×

NMB BANK
NIC ASIA

खाडीबाट फर्किने अधिकांश कामदार सुनका भरिया !

पुस ५, २०७८

NTC
तस्वीर सौजन्य : गोरखापत्र अनलाइन
Premier Steels

 वैदेशिक रोजगारीमा खाडी मुलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ ।

Muktinath Bank

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मलेसिया, दुबई, कतारलगायत खाडी मुलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् ।


Advertisment
Nabil box
Kumari

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले खाडी मुलुकबाट फर्किने अधिकांश कामदार तस्करको भरियाका रूपमा प्रयोग भएको खुलेको जानकारी दिँदै भन्नुभयो, “खाडी मुलुकबाट फर्किने कामदारलाई प्र लोभनमा पारेर सुन बोकाएर पठाउने गरिएको देखिन्छ । यसलाई नियन्त्रण गर्न अपरेसन सञ्चालन गरेका छौँ ।” भरियाका रूपमा प्रयोग भएका कामदारबाट बरामद भएको सुन नियन्त्रणमा लिने र भन्सार तिरेपछि सुन लैजान सकिनेसमेत उनले बताए।

Vianet communication

उनका अनुसार सुन ल्याउनेमा पर्यटक भिसा र कामदार भिसा दुवै वर्गका नेपाली छन् । कामदारमध्ये पनि १० प्रतिशतले चाहिँ वैध रूपमै सुन ल्याउने गरेको पाइएको छ । पर्यटक भिसाका पनि १० प्रतिशतले वैध रूपमा ल्याउने गरेका छन् ।

राजस्व छल्ने उद्देश्यले स्रोत नखुलेको सुन विमानस्थल हुँदै नेपाल भित्रिन थालेपछि भन्सार कार्यालयले मङ्सिर १३ गतेदेखि विशेष निगरानी सुरु गरेको छ । सोही दिन २१ किलो अवैध सुन बरामद भएको थियो । पछिल्लो तीन हप्तामा मात्र वैदेशिक रोजगारीबाट फर्किने दुई हजार ६० यात्रुले ल्याएको १०६ किलो सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको छ ।

विमानस्थल भन्सार कार्यालयले निगरानी सुरु गरेको पहिलो हप्ता साढे ७२ किलोग्राम, दोस्रो हप्ता २१ किलोग्राम र तेस्रो हप्ता १३ किलोग्राम सुन बरामद गरेको जनाएको छ । भरियाका रूपमा प्रयोग हुने कामदार प्रलोभन र अन्जानमा फस्ने गरे पनि मुख्य तस्कर पत्ता लाग्न सकेका छैनन् । भन्सारमा कडाइपछि सुनको तस्करी कम भएको देखिएको छ ।

तस्करीको सुन कहाँबाट आइरहेको छ र कहाँ गइरहेको छ भन्नेबारे अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ । तस्करीको ट्रान्जिट ब्रेक गर्न विशेष अपरेसन सुरु गरिएको बताउँदै प्रमुख महेश भट्टराईले विमानस्थलबाट हुने तस्करीलाई कडाइ गरेपछि वैदेशिक रोजगारीबाट फर्किने सामान्य कामदारलाई तस्करले प्रयोग गरेको बताए । आम्दानीभन्दा बढी मूल्यको सुनका गहना बोकेर ल्याउने कतिपय मजदुरले नेपाली भाषा उल्लेख गरिएका बिलसमेत प्रयोग गर्ने गरेको देखिएको छ ।

भन्सार छल्ने उद्देश्यले कामदारलाई भरिया बनाएर ल्याएको सुनको गहनाजस्तो देखिने बाला, सिक्री, औँठी ल्याउने गरेका छन् । भन्सार ऐन, २०६४ अनुसार यात्रुले प्रयोग गरेको ५० ग्रामसम्मका सुनका गहना ल्याउन लैजान अनुमति दिइएको छ तर यात्रुले लगाएको सुनको स्रोत खुल्नुपर्छ । स्रोत नखुलेका वा शङ्कास्पद सुन वा गहना भन्सार कार्यालयले नियन्त्रणमा लिन सक्छ ।

नौ सयभन्दा बढी यात्रुले ल्याएको ९९ किलोग्राम सुन राजस्व तिरेर फिर्ता लगेका छन्, जसबाट नौ करोड रुपियाँभन्दा बढी राजस्व सङ्कलन भएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

सुनको अवैध तस्करी बढ्न थालेपछि नियन्त्रणका लागि अर्थ मन्त्रालय र विमानस्थल भन्सार कार्यालय विशेष टोली संयुक्त रूपमा परिचालन गरिएको छ । अर्थ मन्त्रालयबाट १० र भन्सार कार्यालयबाट नौ जनासहित ७० जनाको टोलीले विमानस्थलमा सूक्ष्म अनुगमन गरिरहेको छ । गोरखापत्र दैनिकमा मित्र भण्डारीले खबर लेखेका छन्। 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x