माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
मंसिर १६, २०७८
जलवायु परिवर्तनका कारण आर्कटिक अर्थात् उत्तरी ध्रुव द्रुत गतिमा पग्लिन थालेको छ । त्यहाँको हिउँ पग्लेर विशाल समुद्र बन्न थालेको खबर विभिन्न सञ्चारमाध्यमहरूले दिएका छन् ।
मंगलवार नेचर कम्युनिकेसन्स नामक जर्नलमा प्रकाशित एक अध्ययनले सन् २०६० को दशकसम्म उत्तरी ध्रुवमा हिमपात नभई पानीको वर्षा हुन सक्ने अनुमान गरेको छ । अर्थात् उत्तरी ध्रुव पनि विश्वका अन्य भाग जस्तै आवागमनयोग्य बन्ने दिशामा अघि बढिरहेको छ ।
तर यस विकासक्रमले संसारभरि वातावरणीय संकट ल्याउने आकलन गरिएको छ । यसरी उत्तरी ध्रुव पग्लिँदै जाँदा समुद्रको सतह ७० मिटरसम्म बढेर संसारभरि तटीय क्षेत्रका शहरहरू डुब्ने चेतावनी वैज्ञानिकहरूले दिएका छन् । त्यस्तो अवस्थाले अन्य क्षेत्रका अलावा विश्व राजनीतिलाई पनि प्रभाव पार्नेछ ।
यस आलेखमा चाहिँ उत्तरी ध्रुव पग्लिने परिघटनाले भूराजनीतिमा पार्न सक्ने असरका विषयमा चर्चा गरिनेछ । उक्त क्षेत्रमा हिउँ पग्लिन थालेपछि जहाजहरू चलाउन सहज हुनेछ । त्यस क्षेत्रबाट जहाज चल्न थालेपछि सामान ओसारपसार गर्न छोटो बाटो मिल्नेछ जसको फाइदा उठाउनका लागि सरोकारवाला मुलुकहरूले हानथाप गर्ने सम्भावना देखिन्छ ।
उत्तरी ध्रुवको बाटो हुँदै चीनको शांघाईबाट जर्मनीका बन्दरगाहहरूसम्म पुग्न ४६ सय किलोमिटर छोटो हुने इन्टरनेसनल इन्स्टिच्युट फर स्ट्राटेजिक स्टडीजको अध्ययनले देखाएको छ । अहिले स्वेज नहर हुँदै चिनियाँ कारोबार हुने गरेकोमा उत्तरी ध्रुवको बाटो खुलेपछि कारोबार थप सहज बन्नेछ ।
उत्तरी ध्रुवको बाटो हुँदै गरिने आवागमनसँगै उक्त क्षेत्रमा रहेको प्राकृतिक स्रोतको खानीमा पनि मुलुकहरूको पहुँच बढ्नेछ । अमेरिकाको भौगर्भिक सर्वे संस्थाका अनुसार, उत्तरी ध्रुवमा लगभग १३ प्रतिशत तेलखानी र ३० प्रतिशत ग्यासको भण्डार छ । ती स्रोतहरूमा पहुँच पाउने मुलुकले आफ्नो अर्थतन्त्रलाई थप सबल बनाउन पाउँछन् ।
तर उत्तरी ध्रुवको भूभागमा स्वामित्वका विषयमा विभिन्न मुलुकबीच विवाद छ । त्यहाँ रहेका प्राकृतिक स्रोतमा दाबी गर्नका लागि भूभागमाथिको स्वामित्वको बलियो आधार मुलुकहरूका लागि महत्त्वपूर्ण छ । स्वामित्वको विवाद छिनोफानो गर्ने संयुक्त राष्ट्रसंघको सामुद्रिक कानून महासन्धि (अनक्लोस) ले हो तर अमेरिका अहिलेसम्म त्यस महासन्धिको पक्षराष्ट्र बनेको छैन ।
उत्तरी ध्रुवका मामिलाहरू हेर्नका लागि आर्कटिक काउन्सिल नामक संस्था सन् १९९६ मा गठन गरिएको थियो । त्यसमा उत्तरी ध्रुव क्षेत्रमा पर्ने क्यानडा, डेनमार्क, फिनल्यान्ड, आइसल्यान्ड, नर्वे, रुस, स्विडेन र अमेरिका सदस्य छन् । चीन, भारत, जापान, दक्षिण कोरिया र सिंगापुरले त्यसमा पर्यवेक्षक मुलुकको हैसियत पाएका छन् ।
