जेठ २२, २०८०
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फोनमा कुराकानी गरेका छन् ।
यस कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ किनकि दुवै देश फरक फरक मोर्चामा गतिरोध सामना गरिरहेका छन् ।
युक्रेन नेटोको सदस्य बन्न लागेको भन्दै रुसले युक्रेन सीमा नजिक एक लाख सैनिक तैनाथ गरेको छ । टर्कीले युक्रेनलाई हतियार बेचेको भनेर रुस रिसाएको पनि छ ।
त्यो हतियार युक्रेनले पूर्वी क्षेत्रका रुससमर्थित पृथक्तावादीहरूमाथि आक्रमणका लागि उपयोग गर्न सक्ने डर रुसलाई छ । टर्की नेटोको सदस्य पनि हो र उक्त संगठनमा दोस्रो शक्तिशाली सेना उसैको छ ।
पुटिनले टर्कीमा बनेको ड्रोन तैनाथ गरेकोमा युक्रेनको आलोचना गत महिना गरेका थिए । सन् २०२१ को अक्टोबर महिनामा युक्रेनले पृथक्तावादीहरूविरुद्ध ड्रोन उपयोग गरेको थियो ।
रुस र युक्रेन दुवैसँग टर्कीको राम्रो सम्बन्ध छ । तर युक्रेनको नियन्त्रणमा रहेको क्राइमियालाई रुसले खोसेकोमा टर्कीले विरोध गर्ने गरेको छ ।
ड्रोन बेचेको विषयमा आलोचना भएपछि टर्कीले रुसलाई जवाफ फर्काएको थियो । कुनै देशले टर्कीको हतियार किनेमा त्यसलाई टर्कीको उत्पादनका रूपमा नलिई उक्त देशको हतियारका रूपमा बुझ्नुपर्ने टर्कीको भनाइ थियो ।
एर्दोआन र पुटिनले क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दामा चर्चा गरेको जानकारी टर्कीको समाचार संस्था अनादोलूले दिएको छ ।
अमेरिका र नेटोले रुसलाई सुरक्षा ग्यारेन्टी दिएमा युक्रेन तनाव समाप्त हुने कुरा पुटिनले एर्दोआनलाई बताइएको जानकारी रुसको राष्ट्रपति कार्यालयले दिएको छ ।
पुटिन र एर्दोआनबीच ककेसस, सिरिया र लिबिया लगायतका क्षेत्रीय विषयमा पनि कुराकानी भएको बताइएको छ ।
टर्की र आर्मेनियाबीच ककेसस क्षेत्रमा स्थिरताका विषयमा हुने कुराकानीमा मध्यस्थता गर्न सक्ने प्रस्ताव रुसले राखेको थियो ।
फोनमा कुराकानीका क्रममा दुई राष्ट्रपतिले लाभाको साझेदारीलाई अघि बढाउन सहमति जनाएका छन् ।
जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ भने करिब नौ सय ९० घरमा क्षति पुगेको छ । स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएअनुसार मध्य जापानको आइच...
बङ्गलादेशले आधा शताब्दीयताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ । राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ । “सन् १९७१ मा बङ्गलादे...
इरानको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार साउदी अरेबियामा आगामी दुई दिनभित्र कूटनीतिक नियोग पुनः खोल्ने बताएका छन् । नासेर कनानीले विज्ञप्ति जारी गर्दै साउदीको राजधानी रियादमा रहेको इरानी दूतावास र...
सुडानी सेना र अर्धसैनिक र्या्पिड सपोर्ट फोर्सबीचको लडाइमा सशस्त्र समूहहरूले कूटनीतिक नियोगहरूलाई निशाना बनाउँदै आएपछि केन्याले सुडानको राजधानी खार्तुममा रहेको आफ्नो दूतावास बन्द गरेको छ। विदेश र डायस्पोरा म...
भारतको ओडिशामा भएको विभत्स रेल दुर्घटनामा २७५ जनाले ज्यान गुमाए तर दुर्घटनाको स्पष्ट कारण अझै पत्ता लाग्न सकेको छैन । घटनाको छानबिनका लागि सीबीआईलाई जिम्मा दिइएको छ । रेल मन्त्रालय वा रेल विज्ञले छानबिनमा ज...
भारतको राष्ट्रिय ध्वजाबाहक एयर इन्डियाले इन्जिनमा आएको खराबीका कारण रुसमा आपतकालीन अवतरण गरेको अमेरिका जाने विमानबाट फसेका यात्रुलाई ल्याउन बुधबार मुम्बईबाट प्रतिस्थापन विमान पठाउने जनाएको छ । एयर इ...
हाम्रो गाउँमा जक्खर नाम गरेको एउटा भाग्यमानी राँगो थियो । गाउँभरीका भैँसीहरूलाई गर्भवती बनाउने उसको ठेक्काजस्तै थियो । दिनमा कम्तीमा ५/६ वटा भैँसीसँग जक्खरको घम्साघम्सी हुन्थ्यो । हाम्रो गोठको डल्ली भैँसी प...
यतिबेला भारतले संसद्मा राखेको ‘अखण्ड भारत’को नक्साले तरंग छाएको छ । नक्सामा वरपरका अन्य देशको भूगोल पनि समावेश छ । तर, नेपाल मात्र किन तरंगित बन्यो त ? धेरैलाई लाग्ने जिज्ञासा हो यो । भ...
बजेट भाषणमा प्राय: धेरैको ध्यान हुन्छ नै । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमवार मध्याह्न आगामी आर्थिक वर्ष २०८०/०८१ बजेट भाषण गरिरहँदा संसद्मा एकाएक हाँसो फैलियो । महतले बजेट भाषण गरिरहँदा प्रतिनिधिसभा स...