५ सदस्यीय स्थायी कमिटी बनाउन प्रस्ताव गरिएको छ । केन्द्रीय कमिटी बैठकलाई सम्वोधन गर्दै ओलीले दशौं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन र सबैलाई समेट्न पदाधिकारीको संख्या थप गर्नु परेको बताएका थिए । 

अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका उपाध्यक्ष भीम रावलले पदाधिकारीको संख्या थप गर्ने प्रस्तावमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यसअघि शुक्रवार राति सौराहामा पत्रकारहरुसँग कुरा गर्दै रावलले भोलि उम्मेदवारी दिने बताएका थिए । 

केन्द्रीय कमिटी बैठकमा एकै पदमा दुई कार्यकालभन्दा बढी उम्मेदवार बन्न नपाउने व्यबस्था खारेज गर्न प्रस्ताव गरिएको स्रोतले दावी गरेको छ ।

विधानमा त्रुटिबस केन्द्रीय सदस्य पनि दुई कार्यकाल भन्दा बढी लड्न नपाउने भन्ने उल्लेख भएकोले सच्चाइएको भट्टराईले जानकारी दिए ।

भोलिको बन्द शत्रमा विधान संशोधनको प्रस्ताव लैजाने निर्णय गरेको सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x