×

NMB BANK
NIC ASIA

ए डिभिजन लिगमा मच्छिन्द्रको जीत, हिमालयन शेर्पा र पुलिस बराबरी

मंसिर २२, २०७८

NTC
Premier Steels

साविक विजेता मच्छिन्द्र फुटबल क्लबले जावलाखेल युथ क्लबविरुद्ध जित निकाल्दा दिनको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र हिमालयन शेर्पाले बराबरी खेल्दै अंक बाँडेका छन् ।

Muktinath Bank

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जावलाखेल युथ क्लब विरुद्ध २–० को सहज जित निकाल्दै नेपाल पुलिस र हिमालयन शेर्पाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको दिनको दोस्रो खेलमा मच्छिन्द्रले  दोस्रो जित निकालेको छ । जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले दोस्रो जित निकालेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मछिन्द्रको जितमा रंजित धिमालले एक गोल गर्दा जावलाखेलका सिमान्त थापाले मच्छिन्द्रलाई उपहार गोल दिए । १४ औं मिनेटमा जावलाखेलका सिमान्त थापाले आत्मघाती गोल गरेपछि मछिन्द्रले सुरुआती अग्रता बनाएको थियो । छिरिङ गुरुङले क्रस गरेको बल सिमान्तलाई लाग्दै बल गोलमा परिणत भएको थियो । अग्रता पाए पछि उच्च मनोबलका साथ खेलको मच्छिन्द्रले २१ औं मिनेटमा मछिन्द्रले अग्रता दोब्बर बनायो । डिफेन्डर रंजित धिमालले फ्रिकिकमार्फत गोल गर्दै मछिन्द्रलाई २–० को अग्रता दिलाएका थिए । बाँकी सयममा जावलाखेल खेलमा फर्किन निकै प्रयास गरे पनि सफल हुन सकने र मच्छिन्द्रले स्पष्ट जित निकाल्न सफल रह्यो ।


Advertisment
Nabil box
Kumari

जितसँगै मछिन्द्रले ३ खेलमा ७ अंक जोडेको छ । जावलाखेलको यो लगातार तेस्रो हार हो । १३ औं स्थानको जावलाखेलले अंक जोड्न सकेको छैन । खेलबाट मछिन्द्रका रंजित धिमाल म्यान अफ दि म्याच चुनिएर नगद १० हजार रुपैयाँ थाप्दा इमर्जिङ प्लेयर जावलाखेलका सिमान्त थापा चुनिए ।

Vianet communication

लिग अन्तर्गत दिनको पहिलो खेलमा पुलिसले  पुनरागमनमा १–१ को बराबरी खेल्दै हिमालयन शेर्पा क्लबसँग अंक बाँडेको हो । बलियो मानिएको पुलिस विरुद्ध हिमालयनले पहिलो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । कप्तान विश्वास श्रेष्ठले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । मोइनुद्दीनको पासमा पेनाल्टी बक्स भन्दा बाहिरबाट गरेको प्रहार पुलिसका गोलकिपर सत्रुघन चौधरीले रोक्ने क्रममा गोलमा परिणत भएको थियो । त्यसपछि दबाबमा परेको पुलिसका मान बहादुर परियारले १४ औं मिनेटमा गोलको अवसर गुमाउँदा बराबरी अवसर खेर पुगेको थियो । ४७ औं मिनेटमा पुलिसका अन्जन राईले गोलको अवसर गुमाए । दोस्रो हाफमा आक्रामक खेल पस्किएको पुलिसले ६० औं मिनेटमा बराबरी गोल फर्कायो । सुमन लामाले गोल गर्दै पुलिसलाई १–१ गोलको बराबरीमा फर्काएका थिए । रबि पासवानको क्रसमा सिक्स यार्ड बक्सन अनमार्क रहेका सुमनले सहजै गोल गर्दा पुलिसले खेल बराबरीमा ल्याउन सफल भएको थियो । त्यसपछि स्पष्ट अंकका लागि स्पष्ट अंकका लागि संघर्ष गरेको पुलिसले केही राम्रा अवसर सिर्जना गरे पनि सफल हुन सकेन र अंक बाँड्न बाध्य बन्यो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x