×

NMB BANK
NIC ASIA

प्रदेश १ मा माओवादीको नेतृत्व लिन रोचक प्रतिस्पर्धा, पुरानाले दाबी छाड्दा नयाँ आकांक्षीको लर्को

पुस २, २०७८

NTC
Premier Steels

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ को अधिवेशन रोचक बनेको छ ।

Muktinath Bank

एक साता बित्न लाग्दा समेत नेतृत्व चयन गर्न नसकेको माओवादीमा पहिलेका आकांक्षीले दाबी छाडे पनि अहिले अध्यक्षसहित पदाधिकारीमा दाबी गर्नेको संख्या दिनदिनै बढ्न थालेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

२७१ सदस्यीय कार्यसमिति चयन गरे पनि विवादका कारण पदाधिकारी चयन हुन सकेको छैन ।


Advertisment
Nabil box
Kumari

यसअघि अध्यक्षको दाबी गरिरहेका केन्द्रीय सदस्यहरू सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले आफ्नो दाबी छाडेपछि अन्य नेताहरूले धमाधम दाबी पेश गरिरहेका छन् ।

Vianet communication

प्रदेश समितिको बुधवार बसेको पहिलो बैठकमा तीनैजनाले प्रदेश समितिमा नरहने घोषणा गरेपछि केन्द्रीय सदस्यबाहेक नेताहरूलाई प्रदेशको नेतृत्व गर्ने बाटो खुलेको हो ।  

अहिलेसम्म अध्यक्षमा दाबी गर्नेहरूको संख्या ६ पुगेको छ । जसमा पाँचथरका हर्कबहादुर लावती (मिक्सो), सुनसरीका शिवकुमार डाँगी र मुक्साहाङ मेन्याङ्बो (मुकेश), उदयपुरका मोहनबहादुर खत्री (हेनरी), झापाका मणिकुमार साम्पाङ र विराटनगरका हेम कार्की (विशाल) रहेका छन् । दाबी गर्नेको संख्या अझै बढ्न सक्ने प्रदेशका नेताहरू बताउँछन् । 

माओवादीले नेतृत्व चयनका लागि भन्दै आगामी पुस ७ गतेलाई कार्यसमितिको बैठक आह्वान गरेको छ ।

उक्त बैठकमा पदाधिकारीको चयनबारे सुझाव दिन भन्दै प्रदेश १ माओवादीका सह–इञ्चार्ज तथा केन्द्रीय सदस्य अजम्बर काङमाङको नेतृत्वमा ५ सदस्यीय कार्यदल निर्माण गरिएको छ ।

कार्यदलका अन्य सदस्यहरूमा सुरेशकुमार राई (हिमाल), इन्द्रबहादुर आङ्बो (मौसम), हेमराज भण्डारी र केन्द्रीय सदस्य रामकुमारी चौधरी रहेका छन् ।

यसबीचमा उनीहरूले आकांक्षीलाई मिलाउने प्रयास गर्ने बुझिएको छ ।

उपाध्यक्षमा खोटाङका ध्रुव बुढाथोकी (धिरेन), झापाका सीपी कडरिया र विराटनगरका भोगेन्द्र यादवले दाबी प्रस्तुत गरेका छन् ।

महिला उपाध्यक्षका लागि संखुवासभाकी इन्दिरा मिश्र (चेतना) र मोरङकी विनिता घिमिरे (सामना) प्रतिस्पर्धी छन् ।  

सचिवमा मोरङका गणेश उप्रेती (सुशील), ओखलढुंगाका मोहनकुमार खड्का (हिमशिखर) र सुनसरीका आइन्द्रविक्रम बेघाले दाबी गरेका छन् । 

सह–सचिवमा आकांक्षा राख्नेको संख्या धेरै भएपनि अहिलेसम्म सोलुखुम्बुका ठमनाथ पराजुली (ध्रुव)ले मात्रै सार्वजनिक गरेका छन् । कोषाध्यक्षमा भने सुनसरीका मदन चुडालले दाबी गरेका छन् । 

कात्तिक २५ गते मोरङको विराटचोकमा अधिवेशन शुरू भएको थियो । आकांक्षीहरू धेरै भएपछि  पदाधिकारी छान्न समस्या भएको एक नेताले बताए । 

मंसिर २५ र २६ गते मोरङको विराटचोकमा सम्पन्न माओवादी केन्द्र प्रदेश १ को अधिवेशनबाट नेतृत्व छान्न नसकेपनि माओवादीले २७१ जनाको प्रदेश समिति भने चयन गरेको छ ।

११ सयभन्दा बढी प्रतिनिधिबाट २७१ छानेर केन्द्रका नेताहरूले आफ्ना मान्छे राख्न पदाधिकारी खाली राखेको एक नेताले आरोप लगाए ।

यस्ता गतिविधिले पार्टीलाई थप कमजोर बनाउने उनको चिन्ता छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x