×

माओवादी महाधिवेशनको पाँचौ दिन, बाँकी १४ समूहको निष्कर्ष प्रस्तुति शुरू

पुस १५, २०७८

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको पाँचौं दिन बिहीवार पनि समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न शुरू भएको छ ।

महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको ‘एक्काइसौं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको प्रतिवेदनमा २५ समूह बनाएर छलफल भएको थियो । 


Advertisment

बुधवारबाट समूहको निष्कर्ष प्रस्तुत गर्न थालिएको थियो । बुधवार जम्मा ११ वटा समूहले मात्रै निष्कर्ष सुनाउन भ्याएका थिए । बिहीवार बाँकी १४ वटा समूहको निष्कर्ष प्रस्तुत हुँदैछ ।


Advertisment

बुधवार समूहका निष्कर्ष प्रस्तुत गर्नेहरूले प्रचण्ड र प्रतिवेदनको प्रशंसा गरेका थिए । धेरैजसोले संविधान जारी गर्दा माओवादीले थाती राखेर मुद्दा ब्यूँताएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए ।

माओवादीले त्यसबेला प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डा उठाउने गरेको थियो । संविधान जारी गर्ने बेलामा माओवादीले ‘नोट अफ डिसेन्ट’ लेखेर संसदबाट निर्वाचित राष्ट्रपति स्वीकार गरेको थियो । 

बन्दसत्रमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सुझाव पनि आएका छन् । निर्वाचन प्रणाली सुधार गर्नुपर्ने र निर्वाचित सांसदलाई मन्त्री बनाउन नहुने लगाएका सुझाव पनि आएका छन् । 

सबै समूहले सुझाव प्रस्तुत गरेपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र सुझावलाई समेटेर प्रतिवेदनलाई पनि परिमार्जन हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन् । 
 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x