जलवायु परिवर्तनसँगै उत्तरी ध्रुव सुगम बन्दै जाँदा रुस र चीनलाई बढी फाइदा हुने देखिएको छ । रुसको कुरा गर्दा उत्तरी ध्रुवमा उक्त मुलुकको भूभाग अरूको भन्दा बढी छ । त्यसका साथै उत्तरी ध्रुवमा बस्ने व्यक्तिहरूमध्ये सबभन्दा बढी रुसीहरू नै छन् ।
त्यसैले उत्तरी ध्रुवमा आफ्नो प्रभुत्व थप मजबूत पार्नका लागि रुसले उक्त क्षेत्रमा सैन्य गतिविधि बढाउँदै लगेको छ । उत्तरी ध्रुवको फ्रान्ज जोसेफ ल्यान्ड नामक स्थानमा रुसले सैन्य अड्डा बनाइरहेको बारेमा बीबीसीमा साराह रेन्सफोर्डले विस्तृत वर्णन गरेकी छन् । उनका अनुसार, रुसले उक्त स्थानमा बेस्टियन मिसाइल लोन्चरहरू राखेको छ । शत्रु मुलुकका जहाजलाई ध्वस्त पार्नका लागि उक्त क्षेप्यास्त्रहरू तैनाथ गरिएको एक रुसी सैनिकले रेन्सफोर्डलाई बताए ।
त्यसैगरी फाइनान्सियल टाइम्स पत्रिकामा नतासिया एस्ट्राशेउस्कायाको बुधवार प्रकाशित एक रिपोर्टमा उल्लेख भएअनुसार, रुसले संसारकै पहिलो तैरिरहेको आणविक भट्टी उत्तरी ध्रुवको पेभेक नामक स्थानमा बनाइसकेको छ । उक्त आणविक भट्टीले प्राकृतिक स्रोत उत्खननका लागि ऊर्जाप्रवाह गर्नेछ ।
त्यससँगै रुसले व्यापक संख्यामा हिउँ हटाउने यन्त्र आइसब्रेकरहरू उत्तरी ध्रुवका विभिन्न स्थानमा तैनाथ गरेको छ । त्यसबाट उत्तरी ध्रुवमा वर्षैभरि जहाज चलाउन सहज हुनेछ । दशकौंदेखि प्रवाहयोग्य जल भएको समुद्र (वार्म वाटर सी) को खोजीमा चिन्तित रहेको रुसलाई आफ्ना जहाज अड्याउन र तैराउन अब उत्तरी ध्रुवमा सहज हुने भएको छ ।
चीन पनि उत्तरी ध्रुवमा प्रभाव जमाउन तम्तयार भएर बसेको छ । विगत १० वर्षमा चीनले आफूलाई उत्तरी ध्रुवको एक सरोकारवालाका रूपमा स्थापित गर्न विभिन्न प्रयास गरेको छ जबकि उसको भूभाग उत्तरी ध्रुवसँग जोडिँदैन ।
सन् २०१३ मा चीन आर्कटिक काउन्सिलको पर्यवेक्षक मुलुक बनेको थियो । अनि सन् २०१८ मा चीनले आफूलाई उत्तरी ध्रुव नजिकको (नीयर आर्कटिक) राज्य घोषणा गरेको थियो । त्यसअतिरिक्त उसले ध्रुवीय रेशम मार्ग अर्थात् पोलर सिल्क रोडको समेत घोषणा गरेको छ ।
यस सिल्क रोडले आर्कटिक सर्कल अर्थात् उत्तरी ध्रुवको क्षेत्रमा पर्ने मुलुकहरूमार्फत उत्तर अमेरिका, पूर्वी एसिया र पश्चिम युरोपलाई जहाजमार्गका माध्यमले जोड्न खोजेको छ । यसरी उत्तरी ध्रुवमा कनेक्टिभिटी बढाउनुका साथै चीनले उक्त क्षेत्रमा खोजी तथा उत्खननको अधिकारमा पनि दाबी गरिरहेको छ ।
