×

NMB BANK
NIC ASIA

करण चौधरीले घोषणा गरे नाडाको अध्यक्षमा उम्मेदवारी, को-को छन् प्यानलमा ?

मंसिर १५, २०७८

NTC
Premier Steels

अटो व्यवसायी करण चौधरीले नाडाको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

Muktinath Bank

उनले बुधवार औपचारिक कार्यक्रममार्फत् प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नाडाको गरिमा, व्यवसायीको साथ, बलियो संगठन, अटुट विश्वास’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरे । 


Advertisment
Nabil box
Kumari

प्यानल घोषणा कार्यक्रममा नाडाका महासचिव सुनिल रिजालले कार्यसमितिको संख्या बढाएर १७ पुर्‍याइएको जानकारी दिए । 

Vianet communication

यसअघि कार्यसमिति १४ सदस्य मात्रै रहने गरेका थिए ।

मंसिर २३ गते नाडाको निर्वाचन हुँदैछ । सदस्यहरूलाई सफल बनाउन काम गरिरहेको र त्यस्ता कार्यक्रम गर्दै जाने उनको भनाइ छ । 

आफ्नो टिमले जित्ने रिजालले दाबीसमेत गरेका छन् । नाडा निर्वाचनले २ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गर्नेछ । 

उम्मेदवार राजनबाबू श्रेष्ठले सकेसम्म अझै पनि सहमतिको प्रयास भइरहेको जानकारी दिए । चौधरी प्यानलमा सबै क्षेत्रमा अनुभव प्राप्त टिम रहेको उनको दाबी छ ।

कार्यक्रममा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका चौधरीले आफूले सबै क्षेत्रलाई समेटेर नाडामा उम्मेदवारी घोषणा गरेको बताए । 

चौधरीको सो–प्यानलमा अटोमोबाइल क्षेत्रमा लामो अनुभव बोकेका व्यवसायी देखि नयाँ युवा पुस्ताका समेत समेटिएका  छन् ।

सम्पूर्ण अटो क्षेत्र प्रतिनिधित्व गर्ने चार पाङ्ग्रे, दुई पाङ्ग्रे, ब्याट्री, लुब्रीकेन्ट, टायर, स्पेयर पार्टस्, हेभिइक्युपमेन्ट, सवै क्षेत्रलाई समेटर टिम बनेको चौधरीले जनाएका छन् ।

‘म गर्वका साथ भन्छु, सक्षम नेतृत्वका लागि म अध्यक्ष पदको प्रत्यासी हुँ,’ उनले भने । 

भोट हाल्नु अगाडिसम्म सर्वसम्मतिको लागि वातावरण बनाउने उनको भनाइ छ । 

‘मैले जित्छु भन्ने अहमता होइन, विश्वास हो, सर्वसम्मतिका लागि अन्तिमसम्म पनि मैले प्रयास गर्नेछु,’ उनले भने । 

उनले मतदाताहरूलाई जानकारी दिनका लागि आज प्यानल घोषणा गरेको बताए । तर अन्तिमसम्म सहमति खोज्ने प्रतिबद्धता जनाए । 

‘मेरो टिम उद्योगमुखी हुनेछ, सबै क्षेत्रका उद्यमीहरूलाई टिममा समेटेका छौँ,’ उनले भने, ‘मुलुकमा युवाको खाँचो छ ।’

आज प्यानल घोषणा भए पनि कुन पदमा भन्ने भने खुलाइएको छैन । 

को–को छन् करण चौधरी प्यानलमा ?

  • सुनिल रिजाल
  • अनुपकुमार बराल
  • सुरेन्द्र कुमार उप्रेती
  • विक्रम सिंघानीया
  • राजनबाबु श्रेष्ठ
  • अभिक ज्योति
  • मिलनबाबु मल्ल
  • पंकज अग्रवाल
  • प्रकाश कपुरी
  • निलमणि पाठक
  • वरदान बस्नेत
  • निशान ढकाल
  • गोपाल  भट्टराई
  • राजेन्द्र अग्रवाल
  • राजेन्द्र अग्रवाल
  • गंगाराज भट्टराई
  • वर्ण न्यौपाने
  • देवराज भण्डारी

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x