२६ जेठ २०८३, मंगलबार

बेलायतका प्रधानमन्त्री जोनसनलाई पुत्रीलाभ, पाए सातौं सन्तान

मंसिर २३, २०७८
बेलायतका प्रधानमन्त्री जोनसनलाई पुत्रीलाभ, पाए सातौं सन्तान

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनकी पत्नी क्यारीले बिहीवार छोरीलाई जन्म दिएकी छन् । 

पोहोर साल क्रिसमस आउनुअघि प्रधानमन्त्री कार्यालयमा अवैध जमघट र रमाइलो गरेको खुलासा भएको बेलामा जोनसनलाई पुत्रीलाभ भएको हो । 

लन्डनको मध्यभागमा रहेको एक अस्पतालमा जोनसन र उनकी पत्नी बिहान ७ः४० मा पुगेका थिए । त्यसको दुई घन्टाअघि प्रहरी अधिकृतहरू अस्पतालको सुरक्षामा पुगेका थिए । 

जोनसन र क्यारीका छोरा विल्फ सन् २०२० को अप्रिल महिनामा जन्मेका थिए । 

कुल तीनवटा पत्नीबाट जोनसनका सातजना सन्तान छन् । 

salt training

कमेन्ट गर्नुहोस्