×

NMB BANK
NIC ASIA

खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दैनौं : सदस्य सचिव घिसिङ

मंसिर १६, २०७८

NTC
Premier Steels

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्यसचिव टंकलाल घिसिङले नेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

Muktinath Bank

राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागले बिहीवार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा विभिन्न २२ खेलका मुख्य प्रशिक्षकको उपस्थितिमा भएको छलफल कार्यक्रममा सदस्यसचिव घिसिङले सो कुरा बताएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘नेपाली खेलकुदलाई अझ माथि उठाउन कुनै कसर बाँकी राख्दिनँ । हरदम त्यसैमा प्रयासरत रहने छु । रग्वीलाई पनि शून्यकै अवस्थाबाट माथि उकास्न हरदम प्रयास गरिरहे र सफल पनि भएँ । त्यही अनुभवलाई प्रयोग गर्दै अगाडि बढ्छु,’ सदस्य सचिव घिसिङले भने ।


Advertisment
Nabil box
Kumari

उनले सर्वाधिक पदकको सम्भावना भएका खेललाई पहिलो प्राथमिकतामा राखेर योजना अगाडि बढाउने बताउँदै बाँकी खेल पनि प्राथमिकताकै सूचीमा पर्ने धारणा व्यक्त गरे ।

Vianet communication

‘मेरा लागि सबै खेल समान हुन् । तैपनि पदकको सर्वाधिक सम्भावना भएकालाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढ्छु । त्यसको अर्थ बाँकी खेल प्राथमिकतामा पर्दैनन् भन्ने चाहिँ कदापी होइन,’ उनले भने ।

उनले खेलाडी छनोट निष्पक्ष र पारदर्शी नहुञ्जेल जति लगानी गरे पनि बालुवामा पानी हाले जस्तो मात्र हुने बताउँदै यसमा सम्बन्धित संघ र प्रशिक्षकले विशेष ध्यान दिन आवश्यक रहेको बताए । उनले प्रशिक्षकहरूलाई समयसापेक्ष परिस्कृत र स्तरवृद्धि गर्न ‘रिफ्रेस कोर्स’ अतिआवश्यक भएको बताउँदै त्यसका लागि विदेशी प्रशिक्षक झिकाएर वा प्रशिक्षकलाई विदेशमा पठाएर हुने र आवश्यक कदम चालिने बताए ।

‘नतिजा मात्र खोज्नुभन्दा पनि कसरी राम्रो नतिजा आउँछ त्यसका लागि उपयुक्त योजना आवश्यक रहेको छ,’ उनले भने । पदभार ग्रहण गर्दै सहकार्यमा जोड दिएका सदस्य सचिव घिसिङले सरोकारवालासँग सहकार्य गर्दै अगाडि बढ्न सदैव तयार रहेको बताउँदै खेलाडी र खेलकुदको हितमा हुने राम्रो सल्लाह सुझावलाई आत्मसात गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक र उपनिर्देशक हिमाल दाहालले विगतमा बृहत् राष्ट्रिय खेलकुदमा समावेश भएका खेललाई लक्षित गरी नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी, प्रशिक्षक, टीम व्यवस्थापक, निर्णायक संख्या लगायतबारे अनुमानित खाका प्रस्तुत गरेका थिए ।

मुख्य प्रशिक्षकले खेल सामाग्री, पूर्वाधार, खेलाडीको प्रशिक्षण लगायतका अवस्थाबारे सदस्य सचिव घिसिङलाई अवगत गराएका थिए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x