×

NIC ASIA

लोकान्तर समाचार प्रभाव : पूर्व मुख्यमन्त्री राईले फिर्ता गरे सरकारी गाडी

पुस १७, २०७८

Prabhu Bank
NTC
Premier Steels

१ नम्बर प्रदेश सरकारका पूर्व मुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् ।

मुख्यमन्त्रीबाट राजीनामा दिइसकेको ४ महिनासम्म पनि राईले गाडी फिर्ता नगरेको विषयमा लोकान्तरमा पुस १२ गते ‘पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा’ शीर्षकको समाचार प्रकाशित भएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समाचार प्रकाशितपछि राईको चर्काे आलोचना भएपछि उनले गाडी फिर्ता गरेका छन् । काठमाडौंमा नै पूर्व मुख्यमन्त्री राईले गाडी जिम्मा लगाएका १ नम्बर प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहालले पुष्टि गरे ।


Advertisment
Rupse Holidays
Nabil box

काठमाडौंमा गाडी कसले बुझ्यो भन्नेबारे उनले खुलाउन चाहेनन् । ‘गाडी लिन आउनुहोस् भनेर माननीयज्यूले फोन गर्नुभएको थियो,’ सचिव दाहालले भने, ‘मन्त्रालयबाट ड्राइभर पठाएर अब गाडी ल्याउने तयारी भइरहेको छ ।’ 

Vianet communication

देशमा धेरै नेताहरूले गाडीको दुरुपयोग गरेको भन्दै उनले प्रदेशका संस्थापक मुख्यमन्त्रीको विषयमा मिडियाले धेरै लेख्नु नहुने सुझाव दिए । 

पूर्व मुख्यमन्त्रीको सेवासुविधाका विषयमा प्रदेश सरकारले हालसम्म कुनै कानून बनाएको छैन । कानून नै नभएको गाडी सुविधा राईले ४ महिना प्रयोग गरेका छन् । राईले गत भदौमा मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको कार्यभार आफैंले सम्हालेका बेला राईले कागजात विनै मन्त्रालयको गाडी लिएका थिए । उनले को१झ ५६५ नम्बरको गाडी प्रयोग गर्ने गरेका थिए ।

पूर्व मुख्यमन्त्री शेरधन राईले फिर्ता गरेनन् सरकारी गाडी, ४ महिनादेखि कब्जामा

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x