पोलर सिल्क रोडलाई अघि बढाउनका लागि चीनले ग्रीनल्यान्डमा विमानस्थलको स्तरोन्नति तथा पुरानो सैन्य अड्डाको खरिद प्रयास लगायतका गतिविधिहरू गरिरहेको छ । यसबाट आर्कटिक काउन्सिलका सदस्य मुलुकहरूले असहज अनुभव गरिरहेका छन् । तर अहिलेसम्म उत्तरी ध्रुवमा चीनले वैज्ञानिक अनुसन्धान कार्यहरू मात्र गर्न पाइरहेको छ ।
महत्त्वपूर्ण रूपमा, उत्तरी ध्रुवका विषयमा रुस र चीनबीच सहकार्यको सहमति बनेको छ । द डिप्लोम्याट पत्रिकामा शेर्री गूडम्यान र युन सुनले गरेको विश्लेषणमा उल्लेख भएअनुसार, अमेरिकासँग रुस र चीन दुवैको प्रतिस्पर्धा चलिरहेको अवस्थामा चीनले उत्तरी ध्रुवमा बढाउन खोजेको गतिविधिलाई रुसले साथ दिइरहेको छ ।
खोजी तथा उत्खनन कार्यमा चीनको लगानीलाई रुसले अपेक्षा गरिरहेको छ ताकि त्यसबाट उठ्ने राजस्वको लाभ रुसले पनि प्राप्त गर्न सकोस् । रुसलाई सैन्य खतराको अनुभव हुन नदिने गरी चीनले उत्तरी ध्रुवमा आर्थिक गतिविधि गर्न खोजेको देखिन्छ तर भविष्यमा चीनको सैन्य महत्त्वाकांक्षा नबढ्ला भन्न सकिन्न ।
तत्कालका लागि भने यी दुई मुलुकबीच आर्थिक पाटोमा सहकार्य कायम रहने देखिन्छ । आर्कटिक काउन्सिलको बहालवाला अध्यक्ष भएको नाताले रुसले चीनलाई उक्त क्षेत्रमा थप भूमिका दिन सक्ने देखिन्छ ।
आफ्ना दुई प्रमुख भूराजनीतिक प्रतिस्पर्धीहरूले उत्तरी ध्रुवमार्फत शक्ति बढाउन खोजेपछि अमेरिका समेत सतर्क बनेको छ । त्यसो त उत्तरी ध्रुवले अमेरिकाको राष्ट्रिय सुरक्षामा प्रमुख भूमिका नखेल्ने भएकाले उसको ध्यान त्यस क्षेत्रमा त्यति धेरै नगएको तर्क द अर्गनाइजेसन फर वर्ल्ड पीस नामक संस्थाको वेबसाइटमा प्रकाशित लेखमा पत्रकार रफाएला आल्फोर्डले गरेकी छन् ।
अमेरिकाको ध्यान नगएकैले गर्दा उसले त्यहाँ आफ्नो क्षमता वृद्धि तथा पूर्वाधार निर्माणमा जोड नदिएको देखिन्छ । तर चीन र रुस आक्रामक रूपमा अघि आएपछि अमेरिकाले उत्तरी ध्रुवलाई समेत गम्भीरताका साथ लिन थालेको छ ।
सन् २०२० को जुलाई महिनामा अमेरिकाको वायुुसेनाले आर्कटिक स्ट्राटेजी नामक दस्तावेज निकालेको थियो ।
अलास्का र ग्रीनल्यान्ड जस्ता स्थानमा रहेका सैन्य अड्डाको उपयोग गर्दै युद्धको अवस्थामा भरपर्दो वायु तथा अन्तरिक्ष शक्ति प्रदर्शन गर्ने उक्त दस्तावेजमा उल्लेख गरिएको छ । तापक्रम अनुकूलको पूर्वाधार निर्माण गर्ने र पाँचौं पुस्ताको विमान तथा घातक हातहतियारहरू पनि तैनाथ गरिने बताइएको छ । हिउँ हटाउने आइसब्रेकरहरू पनि व्यापक संख्यामा तैनाथ गर्ने योजना अमेरिकाले बनाएको छ ।
यसरी शक्तिराष्ट्रहरू अमेरिका, चीन र रुसले उत्तरी ध्रुवमा प्रभुत्वका लागि प्रतिस्पर्धा गरिरहँदा उक्त क्षेत्रका भूराजनीतिक तनावहरू भविष्यमा थप चर्किने देखिएको छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...